default_image

अन्तर्राष्ट्रिय

July 8, 2021

ब्राजिलका जेससले अर्जेन्टिनाविरुद्ध फाइनल गुमाउने

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका कप अन्तर्गत अर्जेन्टिनाविरुद्धको फाइनल खेल पनि गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) ले जेससलाई थप एक खेलमा प्रतिबन्ध लम्ब्याउने निर्णयसँगै उनले अर्जेन्टिनाविरुद्धको फाइनल खेल गुमाउने पक्का भएको हो । जेससले क्वाटरफाइनलमा चिलीका इयुजिनियो मेनाको अनुहारमा फ्लाइङ किक प्रहार गरेपछि रातो रेफ्रीले कार्ड देखाउँदै मैदान […]

July 8, 2021

युरो गोल्डेन बुट : रोनाल्डोलाई पछ्याउँदै केन

एजेन्सी – युरोपको ११ शहरमा एक महिनादेखि जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिप २०२० को अब फाइनल खेल मात्रै बाँकी छ । फाइनलमा इटाली र इंग्ल्यान्डले ११ जुलाईमा बेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । एक पटकको च्याम्पियन इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुुटआउटमा ४–२ ले पराजित गर्दै चौथो पटक फाइनलमा स्थान पक्का गर्दा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ […]

July 8, 2021

बालोटेली टर्किस क्लबमा अनुबन्धित

एजेन्सी – इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । बालोटेली फ्रि एजेन्टमार्फत टर्किस क्लब एडानामा अनुबन्धित भएका हुन् । उनले टर्किससँग ३ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय फरवार्ड यो सिजनको अन्त्यसँगै इटालियन सिरी ‘बी’ क्लब मोन्जाबाट स्वतन्त्र बनेका थिए । उनी ६ महिनाका लागि मोन्जामा आबद्ध भएका थिए […]

July 8, 2021

रामोसले पीएसजीमा ४ नम्बर जर्सी लगाउने पक्का!

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेन तथा रियल म्याड्रिडका पुर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई क्लबमा अनुबन्ध गरेको आधिकारिक रुपमा पुष्टि नगरेपनि उनी पीएसजीमा ४ नम्वरको जर्सीमा देखिने पक्का भएको छ । पीएसजीले बिहीबार उनलाई सार्वजनिक गर्न सक्नेछ । पीएसजीले बुधबार आफ्नो अफिसियल वेभसाइटमा पीएसजीको नयाँ डिफेन्डर जो ४ नम्वर जर्सीमा […]

July 8, 2021

इंग्ल्यान्ड युरो कपको फाइनलमा

एजेन्सी – डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा विजयी गोल गर्दै इंग्ल्यान्डलाई उपाधिनजिक पुर्याएका हुन् । खेलको पहिलो हाफमा इंग्ल्यान्डले बलियो सुरुवात गरेपनि अग्रता भने डेनमार्कले लिएको थियो । फ्रिकिकमा […]

July 8, 2021

सेमिफाइनलमा इंग्ल्यान्डको एक परिवर्तन

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत डेनमार्कविरुद्ध हुने दोस्रो सेमिफाइनलका लागि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले सुरुवाती रोजाइमा एक परिवर्तन गरेका छन् । युक्रेनविरुद्ध ४-० को जित हासिल गरेको टोलीबाट साउथगेटले जेडन सान्चोको स्थानमा बुकायो साकालाई पहिलो रोजाइमा खेलाएका हुन् । साकाले पछिल्लो खेलमा चोटका कारण विश्राम लिनुपरेको थियो । उनले आक्रमणमा ह्यारी केन र रहिम […]

July 7, 2021

इंग्ल्यान्ड र डेनमार्कको फाइनल खेल्ने लक्ष्य

एजेन्सी – युरोपेली च्याम्पियनसिपको सेमिफाइनलको दोस्रो खेलमा बुधबार राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । वेम्बली स्टेडियममा हुने खेलमा इंग्ल्यान्ड अन्डरडग डेनमार्कलाई हराउँदै पहिलोपटक युरोपेली च्याम्पियनसिपको फाइनलमा पुग्ने दाउमा हुनेछ । इंग्ल्यान्डले १६ मध्ये १० संंस्करणमा छनोट हुदा दुईपटक तेस्रो स्थान हासिल गरेको छ […]

July 7, 2021

‘केन रोनाल्डो जतिकै खतरनाक’

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलको पूर्वसन्ध्यामा डेनमार्कका पूर्व प्रशिक्षक आगे हरेइदेले इंग्लिस टोलीका कप्तान ह्यारी केनको प्रशंसा गरेका छन् । हरेइदेका अनुसार केन क्रिस्टियानो रोनाल्डो जतिकै खतरनाक रहेको र सेमिफाइनलमा केन नै निर्णायक बन्नसक्ने बताए । ‘केन क्रिस्टियानो रोनाल्डो जतिकै छन्,’ उनले भने, ‘ उनले अवसर पाए भने गोल गर्न सक्छन् । […]

July 7, 2021

५५ वर्षपछि फाइनल पुग्ने अवसर

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा बुधबार डेनमार्कको सामना गर्दा इंग्ल्यान्डसामु ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउने अवसर हुनेछ । इंग्ल्यान्डले पछिल्लो पटक सन् १९६६ को विश्वकप उपाधि जितेको थियो । त्यसयता टोलीले कुनैपनि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेको छैन । सन् २०१८ को फिफा विश्वकपमा क्रोएसियासँग सेमिफाइनलमा पराजित भएपछि टोलीले […]

July 7, 2021

मेस्सीद्वारा मार्टिनेजको प्रशंसा

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०२१ को सेमिफाइनलमा कोलोम्बियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा मार्टिनेजले कोलोम्बियाको तीन प्रहार विफल पारेका थिए । उनकै प्रदर्शनमा अर्जेन्टिनाले ३-२ को जित हासिल गर्न सफल भयो । अर्जेन्टिनाका लागि लिओनेल […]

Success

Thank you for your time.