September 28, 2017
लिस्बोन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ मा बार्सिलोनाले घरेलु टोली स्पोर्टिङ सिपिलाई १-० ले पराजित गरेको छ । खेलको एकमात्र गोल सिबस्टियन कोट्सको आत्मघाती गोल रह्यो । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको बार्सिलोना समूहको शिर्षस्थानमा छ भने स्पोर्टिङ दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा बार्सिलोनासँग पराजित युभेन्टसले समूहको अर्को खेलमा ओलम्पियाकसलाई २-० ले पराजित […]
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम दिनमा बंगलादेशले घरेलु टोली भुटानलाई हराएपछि नेपालको उपाधि जित्ने सम्भावना अन्तिम खेलमा निर्भर रहनेछ । बंगलादेशका लागि जाफार इकबालले ८३ औं र ९० औं मिनेटमा गोल गर्दै खेलको अन्तिम समय तिर जित सुनिश्चित गरेका थिए । बंगलादेशले तेस्रो जितसँगै ९ अंक बटुलेपछि भारतको भने उपाधि जित्ने […]
September 27, 2017
लिस्बोन (एजेन्सी) – पाँच पटकको च्याम्पियन्स लिग विजेता बार्सिलोनाले आज राति समूह डिमा पोर्चुगेली क्लब स्पोर्टिङ सिपिको सामना गर्दै छ । स्पोर्टिङको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । बार्सिलोनाले आफ्नो च्याम्पियन्स लिग अभियान युभेन्टसलाई ३–० ले हराउँदै सुरु गरेको गरेको थियो भने स्पोर्टिङले पनि आफ्नो पहिलो खेलमा […]
September 27, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स लिग समूह बि अन्तर्गत आज राति दुई उपाधि दाबेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) भिड्दै छन् । खेल आज राति नेपाली समयअनुसार १२.३० बजे सुरु हुने छ । पिएसजीले आफ्नो पहिलो खेलमा सेल्टिकलाई ५–० ले हराएको थियो बने बायर्न एन्डरलेक्टसँग ३–० ले विजयी रहेको थियो । पिएसजी र बायर्न […]
September 27, 2017
डर्टमन्ड (एजेन्सी) – ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सफल नतिजालाई निरन्तरता दिएको छ । गए राती समूह चरणको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ३–१ ले हराएको छ । रियलको यो दोस्रो जित हो भने डर्टमन्डको दोस्रो हार हो । पहिलो खेलमा टोटेनह्यामसँग पराजित डर्टमन्डको समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ । […]
September 26, 2017
पेरिस (एजेन्सी)– चोटका कारण फ्रान्सेली लिग १ को अघिल्लो खेल गुमाएका नेयमार च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग खेल्नका लागि फिट रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाइ इमेरीले जनाएका छन् । मोन्टपिलेरसँग घुँडाको चोटका कारण नेयमार खेलेका थिएनन् । उक्त खेलमा पिएसजीले अंक गुमाएका थियो । पिएसजीले अंक गुमाएको सिजनको त्यो पहिलो खेल हो । […]
September 26, 2017
मस्को (एजेन्सी) – च्याम्पियन्स लिग समूह ई अन्तर्गत स्पार्टाक मस्को लिभरपुलसँग भिड्दै छ । दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए । लिभरपुलका जो गोमेज सेभिल्लासँग रातो कार्ड पाएकाले यस खेलमा प्रतिबन्धित छन् । त्यस्तै गोलकिपरमा लिभरपुलका लागी लोरिस केरियसले सुरुआत गर्ने छन् । मस्कोका लागि जानो आनानिड्जे घाइते भएका कारण खेल्ने छैनन् भने घाइते रहेका […]
September 26, 2017
डर्टमन्ड (एजेन्सी) – च्याम्पियन्स लिगको समूह चरणको खेलमा आज साविक विजेता रियल म्याड्रिड बोरुसिया डर्टमन्डसँग भिड्दै छ । खेल आज नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । पहिलो खेलमा एपोएललाई ३-० ले हराएको रियलले डर्टमन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा उसको सामना गर्दै छ । डर्टमन्ड भने आफ्नो पहिलो खेल इङ्गलिस टोली […]
September 26, 2017
लन्डन (एजेन्सी) – प्रिमियर लिगमा गएराति आर्सनलले वेस्ट ब्रोममाथि २-० को सहज जित दर्ता गरेको छ । आर्सनलको जितमा दुवै गोल एलेक्जान्डर लाकाजेटले गरेका थिए । खेलको २१ औँ मिनेटमा एलेक्सिस सान्चेजले प्रहार गरेका फ्रिकिक पोस्टमा लागेर फर्किँदा लाकाजेटले सो अवसरलाई सदुपयोग गर्दै हेडरमार्फत खेलको पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफमा वेस्ट ब्रोमका डिफेन्डर […]
September 26, 2017
पेरिस (एजेन्सी)– फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि पेनाल्टी प्रहार गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि क्लबका अध्यक्ष नासिर अल खेलाईफीले एडिन्सन काभानीलाई बोनस रकम प्रस्ताव गरेका छन् । बेलायती समाचार श्रोत मिररका अनुसार नेयमारलाई पेनाल्टी प्रहार गर्न दिन काभानी समक्ष १ मिलियन युरोको प्रस्ताव राखिएको छ । अघिल्लो साता एल’इक्विपले जनाए अनुसार काभानीले फ्रेन्च […]