default_image

lokpriya

December 22, 2019

युभेन्टसलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोलसँगै इन्टर मिलानले युभेन्टसलाई पछि पार्दै इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।  इन्टर मिलानले घरेलु मैदानमा भएको खेलमा जिनोआलाई ४–० ले पराजित गर्दै सिरी ‘ए’ को शीर्षस्थानमा फर्किएको हो । समान १७ खेलबाट ४२ अंक रहेपनि इन्टरले गोल अन्तरमा युभेन्टसलाई पछि पारेको हो । इन्टर मिलानको […]

December 22, 2019

एमबाप्पे र नेयमार चम्कदा पीएसजीको सानदार जित

एजेन्सी – स्टार खेलाडीहरु केलियन एमबाप्पे, नेयमार र मोउरो इकार्डीको प्रभावशाली प्रदर्शनमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।  पीएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एमेइन्सलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले सानज एक गोल गरे । […]

December 22, 2019

लिभरपुल क्लब विश्वकप च्याम्पियन

एजेन्सी – युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । निबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामिङ्गोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बन्न सफल भएको हो ।   कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति लिभरपुललाई च्याम्पियन बनाउन ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिन्होले गरेको एक […]

December 21, 2019

भुपेन्द्रललाई एसियाली ग्रान्ड स्लाममा रजत, मिनु फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालका भुपेन्द्र थापाले रजत पदक जितेका छन् । चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा फाइनलमा चाईनिज ताइपेइका मुक्केबाज वाङ जिया ज्योनसँग स्प्लिट डिसिजनका आधारमा ३–२ ले पराजित भएपछि रजतमा सीमित बनेको हो ।  […]

December 21, 2019

एनआरटीलाई हराउँदै संकटा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत न्यु रोड टिम (एनआरटी) लाई पराजित गर्दै  पहिलो जित दर्ता गरको छ । दशरथ रंगशालमा शनिबार भएको खेलमा संकटा १-० ले विजयी रहयो । पहिलो हाफमा दीपेश आलेमगरले गरेको गोल नै संकटाको जितमा निर्णायक रहयो । खेलकाे तेस्राे मिनेटमा दिपेशकाे प्रहार बाहिर […]

December 21, 2019

विराटनगरमाथि काठमाडौंको सहज जित

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ । योसँगै काठमाडौंको अघिल्लो चरणको यात्रा कायमै राखेको छ । १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.४ ओभरमा १ सय २३ रनमा अल आउट भयो । सुरुवातनै […]

December 21, 2019

ड्याडीको गोलमा जावलाखेलको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रभु जावलाखेल युवा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो जित दर्ता गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १-० ले पराजित गर्यो । खेलको दशौं मिनेटमा ड्याडी जुनियर वाम्वाले गरेको गाेलनै जावलाखेलको जितमा निर्णायक बन्यो । विदेशी सहकर्मी फाेडे फाेफानाले […]

December 21, 2019

विराटनगरलाई काठमाडौंको बलियो चुनौती

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । ओपनर जयकिशन कोल्सावालाले ५५ रनको अर्ध शतकीय […]

December 21, 2019

माल्दिभ्समा प्रतिभाको टोली फाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा मालीको क्लबले माल्दिभ्स लिग भलिबलमा शनिबार फाइनल खेल्दैछ । प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोसँग प्रतिस्पर्धा गर्दैछ । लिग खेल्ने टोलीले माल्दिभ्स बाहिरका एक खेलाडीलाई टोलीमा राख्न पाउने प्रावधान छ । जसमा प्रतिभा पुलिस टोलीमा आबद्ध भइकी हुन् । वाम्कोमा थाइल्यान्डकी […]

December 21, 2019

काठमाडौं म्याराथनमा कान्छीमायाको ह्याट्रिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी छिन् । शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन् । उनले यसअघिको लगातार दुई संस्करणमा च्याम्पियन बनेकी थिइन् । काठमाडौं म्याराथनमा समग्रमा उनको यो पाँचौ उपाधि […]

Success

Thank you for your time.