default_image

अन्तर्राष्ट्रिय

August 29, 2020

घाइते ओलीको शल्यक्रिया हुने

एजेन्सी– पाकिस्तानविरुद्ध तेस्रो टेस्टमा बायाँ हातको कुममा लागेको चोटका कारण इंग्ल्यान्डका युवा स्टार ओली पोप मैदान बाहिर रहने भएका छन् । चोट गम्भीर रहेका कारण शल्यक्रिया गर्नुपर्ने भएपछि २२ वर्षीय मध्यक्रम ब्याट्सम्यान ओली चार महिना मैदान बाहिर रहने भएका हुन् । पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्टमा साउथह्याप्टनमा चौथो दिन स्टुअर्ट ब्रोडको पहिलो ओभरको दोस्रो बलमा […]

August 29, 2020

वर्षाले बिथोल्यो पहिलो टि२०

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तीन टि२० आई सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण नतिजाबिहिन बनेको छ । शुक्रबार राती म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १६.१ ओभरमा १३१–६ को अवस्थामा खेल वर्षाको कारण रोकिन पुगेको थियो । वर्षापछि खेल पुन खेल्ने सम्भावना नबनेपछि नतिजा बिहिन बन्न पुगेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान तथा […]

August 29, 2020

चेन्नईलाई ठूलो झट्का

एजेन्सी – चेन्नई सुपर किंग्सलाई अर्को महिना देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा ठूलो झट्का लागेको छ । टोलीका प्रमुख ब्याट्सम्यान तथा आइपिएल इतिहासकै एक सर्वाधिक सफल ब्याट्सम्यान सुरेश रैनाले यस सिजन पूरै गुमाउने भएका छन् । अगष्ट २१ यूएई गएका रैनाले ब्यक्तिगत कारण आफ्नो नाम फिर्ता […]

August 29, 2020

रियलमा हाजार्डलाई दबाब

एजेन्सी – रियल म्याड्रिडमा आबद्ध भएयता इडेन हाजार्ड चासोको केन्द्रमा रहेका छन् । तर, जति चर्चा उनको भयो त्यो अनुसार हाजार्डले रियलको सफलतामा भूमिका निर्वाह गर्न सकेनन् । मुख्यतः सिजनको अत्याधिक समय उनी चोटग्रस्त रहे । जसका कारण उनको सिजननै खराब रह्यो । हाजार्ड आफैंले गएको सिजनलाई उनले खेल जीवनकै खराब सिजन मानेका छन् । […]

August 29, 2020

मेम्फिसको ह्याट्रिकमा लियोनको फराकिलो जित

एजेन्सी – डच फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिक पुरा गरेपछि फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा लियोनले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा लियोनले डिजोनमाथि ४–१ को फराकिलो जित निकालेको हो । लियोनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित हात पारेको हो । लियोनले एक गोल उपहार पाउदा डिजोनका उरालियन स्किडेलरले गरेको […]

August 28, 2020

आइपिएलमा सन्दीपलाई झन कठिन

एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिनादेखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको चार विदेशी खेलाडीको कोटामा नियमित स्थान बनाउन झन कठिन हुने भएको छ । दिल्लीले बिहिबार इंग्ल्यान्डका ओपनर जेसन रोयको स्थानमा अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर ड्यानियल स्याम्सलाई टोलीमा भित्र्याएको छ । इंग्ल्यान्डको प्रशिक्षण भइरहेको ओल्ड ट्राफर्डमा […]

August 28, 2020

रियलमा मोड्रिचको ८ वर्ष पूरा

एजेन्सी –मिडफिल्डर लुका मोड्रिचको रियल म्याड्रिड बसाई ८ वर्ष पुगेको छ । इग्लिस क्लब टोटेनहमबाट मोड्रिच सन् २०१२ अगष्टको २७ मा रियलमा आबद्ध भएका थिए । त्यसयता उनी रियलको सफलताका हिस्सेदार रहँदै आएका छन् । मोड्रीचलाई भित्राउनका लागि रियलले नर्थ लन्डन टोलीलाई त्यति बेला ४० मिलियन युरो तिरेको थियो । रियलमा मोड्रिच पहिलो सिजन सन्तोषजनक […]

August 28, 2020

चेन्नईको टोलीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सको एक खेलाडीसहित टोलीका अन्य सदस्यमा कोरोना संक्रमण देखिएको छ । बिहीबार चेन्नईका सदस्यले गराएको परिक्षणमा एक खेलाडी र १० जना टोली सदस्यमा कोरोना संक्रमण देखिएको हो । आइपिएलको कोरोना नियमावली अनुसार हरेक टोलीले यूएई आएपछि अनिवार्य रुपमा तीन […]

August 28, 2020

थियागो सिल्भा चेल्सीमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । पीएसजीसँग सम्झौता सकिएपछि फ्री एजेन्ट बनेका सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् । क्लबको चाहनाअनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने प्रावधान रहेको छ । च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएलगत्तै सिल्भाले […]

August 28, 2020

मुलर भन्छन् – ‘बार्सिलोना बढी नै आरामदायी देखिन्थ्यो’

एजेन्सी – बायर्न म्युखिनका मिडफिल्डर थोमस मुलर आफ्नो विचार खुलस्त राख्न परिचित छन् । बायर्नले यो सिजन च्याम्पियन्स लिग उपाधि जितिसकेको छ । फाइनलमा पीएसजीलाई पराजित गरेपनि क्वार्टरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको खेलको अहिले पनि चर्चा हुने गरेको छ । मुलरको नजरमा त्यो खेलमा बार्सिलोना बढी नै आराममा देखिएको थियो । जर्मन फरवार्डले बार्सिलोनाले […]

Success

Thank you for your time.