default_image

अन्तर्राष्ट्रिय

July 14, 2020

चेल्सीलाई तेस्रो स्थानमा अग्रता बढाउने मौका

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३६औं चरणको एक खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चराको दौडमा रहेको चेल्सीले घरेलु मैदानमा रेलिगेसन जोनमा परिसकेको नर्विच सिटीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ बजे हुनेछ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सी नर्विचलाई पराजित गर्दै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउने दाँउमा हुनेछ । […]

July 14, 2020

‘युरो कप जीवनकै महत्त्वपूर्ण उपाधि’- रोनाल्डो

एजेन्सी – पोर्चुगलले ४ वर्षअघि फ्रान्समा भएको युरो कपको उपाधि जितेको शुक्रबार ४ वर्ष पुरा भएको छ । यस क्षणलाई टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल जीवनकै महत्त्वपूर्ण क्षणका रुपमा ब्याख्या गरेका छन् । युभेन्ट्सका सुपरस्टार रोनाल्डोले ५ वटा च्याम्पियन्स लिग उपाधि जित्नुलाई पनि उपलब्धिका रुपमा लिएका छन् । रोनाल्डोले रियल म्याड्रिडबाट ४ र म्यानचेस्टर युनाइटेडबाट […]

July 14, 2020

रियलबाट गोल गर्ने मेन्डी २१औं खेलाडी

एजेन्सी – फ्रान्सेली लेफ्टब्याक फरल्यान्ड मेन्डी यो सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट गोल गर्ने २१औं खेलाडी बनेका छन् । ला लिगा अन्तर्गत ग्रानडाविरुद्ध २–१ को जित निकालेको खेलमा गोल गरेपछि मेन्डी यो सिजन रियलबाट गोल गर्ने २१औं खेलाडी बनेका हुन् । गत समरमा रियलमा अनुबन्धित भएका लेफ्टब्याक २५ वर्षीय मेन्डीले यो सिजन रियलबाट २३ खेल […]

July 14, 2020

टोरिनोलाई हराउदै इन्टर मिलान दोस्रो स्थानमा फर्कियो

एजेन्सी – टोरिनोमाथि सहज जित हात पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा फर्किएको छ । इन्टरले टोरिनोमाथि ३–१ को पूनरागमन जित हात पार्दै लाजियो र एटलान्टालाई पछि पार्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो । घरेलु मैदान सान सिरोमा सोमबार राति भएको खेलमा इन्टरको जितमा एस्ले योङ, डिएगो गोडिन र लोउटारो मार्टिनेजले […]

July 14, 2020

म्यानचेस्टर साउथह्याम्पटनसँग रोकियो

एजेन्सी – इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको छ । युनाइटेड साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।   यो बराबरीले म्यानचेस्टर युनाइटेडले चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै शीर्ष तीनमा उक्लने अवसर गुमाउदा अर्काे सिजनको लागि च्याम्पियन्स लिग […]

July 14, 2020

रियल म्याड्रिडले ग्रानडालाई हरायो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । रियलको लिगमा यो लगातार नवौं जित हो । ग्रानडाको मैदानमा रियलले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र […]

July 14, 2020

रियललाई पहिलो हाफमै दुई गोलको अग्रता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत जारी खेलमा रियल म्याड्रिडले ग्रानडाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलको दशौं मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनले क्यासेमिरोले दिएको पासलाई अगाडी […]

July 13, 2020

म्यानचेस्टर युनाइटेडलाई साउथह्याम्पटनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति ३५औं चरणको एक खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १२ः४५ बजे हुनेछ । लयमा रहेको युनाइटेड घरेलु मैदानमा साउथह्याम्पटनलाई पराजित गर्दै चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । पछिल्लो १७ खेलमा अपराजित युनाइटेड सोही प्रदर्शनलाई निरन्तरता […]

July 13, 2020

शीर्षस्थानको रियल म्याड्रिड ग्रानडासँग खेल्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३६औं चरणका विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानले रियल म्याड्रिडले ग्रानडाको भ्रमण गर्दा डिपोर्टिभो अलाभेसले गेटाफेसँग तथा भिल्लारियल र रियाल सोसिडाडबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ । रियल र ग्रानडाबीचको खेल ग्रानडाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । उपाधि नजिक रहेको रियल ग्रानडालाई पराजित गर्दै उपाधि […]

July 13, 2020

युरोपेली गोल्डेन बुट : लेवान्डोस्कीलाई पछ्याउँदै रोनाल्डो

एजेन्सी – इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा छन् । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा रोनाल्डोले रोबर्ट लेवान्डोस्कीलाई पछ्याइरहेका छन् । जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी […]

Success

Thank you for your time.