default_image

अन्तर्राष्ट्रिय

September 10, 2020

मेस्सी पहिलो पटक पूर्ण अभ्यासमा

एजेन्सी– बार्सिलोनाका सुपर स्टार लिओनेल मेस्सी प्रि सिजनमा टोलीका अन्य खेलाडीसँग पहिलो पटक अभ्यासमा जुटेका छन् । क्लब छाड्ने चर्चाबीच अघिल्लो साता सुरु भएको अभ्यासमा मेस्सी समावेश भएका थिएनन् । मेस्सीले सम्झौताको बाँकी अवधी बार्सिलोनामा बस्ने निर्णय गरेसँगै उनी सोमबारबाट प्रशिक्षणमा फर्केका थिए । तर, कोरोना भाइरसको प्रोटेकोललाई मान्ने क्रममा मेस्सीले दुई दिन एक्लै प्रशिक्षण […]

September 10, 2020

बेल रियल फर्केपनि अभ्यासमा सामेल भएनन्

एजेन्सी – अन्तर्राष्ट्रिय जिम्मेवारी निर्वाह गरेर फर्केका रियल म्याड्रिडका गेराथ बेल बुधबार क्लबको प्रशिक्षणमा भने सामेल हुन सकेनन् । घुँडामा समस्या देखिएपछि उनीले टोलीका अन्य खेलाडीका साथ अभ्यास नगरेको बताइएको छ । उनले जिममा भने समय बिताएका थिए । नेसन्स कपमा आइतबार वेल्सले बुल्गेरियलाई १–० ले हराउँदा बेल पनि विजयी टोलीमा थिए । तर, फर्केर […]

September 10, 2020

पीएसजीका गोलरक्षक एरिओला फुलहममा

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलरक्षक अलफोन्स एरिओला इंग्लिस प्रिमियर लिग क्लब फुलहममा अनुबन्धित भएका छन् । फुलहमले २७ वर्षीय एरिओलालाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । सम्झौतामा अर्काे वर्ष स्थायी रुपमा राख्न सक्ने प्रावधान पनि रहेको छ । सम्झौतापछि एरिओलाले स्कट पार्करको टोलीमा समावेश हुन पाँउदा खुसी लागेको […]

September 10, 2020

रोनाल्डोको १०१ गोलको नालीबेली

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मंगलबार राति राष्ट्रिय टोलीबाट गोलको शतकीय आँकडा पार गरेका छन् । युइएफए नेसन्स लिग अन्तरगत मंगलबार राति स्वीडेनविरुद्ध २–० को जित निकालेको खेलमा रोनाल्डोले दुई गोल गर्दै शतकीय आँकडा पार गरेका हुन् । राष्ट्रिय टोलीबाट शतकीय गोल पुरा गरेपछि कप्तान रोनाल्डोले राष्ट्रिय टोलीको लागि यो […]

September 9, 2020

रोनाल्डोलाई चौतर्फी प्रशंसा

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलका महान हस्तीहरुले प्रशंसा गरेका छन् । रोनाल्डोले स्वीडेनविरुद्ध मंगलबारको खेलमा दुई गोल गरेका थिए । रोनाल्डोले पहिलो हाफको ४५ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल पूरा गरेका थिए । रोनाल्डोले दोस्रो हाफमा […]

September 9, 2020

आइपिएल २०२० : ओरेन्ज क्यापका पाँच दाबेदार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । नोभेम्बर १० सम्म चल्ने प्रतियोगिताका लागि सबै टोली यूएई पुगि सकेका छन् । आइपिएल २०२० को लागि सबैले आ– आफ्नो मजबुत टोली बनाइसकेका छन् । आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीले ओरेन्ज क्याप पाउने गर्दछन् […]

September 9, 2020

जिदान र बेलबीच भेटघाटको सम्भावना

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र स्टार ग्यारेथ बेलबीच छलफल हुने सम्भावना रहेको बताइएको छ । रियलले गत सिजन ला लिगा उपाधि जित्दा जिदानले बेललाई खासै मौका दिएनन् । रियलका कति खेलाडी अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीका साथमा छन् । त्यस्तै अनुसार बेल पनि वेल्स टिमका साथ रहेका छन् । त्यहाँबाट फर्केपछि उनले […]

September 9, 2020

रियल म्याड्रिड र रायोबीचको खेल रद्द

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिड र रायो भालेकानोबीच तय मैत्रीपूर्ण खेल कोरोना भाइरसका रद्द भएको छ । नयाँ सिजनको तयारीका लागि बुधबारका लागि मैत्रीपूर्ण खेल तय थियो । रायोका एक खेलाडीको पिसिआर परिक्षणको नतिजा आइनसकेका कारण खेल रद्द गरिएको बताएको छ । स्वास्थको मामलामा जोखिन उठाउनु भन्दा खेल रद्द गर्नका लागि दुवै क्लब सहमत […]

September 9, 2020

युभेन्ट्समा रोनाल्डोपछि डिबाला बढी कमाउने

एजेन्सी – इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फरवार्ड पाउलो डीबालासँग नयाँ सम्झौताको नजिक रहेको बताइएको छ । उनी टोलीका महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन् । टोलीको च्याम्पियन्स लिग जित्ने अभियानका लागि उनी महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिएका छन् । युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाटाटिकी र डेबालाका एजेन्ट जर्ज अन्टुनबीचको छलफल पछि नयाँ सम्झौताको नजिक पुगिएको बताइएको […]

September 9, 2020

रियलका इस्कोले पहिलो खेल गुमाउने

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर इस्कोले नयाँ सिजनको सुरुवातको पहिलो खेल गुमाउने सम्भावना बढेको छ । प्रशिक्षणका दौरान चोट लागेपछि सेप्टेम्बर २० मा हुने रियल सोसिडाडविरुद्धको खेल उनले गुमाउने सम्भावना रहेको बताइएको छ । मंगलबार टोलीका अन्य खेलाडीसँग अभ्यास गर्ने क्रममा इस्कोको गोलीगाँठा मर्केको हो । चोट कारणले उनी कम्तीमा १० दिन मैदान बाहिर रहने […]

Success

Thank you for your time.