default_image

फुटबल

james

September 30, 2020

रियल बसाई खराब नरहेको हामेसको बुझाइ

एजेन्सी – ला लिगाको प्रदर्शनलाई लिएर हामेस रोड्रिग्वेजले आफ्नो बचाउ गरेका छन् । कतिपय समर्थकले सामाजिक सञ्जालमार्फत रियल म्याड्रिडमा उनी असफल भएको टिप्पणी गरेका छन् । जिनेजिन जिदानले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि कमै अवसर पाएका कोलम्बियन स्टारलाई त्यो समयका फ्लप खेलाडीका रुपमा हेरिन्छ । रोड्रिग्वेजले टोटल क्रुसको ट्विटलाई उल्लेख गर्दै त्यसमा जवाफ खेलेका छन् , ‘त्यस्तो […]

September 30, 2020

क्लबको कीर्तिमानी मुल्यमा डियास सिटीमा अनुबन्धित

एजेन्सी – पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाकाका डिफेन्डर रुबेन डियास इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । सिटीले क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४.३ मिलियन पाउन्डमा सेन्टरब्याक डियासलाई ६ वर्षको लागि अनुबन्ध गरेको हो । यससँगै डियास क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट रोड्रीलाई अनुबन्ध […]

September 30, 2020

लिभरपुलका थियागोलाई कोरोना संक्रमण

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तरालाई कोरोना संक्रमण पुष्टि भएको छ । लिभरपुुलले अलकान्तरालाई कोरोना पुष्टि भएको बताउँदै उनी आइसोलेसनमा बसिसकेको जानकारी दिएको छ । २९ वर्षीय अलकान्तरामा कोरोना देखिएपछि उनले प्रिमियर लिगमा सोमबार राति आर्सनलमाथि ३–१ को जित निकालेको खेल गुमाएका थिए । क्लबले अब अलकान्तरा अन्तर्राष्ट्रिय ब्रेकपछि मात्रै टोलीमा उपलब्ध […]

September 30, 2020

अपराजित गेटाफे ला लिगाको शीर्षस्थानमा

एजेन्सी – नयाँ सिजनको स्पेनिस ला लिगामा अपराजित रहेको गेटाफे शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रियल बेटिसमाथि ३–० को सहज जित दर्ता गर्दै गेटाफे ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । घरेलु मैदान कोलिसियुम अलफन्सो पेरेज स्टेडियममा गेटाफेको जितमा एन्जल रोड्रिग्वेजले दुई तथा मार्क कुकुरेल्लाले एक गोल गरे । सबै गोल पहिलो हाफमा […]

September 30, 2020

चेल्सीमाथि टोटेनहमको जित

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा […]

September 29, 2020

टोनी क्रुस दुई साता मैदान बाहिर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुस कम्तीमा पनि दुई साता मैदान बाहिर रहने भएका छन् । रियल म्याड्रिडको मेडिकल टोलीले सोमबार गरेको परिक्षणपछि उनले कम्तीमा पनि १० देखि १४ दिन मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । शनिबार राति रियल बेटिसमाथि ३–२ को जित निकालेको खेलमा क्रुसले मस्कुलर इन्ज्युरीका कारण पहिलो […]

September 29, 2020

ठूलो सम्झौताको हकदार फाती

एजेन्सी– अन्सु फाती बार्सिलोनाको पहिलो टोलीका नियमित खेलाडी बनिसकेका छन् । रोनाल्ड कोम्यानको सिनियर टोलीमा परेका १७ वर्षे फातीले २२ नम्बरको जर्सी लगाउँदै आएका छन् । उनको रिलिज क्लब पनि ४ सय मिलियन युरो बनाइएको छ । पहिलो टोलीको नियमित खेलाडी भएपनि उनको अहिलेको सम्झौता सन् २०२२ सम्मको रहेको छ । कम उमेरका कारण उनले […]

September 29, 2020

पूर्व कप्तान सागर मनास्लु कलेजको ‘ब्रान्ड एम्बेसेडर’

काठमाडौं (हाम्रो खेलकुद)– मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ । एक वर्षको लागि गरिएको सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा सागरले मंगलबार हस्ताक्षर गरे । कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासँगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने […]

September 29, 2020

टोटेनहम र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्था कारवाओ कपको चौथो चरणमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हट्सपर र लन्डन क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पाँचौ चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । टोटनहमले तेस्रो चरणमा लिग टु क्लब लेटन ओरिएन्टबाट वाकओभर पाएपछि […]

September 29, 2020

प्यानिच बने रोनाल्डो र मेस्सीसँग खेल्ने १४ औं खेलाडी

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच विश्व फुटबलका महान हस्ती लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैसँग खेल्ने १४ औं खेलाडी बनेका छन् । यसै सिजन इटालियन च्याम्पियन युभेन्टसबाट बार्सिलोना पुगेका प्यानिचले आइतबार भिल्लारियलविरुद्ध बार्सिलोनाबाट डेब्यु गरे । उक्त खेलमा मेस्सीसँग मैदान उत्रिएका प्यानिचले त्यसअघि रोनाल्डोसँग युभेन्ट्समा खेलेका थिए । उनीसँगै बार्सिलोनाबाट युभेन्टस पुगेका ब्राजिलियन मिडफिल्डर […]

Success

Thank you for your time.