default_image

फुटबल

March 26, 2021

सुनौलो संगम विजय स्मृतिको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – फर्साटिकर एफसी रुपन्देहीलाई हराउँदै सुनौलो संगम युवा क्लब बुटवल चितवनमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनौलो संगम बुटवलले फर्साटिकरलाई टाइब्रेकरमा ५–३ ले पराजित ग¥यो । क्याम्पा चौरमा टाइब्रेकरमा फर्साटिकरका भुपाल गुरुङ गोल गर्न चुके । त्यसअघि निर्धारित समयको खेल २–२ को […]

March 26, 2021

शाक्य बुटवल लुम्बिनीको महाप्रबन्धक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राजु काजी शाक्यले फुटबल जीवनमा दुई वटा भूमिका निर्वाह गरे । झन्डै ४ दशकको फुटबल यात्रामा आधा जति खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा सक्रिय रहे । तर, यसपटक अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) मा फरक भूमिकामा देखा पर्ने भएका छन् । फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले […]

March 26, 2021

त्रिवेणीको हारले स्टार सिटी एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – मनकामना युवा क्लब रौतहटसँग त्रिवेणी युवा क्लब लमजुङ २–१ ले पराजित भएपछि सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलाली एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन बनेको छ । ५ खेल खेलेको स्टारको १३ अंक छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टार […]

March 26, 2021

सुआरेजको हालान्ड रोजाइ र बार्सिलोना सम्बन्ध

एजेन्सी – यदि कसैले फुटबलमा ९ नं जर्सी कस्ता खेलाडीले लगाउछन् भन्ने जान्न छ भने एट्लेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेजलाई हेर्दा पुग्छ । आइतबार ला लिगामा आल्भेसविरुद्ध गोल गर्दै सुआरेजले खेल जीवनमा ५ सय गोल पूरा गरे । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उरुग्वेली अन्तर्राष्ट्रिय एट्लेटिको पुगेका थिए । आफ्नो करिअरको ५ सय गोल पूरा गरिसकेपछि […]

March 26, 2021

नयाँ जर्सीमा गम्भीर त्रुटी, फिफाकै नियम पालना भएन

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको पहिलो खेलमा बिहिबार किर्गिस्तानविरुद्ध नयाँ जर्सी प्रयोग गर्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) र पोशाक उत्पादक संस्था केटिएम सिटीबीच भएको एक वर्षे सम्झौता अनुसार उत्पादित यस जर्सीमा फिफाको खेल सामग्री सम्बन्धि नियमावली भने तोडिएको पाइएको छ । फिफाको नियमावली अनुसार कुनैपनि सामग्री उत्पादन कम्पनिले आफ्नो […]

March 26, 2021

इटाली विजयी, स्पेन रोकियो

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको पहिलो खेलमा इटालीले सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ ।बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्यान्डलाई २–० ले पराजित गरेको हो । स्टेडियो इनिओ टार्डिनी पार्मा इटालीमा भएको खेलमा घरेलु टोलीको जितमा डोनिनिको बेरारडी र सिरो इमोविलले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको […]

March 26, 2021

विश्वकप छनोटमा जर्मनीको सहज जित

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता […]

March 26, 2021

इंग्ल्यान्डको पाँच गोल!

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित निकालेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डको फराकिलो जितमा डोमिनिक काल्भर्ट लेविनले दुई तथा जेम्स वार्ड प्राउज, रहिम स्टर्लिङ र ओले वाट्किन्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल […]

March 25, 2021

मुख्यमन्त्री राईले गरे बिसिएफसीको उद्घाटन

विराटनगर (हाम्रो खेलकुद) – प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लब (बिसिएफसी) को बिहीबार औपचारिक उद्घाटन गरेका छन् । बिसिएफसी अर्को महिना काठमाडौं आयोजना हुने नेपालको पहिलो फ्रान्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को ७ मध्येको एक टोली हो । बिसिएफसीले प्रदेश १ को टोली हो । राष्ट्रिय फुटबल टोलीका रक्षक […]

March 25, 2021

नेपाली खेलाडीसम्मिलित मासा बराबरीमा रोकियो

एजेन्सी – चार नेपाली राष्ट्रिय खेलाडी सम्मिलित मासा युनाइटेड राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा कराची युनाइटेडसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा मासा र कराचीले दुई गोलको बराबरी खेल्दै अंक बाडेका छन् । यो बराबरीसँगै समूह ‘बी’ मा मासा युनाइटेड शीर्षस्थानमा रहेको छ । समान अंक भएपनि कराची गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । […]

Success

Thank you for your time.