default_image

फुटबल

January 18, 2021

सिटीको सानदार जित, लिभरपुल र युनाइटेडको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष होडमा रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा लिभरपुलले बल पोसेसनमा पकड राखेपनि युनाइटेडको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्यो बन्यो । १७औं […]

January 18, 2021

बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन

एजेन्सी – अतिरिक्त समयमा क्याटलान क्लब बार्सिलोनामाथि जित निकाल्दै एथ्लेटिक बिल्वाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । खेलमा दुईपटक पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै बिल्वाओले १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि हात पारेको हो । बिल्वाओलाई च्याम्पियन बनाउन ओस्कार डि मार्काेस, एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे […]

January 17, 2021

सेफिल्डमाथि टोटेनहमको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनको पुछारमा रहेको सेफिल्ड युनाइटेडमाथि टोटेनहम हट्सपरले सहज जित निकालेको छ । टोटेनहमले सेफिल्डकै मैदानमा ३–१ को सहज जित निकालेको हो । टोटेनहमको जितमा सर्ज औरिएर, ह्यारी केन र टांगी एनडोम्वेलेले गोल गरे । घरेलु टोलीका डेभिड म्याकगोल्डरिकले एक गोल फर्काए । ब्रामल लेनमा आइतबार राति भएको खेलमा पाहुना […]

January 17, 2021

लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै महत्त्वपुर्ण खेलमा आज राति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल लिभरपुलको मैदान एनफिल्डमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल शीर्षस्थानको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै अंक बराबरी गर्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । युनाइटेडलाई हराए लिभरपुल अघि रहनेछ । शीर्षस्थानको म्यानचेस्टरको १७ […]

January 17, 2021

बायर्नलाई अग्रता बढाउने अवसर

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमा आज राति फ्रेइवर्गको आतिथ्यता गर्दैछ । खेल एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति ८ः१५ बजे हुनेछ । फ्रेइवर्गलाई हराउदै बायर्न आफ्नो शीर्षता थप फराकिलो बनाउने लक्ष्यमा हुनेछ । बायर्नको १५ खेलबाट ३३ अंक रहेको छ । शनिबार राति दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगले बराबरीको […]

January 17, 2021

इन्टर मिलान र युभेन्टस भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति इन्टर मिलान र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ। खेल इन्टर मिलानको मैदान मिलानोमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा इन्टर युभेन्टसलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । इन्टरको १७ खेलबाट ३७ अंक रहेको छ । शीर्षस्थानको एसी मिलानको ४० अंक छ । टोलीसँग […]

January 17, 2021

गजराज जोशी कप फुटबलमा ७ टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिकाको अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सोमबार सुरु हुने भएको छ । टोखा नगरपालिकाका ११ मध्ये ७ वटा वडाको सहभागिता रहने प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक स्पोर्टस् कर्नरका अध्यक्ष सुशन दुलालले […]

January 17, 2021

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालन गर्ने आइतबार सम्झौता भएको छ । प्रहरी महानिरिक्षक शैलेश थापाको उपस्थितिमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरी अतिरिक्त महानिरिक्षक निरजबहादुर सिंहबीच नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा […]

January 17, 2021

बार्सिलोना र बिल्वाओ उपाधिका लागि भिड्दै

एजेन्सी – स्पेनिस सुपर कपको उपाधिका लागि आज राति क्याटलान क्लब बार्सिलोना र एथ्लेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार सेभियामा राति १ः४५ बजे हुनेछ । बिल्वाओलाई हराउदै बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । तर, टोलीका कप्तान लियोनेल मेस्सीले बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्युन छ । चोटका कारण मेस्सी प्रशिक्षणमा सामेल छैनन् । […]

January 17, 2021

कप्तान रिउस पेनाल्टीमा चुक्दा डर्टमुन्ड जितबाट बञ्चित

एजेन्सी – कप्तान मार्काे रिउसले पेनाल्टी चुकाउदा बोरुसिया डर्टमुन्ड जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा शनिबार राति भएको जर्मन बुन्डेसलिगाको खेलमा डर्टमुन्डले मेइन्जसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । एक गोलले पछि परेको अवस्थामा डर्टमुन्डले खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । सिग्नल इडुना पार्कमा खेलको दोस्रो मिनेटमा एर्लिङ ब्राउट हालान्डको गोलले […]

Success

Thank you for your time.