default_image

अन्तर्राष्ट्रिय

December 18, 2020

लेवान्डोस्कीको गाथा : दुखान्त सुरुवातपछिको सफल करिअर

जब सन् २०२० को ब्यालोन डी’ओर अवार्ड समारोह रद्द भयो, फरवार्ड रोबर्ट लेवान्डोस्कीले निराशा लुकाएनन् । कोरोनाभाइरसका कारण आयोजक फ्रान्स फुटबलले समारोह नै रद्द गरेपछि उपाधिका दाबेदार लेवान्डोस्की दुखी हुनु स्वभाविक पनि थियो । बिहीबार भने फिफाको द बेस्ट अवार्ड जितेपछि उनले उक्त दुखमा मल्हम लगाएका छन् । लेवान्डोस्कीलाई लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित […]

December 18, 2020

नेयमारलाई घाइते बनाएपछि ज्यान मार्ने धम्की

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारलाई खराब ट्याकल गरेका कारण लियोनका थिएगा मेन्डेसले सिधै रातो कार्डको सामना गरेका थिए । इन्जुरी समयमा गरिएको त्यो खराब ट्याकलले गोलीगाँठामा चोट लागेपछि नेयमारलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो । १–० ले पिएसजी हारेको त्यो खेलमा नेयमारको चोट टोलीका लागि अर्को दुःखद घटना बनेको थियो […]

December 18, 2020

पाकिस्तानमाथि न्युजिल्यान्डको सहज जित

एजेन्सी – पाकिस्तानविरुद्ध पहिलो टि२० खेलमा न्युजिल्यान्डले ५ विकेटको सहज जित निकालेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा ५ विकेटको जित निकाल्दै न्युजिल्यान्डले तीन टि२० खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा विकेटकिपर तथा […]

December 18, 2020

काभानीलाई प्रतिबन्ध

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ । इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले काभानीले सामाजिक सन्जाल इन्स्टाग्राममा जातीय विभेद हुने गरी ‘नेग्रिटो’ लेखेको विषयलाई अध्ययन गर्दै तीन खेलको प्रतिबन्ध सुनाइएको हो । उनको त्यो पोस्टलाई अपमानजनक, अनुचित वा खेल बदनाममा ल्याइएको भनेर ठानिएको छ । इंग्लिस फुटबल […]

December 18, 2020

‘द बेस्ट’ को नेपाली रोजाइमा सलाह

काठमाडौं (हाम्रो खेलकुद) – यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले जिते । अघिल्लो सिजनको प्रदर्शनको आधारमा उनी स्वभाविक रुपमै अवार्डको हकदार थिए । उनैले नै आधुनिक फुटबलका हस्तीद्वय पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीलाई पछि पार्दै यो अवार्ड हात पारे । दोस्रो स्थानमा […]

December 18, 2020

हाजार्ड अभ्यासमा फर्किए

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्ड बुधबार प्रशिक्षणमा फर्केका छन् । ला लिगामा आइतबार एइबारसँग हुने खेलअघि हाजार्ड प्रशिक्षणमा फर्केका हुन् । समूहगत अभ्यासमा फर्केका कारण उनी आइतबार खेल्ने सम्भावना देखिएको छ । नोभेम्बर २८ मा अल्भेससँगको सुरुवाती मिनेटमै हाजार्ड घाइते भएका थिए । मंगलबार एथलेटिक क्लबसँग सुरुवात गरेका खेलाडी बाहेककाले हाजार्डसँगै अभ्यास गरेका […]

December 18, 2020

टोरिनोमाथि रोमाको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले १० खेलाडीमा समेटिएको टोरिनोमाथि ३–१ को सहज जित हात पारेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा टोरिनो खेलको १५औं मिनेटमा नै १० खेलाडीमा समेटिएपछि रोमाको सहज जित सम्भव भएको हो । खेलको १५औं मिनेटमा वेलफ्रेड सिंगो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रोमाले त्यसको फाइदा उठाउन […]

December 18, 2020

रुसलाई टोकियो ओलम्पिक र कतार विश्वकपमा प्रतिबन्ध

एजेन्सी – डोपिङ स्क्यान्डलपछि रुसले दुई वर्षसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध भोग्नुपर्ने भएको छ । यससँगै रुसी झन्डा, गान र रंग जापानमा आयोजना हुने टोकियो ओलम्पिक, कतारमा आयोजना हुने विश्वकप फुटबल २०२२ र चीनको बेइजिङमा आयोजना हुने शीतकालिन ओलम्पिकमा देखिने छैन । रसियालाई विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले चार वर्षको प्रतिबन्ध सुनाएको थियो । […]

December 18, 2020

रासफोर्ड र मार्सियाल चम्कदा म्यानचेस्टरको जित

एजेन्सी – मार्कुस रासफोर्डको दुई तथा एन्थोनी मार्सियालको एक गोल सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि उसकै मैदानमा ३–२ को पूनरागमन जित निकालेको छ । युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । घरेलु टोली सेफिल्डका लागि दुवै गोल डेभिड म्याकगोल्डरिकले गरेका थिए । ब्रामल लेन सेफिल्डमा बिहीबार राति भएको […]

December 18, 2020

लेवान्डोस्कीलाई ‘द बेस्ट’ अवार्ड

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो । यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले […]

Success

Thank you for your time.