default_image

फुटबल

April 6, 2025

चितवनसँग पनि झापाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर सम्हालिन नसकेपछि एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसीसँग बराबरी खेलेको छ। दशरथ रंगशालामा चितवन र झापाले १-१ को बराबरी खेलेका छन्। इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन लगातार तेस्रो जित निकाल्न चुकेको हो। झापाले भने तेस्रो खेलमा गोलको खाता खोलेको छ। पाँचौं मिनेटमा चितवनका भिक्टर मानसारेले बक्सको […]

April 6, 2025

पहिलो हाफमा चितवनलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र झापा फुटबल एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तिमा चितवनले १-० को अग्रता बनाएको छ। टोरिक जेब्रिनले गोल गरे। लगातार दुई खेल जितेको चितवन तेस्रो जित निकाल्ने दाउमा छ। यता झापा भने पहिलो जितको मात्र होइन गोलको खाता खोल्न आतुर छ। दशरथ रङ्गशालामा […]

April 6, 2025

अन्नपूर्ण आरसिटीको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका हुन् । नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ । नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्रप्रसाद श्रेष्ठ सचिव, अशोक […]

April 6, 2025

शीर्ष स्थानको बार्सिलोना रोकियो

एजेन्सी – बार्सिलोना घरेलु मैदानमा शनिवार रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ। त्यसका बाबजुद ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको छ। ह्यान्सी फ्लिकको टोलीले एकतर्फी प्रदर्शन गरेपनि बराबरीमा‌ चित्त बुझाउनु पर्यो। सबै प्रतियोगितामा लगातार ७ खेल जितेको यात्रा पनि बेटिसले तोडिदियो। सातौं मिनेटमा मिडफिल्डर गाभीको गोलमा बार्सिलोनाले अग्रता […]

April 6, 2025

आर्सनललाई एभर्टनले रोक्यो

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा शनिवार बराबरीमा रोकिएको छ। दोस्रो हाफमा इलिमान एन्डियायेको पेनाल्टी गोलले एभर्टनले आर्सनलसँग १-१ बराबरी रोकेको हो । यसले आर्सनलको उपाधि दौड झन् कमजोर भएको छ। माइल्स लुइस-स्केलीले ज्याक ह्यारिसनलाई फाउल गरेपछि ४९ औं मिनेटमा एभर्टनले पेनाल्टी पायो । एन्डियायेले पेनाल्टीमा गोल गरे। जारी सिजनमा त्यो उनको सातौं प्रिमियर लिग […]

April 6, 2025

भ्यालेन्सियासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिडको स्पेनिस ला लिगा उपाधि दौडमा धक्का लागेको छ। ह्युगो डुरोले इन्ज्युरी समयमा गरेको निर्णायक गोलमा रियल शनिवार भ्यालेन्सियासँग २-१ ले स्तब्ध भएको छ।शीर्ष स्थानको बार्सिलोनासँग टक्कर गरिरहेको रियललाई यो हार महंगो पर्न सक्छ‌। इन्ज्युरी समयको पाँचौं मिनेटमा राफा मिरले दिएको उत्कृष्ट क्रसमा डुरोले नजिकैबाट हेड गर्दै गोल गरे। त्यसअघि भ्यालेन्सियाका लागि […]

April 6, 2025

पिएसजी लिग वान च्याम्पियन

एजेन्सी – डिजायर डुएले एक मात्र गोल गर्दै पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार एन्जेर्स १-० ले हराएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ। लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पिय बन्नका लागि १ अंक मात्र आवश्यक थियो। तर डुएले ख्विचा ख्वारात्स्खेलियाको क्रसमा ५५औं मिनेटमा गरेको भली गोलले टोलीले ३ अंक जोड्यो । यसअघि […]

April 5, 2025

जीतपुरसिमरा गोल्डकप – आयोजक सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा मोहित गुरुङको निर्णायक गोलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। हेटौंडाको एन्फा मकवानपुरलाई १-० ले हराउँदै नव जनजागृति अन्तिम चारमा पुगेको हो। मोहितले खेलको ८५ औं मिनटमा गोल गरे । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्ज बलले सिधै जाली चुम्दा हेटौंडाका गोलरक्षक टोपबहादुर रानाले रोक्ने […]

April 5, 2025

ललितपुर र धनगढीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा शनिवार दोस्रो खेलमा ललितपुरले दबाब बनाउँदै गोल गर्ने मौका सिर्जना गरपनि गोल गर्न सकेन। पहिलो खेलमा ४ गोल गरेको धनगढीले आज संघर्ष गर्यो। खेलको नवौं मिनेटमा साविक विजेता ललितपुरले अग्रता बनाउने मौका […]

April 5, 2025

महिला फुटबलमा आयोजकको विजयी सुरुवात

सुमन अधिकारी,बुटवल बुटवलमा सुरु भएको प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब बिस पचहत्तर युवा परिवार विजयी भएको छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा शनिवार भएको खेलमा सुनवल नवलपरासीलाई ५–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा पुगेको छ। खेलको १८ औं मिनेटमा एश्वर्या बमरेलले पहिलो गोल गरिन् । ३२ औं मिनेटमा […]

Success

Thank you for your time.