default_image

फुटबल

December 2, 2020

आयाक्सलाई हराउदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्काे साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा […]

December 2, 2020

लुकाकु चम्कदा इन्टर मिलानको जित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । इन्टर मिलानको जितले समूह ‘बी’ बाट सबै चार टोलीको नकआउट चरण पुग्ने बाटो खुल्ला भएको छ । शीर्षस्थानको मोन्चेनग्लाडवाकको ५ खेलबाट ८ अंक […]

December 2, 2020

म्यानचेस्टर सिटी र पोर्टाेको बराबरी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौं राउन्डको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाे र इंग्लिस क्लब म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । घरेलु मैदानमा पोर्टाेले बलियो सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । यो बराबरीले समूह चरणमा कुनै प्रभाव परेन । दुवै टोली यसअघि नै नकआउट चरणमा पुग्न सफल भएका थिए ।समूह […]

December 2, 2020

रियल म्याड्रिड शाख्तारसँग पराजित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पाँचौ खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले शाख्तर डोनेस्कसँग हार बेहोरेको छ । युक्रेनमा भएको खेलमा रियलले २-० ले पराजित भएको हो । शाख्तारको जितमा डेन्टिन्हो र सोलोमोनले १-१ गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरी एकपटक कमजोर प्रदर्शन गर्दा हार बेहोरेको हो । […]

December 1, 2020

‘टिम अफ दि इयर’ मनोनयनमा बायर्नको वर्चस्व

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले पुरुष टिम अफ दि इयर २०२० को मनोनयन सार्वजनिक गर्दा जर्मन क्लब बायर्न म्युनिखका खेलाडीले वर्चस्व जमाएका छन् । यस्तै आधुनिक फुटबलका पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो लगातार १७औं वर्ष मनोनयमा पर्न सफल भएका छन् । रोनाल्डोल युभेन्टसलाई सिरी ‘ए’ को उपाधि जिताउन महत्वपुर्ण भुमिका […]

December 1, 2020

म्यानचेस्टर सिटी र पोर्टाे खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘सी’ मा आज राति दुई खेलमा प्रतिस्पर्धा हुदैछ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब पोर्टाेको सामना गर्दा ग्रीसको क्लब ओलम्पियाकोस र फ्रान्सेली क्लब मार्सेबीच पनि आज रानि नै प्रतिस्पर्धा हुदैछ । दुवै खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । नकआउट चरणमा स्थान बनाइसकेको म्यानचेस्टर सिटी समूहमा अपराजित […]

December 1, 2020

लिभरपुललाई आयाक्सको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा आज राति इंग्लिस क्लब लिभरपुलले घरेलु मैदान एनफिल्डमा डच क्लब आयाक्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रासत १ः४५ बजे हुनेछ । घरेलु मैदानमा लिभरपुल आयाक्सलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । समूह ‘डी’ मा ४ खेलबाट ९ अंक जोडेको लिभरपुल शीर्षस्थानमा रहेको […]

December 1, 2020

बायर्न र एट्लेटिको म्याड्रिड खेल्दै

एजेन्सी – समूह ‘ए’ बाट युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाइसकेको जर्मन क्लब बायर्न म्युनिखले समूह चरणको पाँचौ राउन्डको खेलमा आज राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको भ्रमण गर्दैछ । खेल वान्डा मेट्रोपोलिटानोमा राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको पछिल्लो १५ खेलमा अपराजित रहेको बायर्न सोही जितको लयलाई निरन्तरता दिने दाँउमा रहँदा एट्लेटिको बायर्नको […]

December 1, 2020

फर्कंदै ग्रिजमनको मुस्कान

एजेन्सी – बार्सिलोना पुगेयता एन्टोइन ग्रिजमन मैदानमा मुस्कुराएको बिरलै देखिन्थ्यो । ला लिगामा आइतबार ओसासुनाविरुद्धका खेलमा ग्रिजमन फरक मुद्रामा देखिन्थे । फ्रान्सेली अन्तर्राष्ट्रिय टोलीबाट उनी खेलमा बिस्तारै जम्दै गएको संकेतका रुपमा पनि कतिपयको बुझाई छ । गत सिजन बार्सिलोनामा आबद्ध भएयता उनीबाट सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् । जसका कारण उनी आफै पनि दबाबमा रहेको अनुमान […]

December 1, 2020

रियाल म्याड्रिड र साख्तर भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा स्पेनिस क्लब रियाल म्याड्रिडले युक्रेनी क्लब साख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४० बजे किएभमा हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै रियाल अघिल्लो महिना घरेलु मैदानमा भोगेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । रियल गत अक्टोवरमा घरेलु मैदानमा ३–२ ले पराजित भएको […]

Success

Thank you for your time.