default_image

अन्तर्राष्ट्रिय

December 13, 2020

चेल्सी एभर्टनसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी एभर्टनसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । यससँगै चेल्सीको १७ खेलपछि अपराजित यात्रामा पुर्णविराम लागेको छ । सेप्टेम्वरमा प्रिमियर लिगमै लिभरपुलसँग २–० ले पराजित भएयता चेल्सी १७ खेलसम्म अपराजित रहेको थियो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध […]

December 13, 2020

म्याड्रिड डर्बीमा रियलको जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको म्याड्रिड डर्बीमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा रियलले २-० को जपत दर्ता गर्दा दुवै हाफमा १-१ गोल गर्यो । खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड जमाएको रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगायो । रियल […]

December 12, 2020

नेयमारद्वारा फिफाको घुमाउरो आलोचना

एजेन्सी – बायर्न म्युनिखका रोबेर्टो लेवान्डोवस्की, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेस्सी द वेष्ट अवार्डको अन्तिम ३ मा छनोट हुँदा नेयमार भने त्यसमा पर्न असफल भएका छन् । फिफाले अन्तिम ३ को नामावली सार्वजनिक गरेको केहि समयपछि नेयमारले लगातार दुई ट्विट गर्दै घुमाउरो शैलीमा फिफाको आलोचना गरेका छन् । नेयमारको पहिलो ट्विट छ, ‘टेनिसले […]

December 12, 2020

दबाबमा बार्सिलोनाका प्रशिक्षक र खेलाडी

एजेन्सी – यो सिजन बार्सिलोना ला लिगामा संघर्ष गरिरहेको छ । त्यति मात्र होइन च्याम्पियन्स लिगको समूह चरणमा पनि टोली उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो । टोलीलाई लयमा फर्काउना ठूलो रकम खर्चनु पर्ने देखिएको छ । यद्दपी प्रशिक्षक रोनाल्ड कोम्यान अहिलेको खराब नतिजाबाट कसरी सफलतामा फर्कन सकिन्छ भन्ने खोजीमा पक्कै रहनेछन् । कतिपय […]

December 12, 2020

डर्बीअघि रियललाई सुखद खबर

एजेन्सी – रियल म्याड्रिड समूह चरणको अन्तिम खेलमा विजयी हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको छ । अब टोली फेरि ला लिगाको तयारीमा जुटिसकेको छ । शनिबार हुने एट्लेटिको म्याड्रिडसँगको डर्बी खेलका लागि टोलीले शुक्रबार अन्तिम अभ्यास गरेको थियो । डानी कार्भाजाल पूरा प्रशिक्षणमा सामेल भए । फेडे भाल्भार्डेले पनि प्रशिक्षणमा जुटे । जसले […]

December 12, 2020

टि२० महिला विश्वकपको एसिया छनोट सेप्टेम्बरमा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ मा दक्षिण अफ्रीकामा हुने टि२० महिला विश्वकपका लागि छनोटको विवरण सार्वजनिक गरेको छ । नेपालले मलेसियामा हुने एसिया छनोटमा ८ टोली सम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर २० देखि २६ २०२१ मा हुने उक्त छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र […]

December 12, 2020

‘एट्लेटिको ला लिगा उपाधिको दाबेदार’- जिदान

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला लिगा उपाधिका लागि सहरी प्रतिद्वन्द्वि एट्लेटिको म्यड्रिड सबैभन्दा बलियो दाबेदार रहेको बताएका छन् । जारी सिजनमा एट्लेटिको प्रदर्शनका आधारमा जिदानले यस्तो देखिने बताएका छन् । म्याड्रिड डर्बीमा शनिबार रियलले एट्लेटिकाको स्वागत गर्दैछ । अहिले एट्लेटिको लिगको शीर्ष स्थानमा छ भने रियल चौथो स्थानमा छ । आज हुने […]

December 12, 2020

म्यानचेस्टर युनाइटेड र सिटी खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुदैछ । म्यानचेस्टर डर्वीको खेल आज राति हुदा चेल्सीले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । म्यानचेस्टर डर्वी राति ११ः१५ बजे युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा हुनेछ । अंक तालिकाको सातौ र आठौं स्थानमा रहेको दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । च्याम्पियन्स लिगबाट […]

December 12, 2020

न्युजिल्यान्डको विशाल अग्रता

एजेन्सी – न्युजिल्यान्डले वेस्टइन्डिजविरुद्ध दोस्रो तथा अन्तिम टेष्ट खेलमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ३ सय ३६ रनको विशाल अग्रता लिँदै वेस्टइन्डिजलाई फलोअन नजिक पुर्याएको छ । दोस्रो दिनको समाप्तिमा वेस्टइन्डिज पहिलो इनिङमा ५२ ओभरमा १२४-८ को कमजोर अवस्थामा छ । तेस्रो दिन वेस्टइन्डिजलाई फलोअनबाट बच्न १ सय ३६ रन बनाउनु […]

December 12, 2020

म्याड्रिड डर्बीमा रियल र एट्लेटिको भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति दुई शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिड र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । खेल रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल एट्लेटिकोलाई पराजित गर्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने लक्ष्यमा हुनेछ । ला लिगामा औसतको प्रदर्शन गरिरहेको रियल ११ खेलबाट […]

Success

Thank you for your time.