default_image

अन्तर्राष्ट्रिय

December 20, 2020

मेस्सीलाई पेलेको बधाई

एजेन्सी – व्यवसायिक फुटबलमा ब्राजिलियन महान फुटबल खेलाडी पेलेको कीर्तिमान भंग गर्न बार्सिलोनाका कप्तान लिओनल मेस्सी १ गोलले टाढा छन् । ला लिगामा भ्यालेसियाविरुद्ध २–२ को बराबरीमा टुंगिएको खेलमा १ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए । पेले र मेस्सीले एउटा क्लबमा खेलेर त्यो कीर्तिमान बनाएका हुन् । बार्सिलोनाका लागि मेस्सीले प्राप्त गरेको […]

December 20, 2020

पाकिस्तानमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – पाकिस्तानविरुद्ध दोस्रो टि२० खेलमा घरेलु टोली न्युजिल्यान्डले सानदार जित निकालेको छ । आइतबार दोस्रो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९.२ ओभरमा १ विकेट गुमाउँदै सहजै पूरा गर्यो । न्युजिल्यान्डको जितमा […]

December 20, 2020

मेस्सीले पेलेको कीर्तिमान बराबरी गरे

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिली लिजेण्ड तथा महान् खेलाडी पेलेको कीर्तिमानलाई बराबरी गरेका छन् । बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले शनिबार राति भ्यालेन्सियाविरुद्ध एक गोल गर्दै एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । भ्यालेन्सियासँग २–२ को बराबरी खेल्दा मेस्सीले एक गोल गरेका थिए । पहिलो […]

December 20, 2020

हफिजको उत्कृष्ट ब्याटिङ, न्युजिल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले दोस्रो टि ट्वान्टी खेलमा घरेलु टोली न्युजिल्यान्डलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । हामिल्टनमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । मोहम्मद हफिज ५७ बलमा १० चौका र ५ छक्का सहित सर्वाधिक […]

December 20, 2020

डी भिलियर्सले एभरेष्ट प्रिमियर लिग खेल्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्सले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने सम्भावना रहेको छ । कोरोना भाइरसको कारण स्थगित चौथो संस्करणको इपिएलको मिति भने पक्का हुन सकेको छैन । इपिएलका अध्यक्ष अमिर अख्तरले डी भिलियर्सलाई इपिएलमा ल्याउन कुराकानी भई रहेको जानकारी दिएका छन् । ‘डी भिलियर्ससँग कुरा भई रहेको […]

December 20, 2020

लिल र पीएसजीलाई पछि पार्दै लियोन शीर्षस्थानमा उक्लियो

एजेन्सी – घरेलु टोली निसमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै लियोन फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । लियोनले एक खेल कम खेलेको लिल १ अंकले तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २ अंकले पछि पारेको हो । लियोनको १६ खेलबाट ३३ अंक रहँदा लिलको ३२ तथा पीएसजीको ३१ अंक रहेको छ । यद्दपि […]

December 20, 2020

लेवान्डोस्कीको दुई गोल, बायर्न शीर्षस्थानमा

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोलसँगै शीर्षस्थानमा रहेको बायर लिभरकुसनमाथि २–१ को पूनरागमन जित निकाल्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । बायर्नले एक गोलले पछि परेको अवस्थामा घरेलु टोलीमाथि २–१ को महत्वपुर्ण जित हात पारेको हो । घरेलु टोलीका प्याट्रिक सेखले गरेको गोल सान्वना बन्यो । बेएरिना लिभरकुसनमा शनिबार राति भएको […]

December 20, 2020

आर्सनलमाथि एभर्टनको जित, सिटी पनि विजयी

एजेन्सी – एभर्टनले इंग्लिस प्रिमियर लिगको पछिल्लो तीन खेलमा शत प्रतिशत जित निकाल्दा शनिबार राति लन्डन क्लब आर्सनलमाथि २–१ को जित निकालेको छ । यसअघि एभर्टनले चेल्सीलाई १–० ले तथा लेस्टर सिटीलाई २–० ले पराजित गरेको थियो । आत्मघाती गोलबाट अग्रता लिएको एभर्टनले यारी मिनाको निर्णायक गोलबाट जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो […]

December 20, 2020

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ । युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोलसँगै डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले गाल थपे । पहिलो र दोस्रो हाफमा समान […]

December 19, 2020

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – ला लिगमा खराब सुरुवात गरेको बार्सिलोनाले आफ्नो कमजोर नतिजाको सिलसिलालाई निरन्तरता दिँदै शनिबार भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएपछि अंक बाँड्न बाध्य भयो । खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कार्लोस सोलेरको पासमा गोल गरेका थिए […]

Success

Thank you for your time.