default_image

फुटबल

October 5, 2020

एल क्लासिकोमा बार्सिलोनाको जित

एजेन्सी– बार्सिलोनाले महिला लिगमा पहिलो पटक रियल म्याड्रिडको सामना गरेको खेलमा ४–० को सानदार जित दर्ता गरेको छ । महिलातर्फको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई जित दिलाउन प्याट्रिसिया गुइजारो, लिकी मार्टिन्स र एलेक्यिा पुटेलासले गोल गरेका थिए । अर्को एक गोल रियलका खेलाडीले आत्मघाती गरेकी थिइन् । रियलको टोली जुलाईमा मात्र गठन भएको थियो । रियलले भने आफ्नै क्लबको […]

October 5, 2020

मिलानको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले स्पेजियामाथि ३–० को सहज जित हात पारेको छ । घरेलु मैदानमा राफयल लियोले दुई तथा थियो हर्नान्डेजले एक गोल गरेपछि मिलानले सहज जित निकालेको हो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । आइतबार राति भएको खेलमा पाहुना टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको […]

October 5, 2020

कौटिन्होको गोलमा बार्सिलोना हारबाट जोगियो

एजेन्सी – ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होको गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले सेभियासँग एक गोलले पछि परेको स्थितिमा बराबरीको नतिजा निकाल्न सफल भएको हो । सेभियाका लुक डि जोङले गोेल गर्दा कौटिन्होले बराबरी गोल फर्काएका थिए । आइतबार राति भएको खेलको आठौं मिनेटमा नै […]

October 5, 2020

लेवान्डोस्कीको चार गोलमा बायर्नको रोमाञ्चक जित

एजेन्सी – अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता समेत रहेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरेपछि जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बायर्नले हर्था बर्लिनमाथि ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । हर्थाका जोन कोर्डाेवा, म्याथुस कुन्हा र जेसिक नागनकमले गोल गरेपनि हार टार्न सकेन । […]

October 5, 2020

वाटकिन्सको ह्याट्रिकमा लिभरपुलको लज्जास्पद हार

एजेन्सी – ओली वाटकिन्सको ह्याट्रिक मद्दतमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई लज्जास्पद हार चखाएको छ । घरेलु मैदानमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो । भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेपनि […]

October 4, 2020

युनाइटेडको मैदानमा टोटेनहम ६-१ ले विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्स्परले म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ६-१ को सानदार जित दर्ता गरेको छ । खेलको २९ औँ सेकेन्डमा नै युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो । एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर टोटेनहमले अप्रत्याशित […]

October 4, 2020

लेभान्टेलाई हराउँदै रियल ला लिगाको शीर्षस्थानमा

एजेन्सी – लेभान्टेमाथि २–० को सहज जित निकाल्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले रिल बेटिसलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल बढी खेलेको रियल बेटिसको ९ अंक छ । पराजित लेभान्टे ३ अंकसहित १८औं […]

October 4, 2020

युनाइटेडविरुद्ध पहिलो हाफमै टोटेनहमको ४ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा पहिलो हाफमा नै ४-१ को फराकिलो अग्रता लिएको छ । खेलको २९ औँ सेकेन्डमा नै युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो । एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर […]

October 4, 2020

आर्सनलले सेफिल्डलाई हरायो

एजेन्सी – चार मिनेटको अन्तरमा दुई गोल सम्भव भएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सेभियामाथि २–१ को जित निकालेको हो । आर्सनलको जितमा बुकायो साका र निकोलस पेपेले गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्डरिकले गोल गरेपनि हार टार्न सकेनन् […]

October 4, 2020

लिभरपुललाई एस्टन भिल्लाको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । डिफेन्डिङ च्याम्पियन लिभरपुल एस्टन भिल्लाको भ्रमणमा निस्कने छ । खेल भिल्ला पार्क बर्मिङहममा नेपाली समयअनुसार राति १२ बजे हुनेछ । घरेलु टोलीलाई सहजै पराजित गर्दै लिभरपुल शीर्षस्थानमा रहेको एभर्टनसँगको अंक दुरी बराबरी गर्ने लक्ष्यमा हुनेछ । अपराजित रहेको लिभरपुलको ३ खेलबाट […]

Success

Thank you for your time.