default_image

फुटबल

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

March 30, 2025

एमबाप्पेको गोलमा रियलको‌ जित

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले रेलिगेसबाट जोगिन संघर्षरत लेगानेसमाथि शनिवार कठिन जित हासिल गरेको छ । किलियन एम्बाप्पेले निर्णायक सहित ३ गोल गरेपछि रियलले लेगानेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा रियलको लागि अर्को गोल जुड बेलिङ्घमले गरे । लेगानेसका डिएगो गार्सिया र दानी राबाले गोल गरे । खेलको ३२औं मिनेटमा एमबाप्पेको […]

March 29, 2025

तिलोत्तमा गोल्ड कप – चर्च ब्वाइज नयाँ च्याम्पियन

सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एपिएफ एफसीलाई शनिवार २-० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । पहिलो पटक तिलोत्तमा जितेको चर्च ब्वाइजको यो बर्षको पाँचौं उपाधि हो । खेलको २० औं मिनेटमा रिचर्ड विल्सनको गोलमाचर्च […]

March 29, 2025

साविक विजेता ललितपुरलाई काठमाडौंले रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीलाई काठमाडौं रेजर्सले २-२ गोलको बराबरीमा रोकेको छ। पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनायो। दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै काठमान्डौ ललितपुरलाई बराबरीमा रोक्न सफल भएको हो। दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी […]

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

March 28, 2025

एनएसएलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]

Success

Thank you for your time.