default_image

General

August 8, 2019

अभियान र डेभिड उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरिय प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा किर्तिपूरस्थित अडिटोरियमहलमा भएको च्याम्पियनसिपको छात्र यु – १४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३ र २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्याकलाई २१–१६ र २१–७ ले […]

July 22, 2019

श्रीलंकामा पहिलो मैत्रीपूर्ण खेलमा नेक्सस पराजित

नेगम्बो (हाम्रो खेलकुद) – नेपाल बाईलेटरल सिरिज खेल्न श्रीलंका पुगेको नेक्सस क्रिकेट एकेडेमी (एनसीए) पहिलो मैत्रीपूर्ण खेलमा सेन्ट सेबस्टेन्स स्कुल तथा क्रिकेट एकेडेमीसँग ५६ रनले पराजित भएको छ । बासुलीका क्रिकेट एकेडेमीको निमन्त्रणामा श्रीलंका पुगेको एनसीए बासुलीका क्रिकेट एकेडेमी ५० ओभरको ३ दिने श्रीलंका (नेपाल बाईलेटरल सिरिज खेल्नु अघि श्रीलंकाका बिभिन्न प्रतिष्ठित स्कुल तथा एकेडेमीहरू […]

July 21, 2019

साफ उपविजेतालाई प्रदेश सरकार र महानगरले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता महिला राष्ट्रिय फुटबल टिमलाई पुर्व घोषित निर्णयअनुसार सोमबार र बिहीबार नगदसहित सम्मान गर्ने भएका छन् । साफको उपविजेता महिला टिमलाई महानगरले सोमबार र प्रदेश सरकारले मंगलबार पुर्वघोषित निर्णयअनुसार सम्मान गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले हाम्रो […]

July 21, 2019

सिंगापुरलाई हराउदै नेपाल सातौं

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली महिला हक्की टोलीले सातौं स्थान हात पारेको छ । आइतबार बिहान थाइल्यान्डको चुनवरीमा भएको स्पर्धामा नेपाली महिला हक्की टोलीले सिंगापुरलाई २–१ ले पराजित गर्दै सातौ स्थान हात पारेको हो । महिला टोलीको यो प्रतियोगितामा दोस्रो जित हो । यसअघि महिला टोलीले समूह चरणमा फिलिपिन्समाथि ३–२ […]

July 20, 2019

रेगन सर्वाधिक धनराशिको चामुन्डा अल नेपाल स्नुकर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – रेगन श्रेष्ठ सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को च्याम्पियन बनेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा शनिबार भएको फाइनलमा रेगनले राजेन लामालाई ७–४ को फ्रेममा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधिसँगै रेगनले २ लाख रुपैया हात पा¥यो । दोस्रो भएको राजेनले ७५ हजार रुपैयामा […]

July 20, 2019

एसियन जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको नेपालको निराशजनक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउ शहरमा जारी ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा नेपाली खेलाडीले निराशजनक प्रदर्शन गरेका छन् । नेपालले मिक्स टिम इभेन्टस्मा चीनसँग ५–० ले पराजित भएको हो । नेपाल मिक्स टिम इभेन्टको सबै खेलमा पराजित भएको हो । मिक्स डबल्समा प्रफुल महर्जन र सीमा राजवंशीको जोडी चीनका डि जि झियान र […]

July 19, 2019

रेगन र राजेन फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– रेगन श्रेष्ठ र राजेन लामा सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को फाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा जारी प्रतियोगितामा रेगन श्रेष्ठले सोम लामालाई तथा राजेनले निर्मान बोगटीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेमिफाइनलमा रेगनले सोम लामालाई ६–१ को फ्रेममा हराउदै उपाधि […]

July 19, 2019

दक्षिण एसियाली शारीरिक सुगठनमा समिरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । […]

July 19, 2019

खेलकुदप्रति बफादार रहने छुः निवर्तमान सदस्य–सचिव बिष्ट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्यसचिव केशवकुमार बिष्टले आफु जहाँ रहे पनि खेलकुद प्रति सदैभ बफादार रहने बताएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको बिदाई कार्यक्रममा सदस्यसचिव बिष्टले कुनै न कुनै नाताले खेलकुदको विकास र विस्तारमा बफादार रहि रहने बताएका हुन् । ‘म नियमित प्रक्रिया अनुसार राखेपको जिम्मेवारीबाट टाढा भएको हु […]

July 19, 2019

एनसीए टोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ । जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ । एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग ३ खेल, एयर फोर्स र आर्मीसंग १–१ खेल तथा स्थानिय क्लबसंग २ खेल खेल्ने तालिका छ । […]

Success

Thank you for your time.