default_image

फुटबल

March 13, 2024

बार्सिलोना ४ वर्ष पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना ४ वर्ष पछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इटालियन टोली नापोलीलाई‌ मंगलबार दोस्रो लेगमा ३-१ हराएपछि समग्रमा ४-२ को औसतमा जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो। नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले राम्रो […]

March 12, 2024

बागलुङ सुधार र श्री मेहर सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ बागलुङ सुधार केन्द्र र श्री मेहर गण बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबारको पहिलो क्वाटरफाइनलमा बागलुङ सुधार केन्द्रले गुठी युनाईटेडलाई पेनाल्टी सुटमा ४–३ ले पराजित गर्यो । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा बागलुङ सुधार केन्द्रको लागि अनिल गुरुङ, […]

March 12, 2024

आयुष घलान किन राष्ट्रिय टोलीमा परेनन् ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराइनको सामना गर्दैछ । मलेसियासँग मैत्रीपूर्ण खेल खेलेर खेलको तयारी गर्न प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले २३ सदस्यीय अन्तिम टोली घोषणा गरे । यसपटक टोलीमा स्टार विंगर आयुष घलान र दोस्रो रोजाइका गोलरक्षक दीप कार्की भने परेनन् । प्रारम्भिक छनोटको सुचिमा […]

March 12, 2024

६ नयाँ खेलाडीसहित फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जानुअघि मात्र राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । फुटबल टोली बुधबार मलेसिया जाँदैछ । आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको छ । यसरी पहिलो पटक टोलीमा […]

March 12, 2024

राष्ट्रिय टोलीका दुवै गोलरक्षक प्रशिक्षक टिमसँग जाने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ छनोटको दोस्रो अन्तर्गत बहराइनसँग हुने खेलका लागि दुवै गोलरक्षक प्रशिक्षक टिमसँग जाने भएका छन् । विश्वकप छनोट अन्तर्गत बहराइनमा हुने खेलका लागि मलेसिया तयारी गर्न प्रस्थान गर्ने टोलीमा विनोद डंगोल र मनिष तिम्सिना दुवै गोलरक्षक प्रशिक्षक समावेश भएका छन् । डंगोल अनेसेको आगमनयता निरन्तर […]

March 12, 2024

फुटबल टोलीसँग एन्फाका थप १० जना मलेसिया जाँदै!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा विदेश भ्रमणको खास आकर्षण रहने गर्छ । अझ अखिल नेपाल फुटबल संघ (एन्फा) को टोली भने समय समयमा अस्वभाविक रुपमा ठूलो रहने गर्दछ । यसपटक विश्वकप छनोट खेलका लागि बहराइन जाने क्रममा पनि त्यस्तै तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोतले नै जनाएको छ । विश्वकप छनोटका खेलअघि […]

March 12, 2024

नेपालले दुवै खेल बहराइनमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक […]

March 12, 2024

ब्राजिली गोलरक्षक चार साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली गोलरक्षक एडर्सन मोराएस चार साता मैदान बाहिर रहने भएका छन् । मांसपेशीको चोटका कारण मोराएस कम्तीमा एक महिना बाहिर रहने भएका हुन् । मोराएसले आइतबार लिभरपुलसँग १–१ गोलको बराबरी खेलमा मांसपेशीमा चोट बोक्न पुगेका थिए । लिभपुलका फरवार्ड डार्विन नुनेजलाई आफ्नै बक्समा फउल गर्न पुग्दा उनी आँफैले पनि […]

March 12, 2024

चेल्सीको रोमाञ्चक जित

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । खेलको छैटौं मिनेटमा […]

March 12, 2024

अल नासर च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । युनाइटेड अरब इमिरेट्सको अल एइनसँग टाइब्रेकरमा ३–१ ले पराजित हुँदै अल नासर अन्तिम आठबाट बाहिरिएको हो । दोस्रो लेगमा ४–३ को जित निकालेपनि समग्रमा ४–४ गोलको बराबरीपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । पहिलो लेगमा अल नासर १–० […]

Success

Thank you for your time.