default_image

फुटबल

October 29, 2020

युभेन्टसको मैदानमा बार्सिलोना विजयी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २-० को जित दर्ता गर्न सफल भयो । खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डरको बीचबाट डेम्बेलेले […]

October 29, 2020

पीएसजीको जितमा नेयमार घाइते

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इस्तानबुल बसकसेइरलाई पराजित गरेको छ । मोइस किनले दुई गोल गरेपछि फ्रान्सेली टोली २-० को जित दर्ता गर्न सफल रहयो । प्रिमियर लिगको क्लब एभर्टनबाट लोनमा पेरिस पुगेका इटालियन फरवार्ड किनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । उनलाई दुवै गोलमा युवा फरवार्ड […]

October 28, 2020

रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने

एजेन्सी – विश्वभरका फुटबलप्रेमीले सुपरस्टार द्वय बार्सिलोनाका लिओनल मेस्सी र युभेन्ट्सका क्रिस्यिानो रोनाल्डोबीच मैदानमा हुने प्रतिस्पर्धाका लागि अझै धैर्य गर्नुपर्ने भएको छ । कोरोना परिक्षणको अर्को नतिजा पनि पोजेटिभ आएपछि रोनाल्डो बार्सिलोनाविरुद्ध बुधबार हुने च्याम्पियन्स लिगको खेलमा उपलब्ध हुने छैनन् । बार्सिलोनाविरुद्ध हुने खेलको एक दिन अघि दिउँसो भएको पत्रकार सम्मेलनमा युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले […]

October 28, 2020

काउटिन्हो नहुँदा ग्रिजमनलाई अवसर

एजेन्सी – युभेन्ट्सविरुद्ध हुने च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलमा फिलिपे काउटिन्हो उपलब्ध हुने छैनन् । रियल म्याड्रिडविरुद्धको बुधबार एल क्लासिको दौरान उनको तिघ्रामा चोट लागेको थियो । आइतबार क्याटलान क्लबले काउटिन्हो चोटग्रस्त भएकोले पुष्टी गरेको थियो । त्यसको अर्थ एन्टोइन ग्रिजमनले युभेन्ट्सविरुद्ध सुरुवात गर्ने सम्भावना रहेको छ । सिजनकै ठुलो खेलका रुपमा रहेको एल क्लासिकोमा […]

October 28, 2020

रोनाल्डो विनाको युभेन्ट्स संघर्ष गर्दै

एजेन्सी – युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलका लिओनल मेस्सीको कप्तानीमा बार्सिलोना इटाली पुगिसकेको छ । अर्कोतिर युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने कारोना परिक्षणको नेगेटिभ परिणामको प्रतिक्षामा छन् । बार्सिलोना र युभेन्ट्सबीच बुधबार प्रतिस्पर्धा हुँदैछ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी निर्वाह गर्ने क्रममा दुई साता अघि रोनाल्डोलाई कोरोना संक्रमण देखिएको थियो । जसका कारण […]

October 28, 2020

फेलिक्स चम्कँदा एटलेटिको विजयी

एजेन्सी – पोर्चुगिज युवा फरवार्ड जोआओ फेलिक्सले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेपछि एटलेटिको म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगमा रेड बुल साल्जबर्गमाथि ३-२ को जित हासिल गरेको छ । एटलेटिकोले खेलको २९ औं मिनेटमा नै मार्कोस लोरेन्टेको गोलमा अग्रता लिएको थियो । उनले मिडफिल्डबाट बल अघि बढाउँदै गरेको प्रहार गोलरक्षक सिसान स्तान्कोभिचले बचाउन सकेनन् । अग्रता […]

October 28, 2020

लिभरपुलको जितमा थपियो चोटको चिन्ता

एजेन्सी – इंग्लिस च्याम्पियन लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा एफसी मिट्जील्यान्डलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा जित हासिल गर्दा लिभरपुलको चोटको चिन्ता भने थपिएको छ । लिभरपुलले झन्डै ५ वर्षपछि आफ्नो मुख्य तीनै फरवार्डमध्य कसैलाई टोलीमा उतारेको थिएन । साडियो माने, मोहमद सलाह र रोबर्टो फिर्मिनो तीनै जना […]

October 28, 2020

बायर्नको लगातार १३ औं जित

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा आफ्नो जितको सिलसिलालाई कायम राख्दै लगातार १३ औं खेलमा जित हासिल गरेको छ । बायर्नले मंगलबार लोकोमोटिभ मस्कोलाई २-१ ले पराजित गरेको हो । बायर्नले खेलको १३ औं मिनेटमा लिओन गोरेट्जकाको गोलमा अग्रता लिएको थियो । बेन्जामिन पाभार्डको भली क्रसलाई उनले हेडरमार्फत गोल गरे । किंग्सले […]

October 28, 2020

अध्यक्ष बार्टोमेउसहित बार्सिलोना बोर्डको राजिनामा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै बोर्डका सम्पूर्ण सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । पछिल्लो समय समर्थकहरुबाट अत्यधिक दबाब आएपछि बार्टोमेउले राजिनामा दिएका हुन् । सन् २०१४ मा अध्यक्ष भएका उनको लिओनेल मेस्सीसँग सम्बन्ध चिसिएपछि यो निर्णयमा पुगेका हुन् । यद्यपि बढ्दो दबाबका बीच उनीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्ने सम्भावना समेत […]

October 28, 2020

हारबाट जोगिएको रियल म्याड्रिड पुछारमै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती समूह बी को खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड बोरुसिया मोन्चेनग्लाडबाकसँग हारबाट जोगिएको छ । बोरुसियामा भएको खेलमा रियल अन्तिम समयमा २ गोल गर्दै खेल २-२ को बराबरी गर्न सफल भएको हो । खेलको ३३ औं मिनेटमा घरेलु टोलीले मार्कस थुरामको गोलमा अग्रता लिएको थियो । उनले एलेसन […]

Success

Thank you for your time.