default_image

फुटबल

March 31, 2025

एनएसएल : दशरथ रंगशालामा आज के भयो?

सरिता श्रेष्ठ, काठमाडौं एनसेल नेपाल सुपर लिग (एनएसएल ) तेस्रो सिजनको आज तेस्रो दिन । पोखरा थन्डर्स र एफसी चितवन बीचको खेलको लागि ग्राउन्ड रिपोर्टिङ समयमा नै दुवै टोली दशरथ रंगशाला पुगे । दुवै टोलीले वार्मअप पनि गरे । खेल तालिका अनुसार साँझ ६ बजे खेल किकअफ हुने समय हो । यसको लागि सामान्यतया ७-८ […]

March 31, 2025

चितवनले पोखरालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल एनएसएलमा एफसी चितवनले पोखरा थन्डर्सलाई २-० गोल अन्तरले हराएको छ। नोडिर माभलोनोभ र निरज चौधरीले गोल गरे। जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टोली बन्यो। यसअघि भएका २ खेल बराबरीमा सकिएको थियो। दशरथ रंगशालामा आज भएको खेलको १४ औं मिनेटमा नै चितवनले अग्रता बनायो। भिक्टर मानसारेले कट ब्याक गर्दै दिएको […]

March 31, 2025

रवि गोल्ड कप – आयोजक र कर्साङबीच उद्घाटन खेल हुने

दिपक बोहोरा, पाँचथर अर्को साता सुरु हुने छैटौं रवि गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आयोजक र युके एफसी कर्साङबीच हुने भएको छ । आयोजक राइजिङ स्टार क्लब रविले चैत २५ गते सुरु हुने प्रतियोगिताको सोमवार सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । दुर्गा माविको खेल मैदानमा हुने प्रतियोगिताको दोस्रो खेल चैत २६ भाङवारी स्पोर्टिङ युथ क्लब […]

March 31, 2025

पहिलो हाफमा चितवनको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तिमा चितवनले १-० को अग्रता बनाएको छ। दशरथ रंगशालामा जारी खेलमा आज दुवै टिमले प्लेइङ‌इ इलेभेनमा समान ५ विदेशी खेलाडीलाई खेलायो। जहाँ खेलको १४ औं मिनेटमा नै चितवनले अग्रता बनायो। भिक्टर मानसारेले कट ब्याक गर्दै दिएको […]

March 31, 2025

बार्सिलोनाको जितमा लेवान्डोस्कीको २ गोल

एजेन्सी – रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले ला लिगामा गिरोनालाई ४-१ ले हराएको छ । शीर्षस्थानको बार्सिलोनाले रियल म्याड्रिड पुनः ३ अंकले पछि पारेको छ। पहिलो हाफमा लाडिस्लाभ क्रेइसीको आत्मघाती गोलपछि घरेलु टोलीले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुवातमै अर्नाउट डान्जुमाले गिरोनाका लागि बराबरी गोल गरे। ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता […]

March 31, 2025

एस्टन भिल्ला एफए‌को अन्तिम चारमा

एजेन्सी – एस्टन भिल्ला एफए कपको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा आइतवार प्रिस्टनलाई ३-० ले हराउँदै भिल्ला अन्तिम चारमा पुगेको हो। मार्कस रासफोर्डले आफ्नो नयाँ टोली एस्टन भिल्लालाई २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनल पुर्‍याउन निर्णायक भूमिका खेले। फेब्रुअरी २ मा म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा भिल्लामा पुगेका रासफोर्डले यहाँ आफ्नो करिअर पुनः जागृत गरेका छन्। […]

March 31, 2025

सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटीले उपाधिसहित सिजनको समाप्ती गर्ने सम्भावना कायमै राखेको छ। एफए कप क्वाटरफाइनलमा आइतवार पुनरागमनका‌ साथ बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको छ। एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्‍यो। इभानिल्सनले २१ औं मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न […]

March 30, 2025

१० खेलाडीमा‌ सिमित बुटवलसँग झापा रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनायो। बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो। अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको […]

March 30, 2025

टुसाल र आरसिटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा आइतबार रानी पोखरी कर्नर टिम (आरसिटी) र टुसाल युथ क्लबले पहिलो जित दर्ता गरेका छन् । यसअघि लिगको पुछारमा रहेको आरसीटीसँग नयाँवस्ती युथ क्लब २-१ ले पराजित भयो । त्यस्तै टुसालले शत प्रतिशत नतिजा ल्याएको सरस्वती युथ क्लबलाई१-० ले हरायो । एन्फा कम्प्लेक्समा आज भएको दोस्रो […]

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

Success

Thank you for your time.