default_image

अन्तर्राष्ट्रिय

June 9, 2019

टोटेनह्यामका पूर्व डिफेन्डर इडेनवर्गको निधन

एजेन्सी – लेटन ओरीन्टका ४९ वर्षे प्रशिक्षक जस्टीन इडेनवर्गको निधन भएको छ। टोटेनह्यामका पूर्व लेफ्ट ब्याक इडेनवर्गको हृदयघातका कारण निधन भएको क्लबले शनिबार जनाएको हो। च्याम्पियन्स लिग फाइनलमा देखिएका उनलाई दुई दिनपछि हृदयघातका कारण गत सोमबार अस्पताल लगिएको थियो। नभेम्बर २०१७ मा ओरीन्टमा आबद्ध भएका उनले यसै सिजन क्लबलाई फुटबल लिगमा बढुवा गराएका थिए। उनले […]

June 8, 2019

सकिबको शतकका बाबजुद बंगलादेशको फराकिलो हार

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको […]

June 8, 2019

निशमको ५ विकेटसँगै अफगानिस्तानको सामान्य योगफल

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १३ औं खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय ७३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रुपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ […]

June 8, 2019

रोयको आक्रामक शतकमा इंग्ल्यान्डको कीर्तिमानी योगफल

एजेन्सी – ओपनर जोसन रोयले सानदार शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १२ औं खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय […]

June 8, 2019

पहिला ब्याटिङ गर्दै इंग्ल्यान्ड,यस्तो छ प्लेइङ ११

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बंगलादेशबीरुद्ध उपाधीको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा बंगलादेशले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए लिएको हो । इंग्ल्यान्डले जवाफि ब्याटिङ केहि समयमा गर्ने छ । इंग्ल्यान्डको प्लेइनङ ११ : जेसन रोय, जोनी बेयरस्टो, जो रुट, ईओन […]

June 8, 2019

पहिलो जितको खोजिमा अफगानिस्तान

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ६:१५ देखि सुरु हुने छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार तेस्रो र पुछारमा रहेको अफगानिस्तान पहिलो जितको खोजीमा छन् । न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दा बंगलादेशलाई २ विकेटले […]

June 8, 2019

ललित र पवनको घातक बलिङमा आर्मी सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लवले नेपाल पुलिसलाई १ सय २६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो […]

June 8, 2019

जापान पहिलो पटक यू१९ विश्वकपमा

एजेन्सी – जापान यू१९ टोलीले पहिलो पटक क्रिकेट विश्वकप खेल्ने भएको छ । जापानले आगमी वर्ष दक्षिण अफ्रिका हुने एकदिवसिय विश्वप क्रिकेट प्रतियोगिताको लागि छनोट भएको छ । जापानमै भएको आईसीसी यू१९ क्रिकेट विश्वकप छनोटको इस्ट एसिया प्यासिफिक (इएपी) मा शीर्षस्थामा रहँदै आगमी वर्ष हुने यू१९ विश्वकपमा पहिलो पटक स्थान पक्का गरेको हो । जापानले […]

June 8, 2019

अर्जेन्टिना ५-१ ले विजयी

एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरेका थिए । दोस्रो हाफमा सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका लौतारो मार्टिनेजले पनि २ गोल थपे । अर्को गोल रोबर्टो परेराको नाममा रहयो । मेसीले […]

June 8, 2019

हाजार्ड रियलमा ५ वर्षलाई अनुबन्धित

एजेन्सी – अन्ततः चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले हाजार्डलाई ५ वर्षको लागि क्लबमा ८८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय हजार्डको बिहीबार राति नै स्पेनमा मेडिकल भएको थियो । उनको अनुबन्धन ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ । […]

Success

Thank you for your time.