default_image

General

August 11, 2019

राखेपको भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी गोष्ठी

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी आइतबार गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीले भौतिक पुर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गरेको थियो । १३ औं सागको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने बताइएको छ । गोष्ठीको उद्घाटन युवा […]

August 11, 2019

एनएसजेएफ झापामा खरेल

झापा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको अध्यक्षमा हिमाल खरेल निर्वाचित भएको छन् । आइतबार बिर्तामोडमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनले हिमाल खरेलको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदबाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएको थियो । हिमालले अध्यक्षका प्रत्यासी इन्द्रजित मुखियालाई ६ मतले पराजित […]

August 9, 2019

सेपाकताक्रो टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३४ औं थाइ किङ्स कप विश्व च्याम्पियनसिपमा सहभागी हुने सेपाकताक्रो टोलीलाई शुक्रबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई बिदाइ गरे । अगष्ट २४ देखि सेप्टेम्बर १ तारिखसम्म बैंककको फेसन आइल्यान्डमा हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले रेगु र डबल्समा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा अनिल […]

August 9, 2019

मनवीर र सोभितको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित राना मगरको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा मनवीर र सोभितको जोडीले राइजिङ क्लबका चोविन्द्र जिसी र प्रकाश जिसीको जोडीलाई २१–१८ र २१–१५ को सोझो सेटमा पराजित गरे । […]

August 9, 2019

काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिपमा साम्भवीलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिटिस स्कुलकी साम्भवी पाल्लकले काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप (स्कुलस्तर) २०१९ मा दोहोरो उपाधि हात पार्न सफल भएकी छिन् । पाल्लकले छात्रा यु – १२ र यु – १४ दुवै तर्फ जित हात पार्दै दोहोरो उपाधी चुमेकी हुन् । पाल्लकले यु–१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे शेर्पालाई २१–२ र २१–७ ले तथा यु–१४ […]

August 9, 2019

स्वर्ण विजेता अजित र प्रशिक्षक धनीराम सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्समा ४५ वर्षपछि ऐतिहासिक स्वर्णपदक दिलाएका युवा खेलाडी अजित कुमार यादवलाई नेपाल एथलेटिक्स संघले शुक्रबार पुर्वघोषित पुरस्कारले सम्मानित गरेको छ । संघले राजधानीमा एक कार्यक्रममा बीच स्वर्ण धारी अजितललाई टिभीएस मोटरसाइकल प्रदान गरेको हो । यस्तै उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि संघले १ लाख रुपैयाँसहित सम्मानित गरेको छ । संघले […]

August 8, 2019

लनटेनिस टोली काजाकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार काजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । अगष्ट ११ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा आरभसम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । अभिभावकहरु जयजीव हाडा तथा […]

August 8, 2019

हिमाल र दीपकको जोडी दोश्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ‘बी’ का हिमाल मगर र दीपक केसीको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबार दोश्रो चरणमा प्रवेश गरेका छन् । सेबको मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा बाग्लुङका सोम पुन र दिनेश पुन, काठमाडौंका होम पुन र विकास छन्त्याल, काठमाडौंका सागर […]

August 8, 2019

१३ औं साग – कार्तिक १४ सम्म खेलाडी दर्ता

काठमाडौं (हाम्रो खेलकुद) – मङ्सिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कात्तिक दोस्रो सातासम्म सहभागी सबै राष्ट्रको सबै खेलको खेलाडीहरुको दर्ता प्रक्रिया चल्ने भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, दक्षिण एशियाली ओलम्पिक परिषदका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको अध्यक्षतामा १३औं दक्षिण एशियाली खेलकूद तयारी समितिको बिहीबार बसेको बैठकले […]

August 8, 2019

सुनिललाल जोशी स्मृती भारोत्तोलनको सम्पूर्ण तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रको लागि भारोत्तोलन खेलमार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाडौं जिल्ला भारोत्तोलन संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा […]

Success

Thank you for your time.