default_image

फुटबल

January 15, 2021

रियल म्याड्रिडलाई हराउदै बिल्वाओ सुपर कपको फाइनलमा

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन । यससँगै बिल्वाओले […]

January 14, 2021

आर्सनललाई क्रिस्टल प्यालेसको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति एक खेलमा मात्र प्रतिस्पर्धा हुदा आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ । खेल इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा प्यालेसलाई हराउदै आर्सनल अंक तालिका सुधार गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । आर्सनल १७ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा रहेको छ । […]

January 14, 2021

सतिसाले युनियनलाई माघे संक्रान्ती फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मोरङको सतिसाले युनियनले माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङकै विराटनगर फुटबल क्लबलाई बिहीबार सडन डेथमा हराउँदै सतिसालले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडेन डेथबाट उपाधिको छिनोफानो भएको थियो । विजेता टोलीले […]

January 14, 2021

रियल म्याड्रिड र बिल्बाओ फाइनल प्रवेशका लागि खेल्दै

एजेन्सी – स्पेनिस सुपरकपको दोस्रो सेमिफाइनलमा आज राति रियल म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुदैछ । स्टेडियो ला रोसालेडा मालगा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यस खेलको विजेताले उपाधिका लागि सोमबार राति बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको […]

January 14, 2021

प्रशिक्षण करियरमा पोचेटिनोको पहिलो उपाधि

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले ११ वर्षे प्रशिक्षण करियरमा पहिलो उपाधिको रुपमा फ्रेन्च सुपरकप अर्थात ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेका छन् । इस्पान्योल, साउथह्याम्टन र टोटेनहम हट्सपरबाट कुनै उपाधि जित्न नसकेको पोचेटिनोलेले प्रशिक्षण करियरको पहिलो उपाधिको रुपमा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षण सम्हालेको ११ दिनमै उपाधि जित्न सफल भएका हुन् । […]

January 14, 2021

कप्तान किरणले पेनाल्टी बचाएपनि पन्जाब पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी सम्हालेको खेलमा पेनाल्टी बचाउँदै केहि उत्कृष्ट बचाउ गरेपनि राउन्डग्लास पन्जाबले आइलिगमा पहिलो हार बेहोरेको छ । पहिलो हाफमा ३-१ को अग्रता लिएको पन्जाबले दोस्रो हाफमा ३ गोल खाएपछि गोकुलम केरालासँगको खेल ४-३ ले गुमाउन पुग्यो । खेलको १८ औं मिनेटमा पन्जाबले चेन्चो […]

January 14, 2021

किरणले पन्जाबको कप्तानी गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका छन् । बिहीबार पन्जाबले गोकुलम केराला फुटबल क्लबको सामना गर्दा टोलीको कप्तानी किरणले गर्ने भएका हुन् । नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित रहँदा किरणले टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । पन्जाबले लिगमा दोस्रो खेल खेल्दैछ […]

January 14, 2021

मेस्सीले फाइनल गुमाउने सम्भावना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राती स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल सोसीडाडमाथि टाइब्रेकरमा जित हासिल गर्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो । कप्तान लिओनेल मेस्सी खेलमा अनुपस्थित रहँदा बार्सिलोनाको आक्रमण केहि फितलो देखियो । एन्टोइन ग्रिजमनले मुख्य फरवार्डको जिम्मेवारी पाएपनि त्यसमा न्याय गर्न सकेनन् । ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेटको प्रदर्श औसत मात्र रहयो […]

January 14, 2021

ब्राइटनलाई हराउदै सिटी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साँघुरो जित निकाल्दा टोटेनहम हस्टपर फुलहमसँग बराबरीमा रोकिएको छ । सिटीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनमाथि १–० को साँघुरो जित निकालेको हो । सिटीको जितमा फिल फोडेनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै सिटी […]

January 14, 2021

बायर्न जर्मन कपको दोस्रो चरणबाट बाहिरियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख दोस्रो श्रेणीको होल्सटिन किइलसँग सडनडेथमा पराजित हुदै डिएफबी पोकलको दोस्रो चरणबाट बाहिरिएको छ । बायर्न सडनडेथमा होल्सटिनसँग ६–५ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । निर्धारित समय र थप गरिएको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा होल्सटिनले बाजी मारेको […]

Success

Thank you for your time.