default_image

lokpriya

July 15, 2019

‘सागलाई सफल बनाउन सबैले प्रयास गरौं ’

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भौतिक पूर्वाधार निर्माण गति सुस्त भएपनि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सागलाई सफलत बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका छन् । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना गर्ने तय छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित […]

July 15, 2019

‘विलियमसनसँग जीवनभर माफी माग्छु’ – स्टोक्स

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले आफुले जीवनभर न्युजिल्यान्डका कप्तान केन विलियमसनसँग माफि माग्ने बताएका छन् । न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यानडलाई पहिलो पटक विश्वकप उपाधि जिताउन नायक बनेका स्टोक्सले उपाधि जितेपछि यस्तो बताएका हुन् । २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले […]

July 15, 2019

छानबिन समितिले प्रतिवेदन बुझायो , कारवाही होला ?

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ र टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीबीचको विवादका विषयमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य मधुसुदन उपाध्ययको संयोजकत्वमा रहेको समितिले आइतबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको थियो । समितिले छानबिन गरेर प्रतिवेदन […]

July 15, 2019

एक्रिडिटेसन कोर्षका लागि खड्का चीन जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन एसिया एक्रिडिटेसन कोर्ष २०१९ मा भाग लिने कृतन खड्का मंगलबार चीन प्रस्थान गर्दैछन् । चीनको सुचौउमा हुने कोर्षमा भाग लिएपछि उनले ब्याडमिन्टन एसिया जुनियर च्याम्पिनसिपमा अम्पायरिङ गर्नेछन् । कोर्ष जुलाई १७ देखि १९ सम्म तथा त्यसपछि जुनियर च्याम्पिनसिप जुलाई २० देखि २८ सम्म हुने बताइएको छ । केहि महिना अघि नेपालमा […]

July 15, 2019

पुलिस ललित मेमोरियलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब राजधानीमा जारी चौथो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको दोस्रो क्वाटरफाइनलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पुलिसको जितमा इन्ज्युरी समयमा मन्जिल राईले गरेको गोल नै निर्णायक […]

July 15, 2019

विश्वकपको उत्कृष्ट ११ घोषणा, विराट परेनन् !

एजेन्सी – अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी टिम अफ द टुर्नामेन्ट टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीको आईसीसी टिम अफ द टुनामेन्ट टोलीको कप्तानमा न्युजिल्यान्डका केन विलियमसन रहेका छन् । भारतीय चर्चित खेलाडी विराट कोहली आईसीसी टिम अफ द टुनामेन्टमा अटाएका छैनन् । आईसीसी टिम अफ द टुनामेन्टमा इंग्यान्डबाट सर्वाधिक चार खेलाडी […]

July 15, 2019

आर्मीलाई सडनडेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – उपाधिको प्रवल दावेदार विभागीय त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै जावलाखेल युथ क्लब ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेलले यसअघिको दुवै संस्करणको च्याम्पियन आर्मीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको निर्धारित समयको […]

July 15, 2019

मेस्सी ब्यालोन डी’ओरमा कमजोर हुनुका ३ कारण

एजेन्सी – बार्सिलोना तथा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी विश्व फुटबलमा सर्वाधिक प्रतिष्ठित व्यक्तिगत उपाधि बालोन डी’ओर ५ पटक जितेका खेलाडी हुन् । उनीसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि ५ पटक नै अवार्ड हात पारेका छन् । मेस्सीले सन् २००९ देखि २०१२ को बिचमा लगातार ४ पटक यस अवार्ड हात पार्दै कीर्तिमान रचेका […]

July 15, 2019

ग्रिजमनलाई १७ नम्बर

एजेन्सी – विश्व विजेता फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनले क्याटलान क्लब बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् । बार्सिलोनाले आइतबार ग्रिजमनले लागाउने जर्सी सार्वजनिक गर्दै उनलाई १७ नम्बरको जर्सी प्रदान गरिएको हो । ग्रिजमनले एट्लेटिको म्याड्रिडमा ७ नम्वरको जर्सी लगाउदै आएका थिए ।बार्सिलोनामा ७ नम्वर जर्सी ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होलो लगाउदै आएका छन् । बार्सिलोनाले […]

July 15, 2019

जोकोभिच पाँचौपटक विम्वल्डन च्याम्पियन

एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिच पाँचौपटक विम्वल्डन टेनिसमा च्याम्पियन बनेका छन् । लगातार दोस्रो बर्ष विम्वल्डन टेनिसको च्याम्पियन बन्ने क्रममा जोकोभिचले तेस्रो वरीयताका स्वीस रोजर फेडेररलाई पराजित गर्दै लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । लण्डनस्थित सेन्टर कोर्टममा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा ३–२ को सेटमा पराजित गर्दै जोकोभिक […]

Success

Thank you for your time.