default_image

अन्तर्राष्ट्रिय

January 5, 2021

बार्सिलोना प्रशिक्षण टोलीका दुई सदस्यलाई कोरोना

एजेन्सी – बार्सिलोनाका प्रशिक्षण टोलीका दुई सदस्यलाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको क्लबले जनाएको छ । जसका कारण मंगलबारका लागि तय टोलीको अभ्यास स्थगित भएको छ । त्यस्तै बार्सिलोना र एथलेटिक क्लबविरुद्ध हुने खेल अघिको पत्रकार सम्मेलन पनि स्थगित भएको क्लबले जनाएको छ । ‘सोमबार गरिएको पिसिआर परिक्षणबाट पहिलो टोलीको प्रशिक्षण टोलीका दुई सदस्यलाई […]

January 5, 2021

हालान्ड अन्यत्र जानेमा डर्टमुन्ड विश्वस्त

एजेन्सी – एक दिन इर्लिङ हालान्डले बोरुसिया डर्टमुन्ड छाड्ने विषय क्लब व्यवस्थापनले पनि बुझेको छ । तर डर्टमुन्डका सिइओ हान्स जोचिम वाट्ज्केले भने युवा फरवार्डले आफ्नो खेललाई अझै स्तरीय बनाउन तत्काल क्लब छाड्न नहुनेमा जोड दिन्छन् । गत वर्ष डर्टमन्ड पुगेयता हालान्डले क्लबका लागि लगातार जसो गोल गर्दै आइरहेका छन् । त्यसै कारणले पनि उनी […]

January 5, 2021

साउथह्याम्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग स्तब्ध बनेको छ । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको लिभरपुल साउथह्याम्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७–२ ले पराजित भएको थियो । साउथह्याम्टनमा सोमबार राति भएको खेलमा लिभरपुल खेलको दोस्रो […]

January 4, 2021

शीर्षस्थानको लिभरपुललाई साउथह्याम्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति शीर्षस्थानमा रहेको लिभरपुलले साउथह्याम्टनको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोली साउथह्याम्टनलाई हराउदै लिभरपुल अंक तालिकामा म्यानचेस्टर युनाइटेडलाई ३ अंकले पछि पार्ने लक्ष्यमा हुनेछ । दुवै टोलीको समान ३३ अंक रहेपनि लिभरपुल गोलअन्तरमा अघि छ । लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे […]

January 4, 2021

रोनाल्डोले पेलेको कीर्तिमान तोडे

एजेन्सी –पोर्चुगल तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका ब्राजिलियन हस्ती पेलेको आधिकारिक गोलको कीर्तिमानलाई तोडेका छन् । आइतबार सिरी ए मा उडिनेसविरुद्ध युभेन्ट्सले ४–१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको कीर्तिमानलाई तोडेका हुन् । पेलेले व्यवसायिक खेल जीवनमा ७ सय ५७ आधिकारिक गोल गरेको तथ्याङ्क छ । पेलेले सन् १९५६ […]

January 4, 2021

होबार्टलाई मेलबर्नको बलियो लक्ष्य, सन्दीपको औसत प्रर्दशन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेको औसत प्रर्दशनमा बिग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । स्टार्सका मार्कस स्टोइनिस ५५ बलमा ७ चौका र ७ छक्का सहित ९७ रनमा अविजित रहे […]

January 4, 2021

विलियम्सनको शतकमा न्युजिल्यान्ड बलियो अवस्थामा

एजेन्सी – कप्तान केन विलियम्सनको शतकको सहयोगमा पाकिस्तानविरुद्ध दोस्रो टेष्ट खेलमा न्युजिल्यान्ड पहिलो इनिङमा बलियो अवस्थामा छ । दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले पहिलो इनिङमा ८५ ओभरमा ३ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको छ । समग्रमा न्युजिल्यान्ड ११ रनपछि छ । कप्तान विलियम्सन १ सय ७५ बलमा १६ चौका सहित १ सय १२ रनमा […]

January 4, 2021

शीर्षस्थानको मिलानको सहज जित

एजेन्सी – इटालियन सिरी ए को शीर्षस्थानमा रहेको एसी मिलानले अपराजित यात्रालाई निरन्तरता दिदा आइतबार राति बेनेभेन्टोमाथि २–० को सहज जित हात पारेको छ । १० खेलाडीमा समेटिएपनि मिलानल सहज जित हात पारेको हो । मिलानको जितमा फ्रान्क केइसी र राफयल लियोले गोल गरे । खेलको १५औं मिनेटमा फ्रान्क केइसीले पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई १–० […]

January 4, 2021

सुआरेज चम्कदा एट्लेटिको शीर्षस्थानमा

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको एक गोल र अर्काे असिस्टको सहयोगमा एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । दुई खेल कम खेलेको एट्लेटिको शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । एट्लेटिकोको १५ खेलबाट ३८ अंक तथा रियलको १७ […]

January 4, 2021

सिटीसँग चेल्सीको हार

एजेन्सी – खराव समयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा सिटीसँग ३–१ ले पराजित भएको हो । चेल्सीको यो पछिल्लो ६ खेलमा यो चौथो हार हो । एभर्टनसँग पारजित भएको चेल्सी त्यसपछि वल्भ्स र आर्सनलसँग पराजित भएको थियो । वेस्ट ह्याम युनाइटेडमाथि जित […]

Success

Thank you for your time.