default_image

lokpriya

July 14, 2019

विश्वकप उपाधिको लागि इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

एजेन्सी – एकदिवसिय विश्वकप २०१९ फाइनलमा लागि आज घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि लर्डसमा सुरु हुने छ । दुबै टोली पहिलो पटक उपाधि जित्ने दाउमा रहेका छन् । सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित हुँदै तीन पटक उप विजेतामा निराश बनेको […]

July 14, 2019

मलेसियामाथि नेपालको ऐतिहासिक क्लिनस्विप!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० […]

July 14, 2019

फरवार्ड भरत र कराते टोलीको थाइल्यान्डमा भेटघाट

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा भाग लिइरहेका नेपाली राष्ट्रिय कराते टोली र राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवासबीच आइतबार भेटघाट भएको छ । च्याम्पियनसिपको अन्तिम दिन कराते टोलीलाई भेट्न भरत आयोजना स्थल पुगेका थिए । त्रिभुवन आर्मी क्लबका कप्तान एवंम राष्ट्रिय टोलीका उपकप्तान भरत सैन्य तालिमका लागि जेठ ३२ गते थाइल्यान्ड प्रस्थान […]

July 14, 2019

विनोदद्वारा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान कायम

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकीपर तथा आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले टी ट्वान्टी क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने नयाँ कीर्तिमान रचेका छन् । मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी अन्तर्राष्ट्रियमा २५ बलमै अर्ध शतक पुरा गर्दै नेपालबाट सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान कायम गरेका हुन् । विनोदले अनवार रहमानलाई इनिङको अन्तिम बलमा छक्का प्रहार […]

July 14, 2019

विनोदको विष्फोटक अर्धशतकमा नेपालको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको छ । आइतबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ क्षतिमा रन बनायो । टी ट्वान्टी आईमा […]

July 14, 2019

ग्रिजमन समर्थकमाझ नोउ क्याम्पमा सार्वजनिक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमनलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । बार्सिलोनाले दुई दिन अघि ग्रिजमनलाई १०८ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने पक्का गरेको थियो । बार्सिलोनाले नोउक्याम्पमा ग्रिजमनलाई हजारौं दर्शकमाझ सार्वजनिक गरेको हो । बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रिजमनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै […]

July 13, 2019

लाम्पार्डको चेल्सीको सहज जित

एजेन्सी– प्रिमियर लिग क्लब चेल्सीले प्रि सिजनमा जित हासिल गरेको छ । चेल्सीले शनिबार भएको मैत्रीपूर्ण खेलमा सेन्ट प्याट्रिक्सलाई ४–० ले हराएको थियो । नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डले सम्हालेयता टोलीले पहिलो जित निकालेको हो । ओलिभर जिर्रोडले २ गोल गरेको खेलमा मसुन माउन्ट र इमर्सनले समान १ गोल गरेका थिए । मसुनले १४ औं मिनेटमा […]

July 13, 2019

प्रिसिजनको पहिलो खेलमा युनाइटेडको जित

एजेन्सी – प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले जितका साथ प्रि सिजनको सरुवात गरेको छ । अस्ट्रेलियन क्लब पर्थ ग्लोरीलाई २–० ले हराउँदै युनाइटेडले प्रि सिजनको सरुवात गरको हो । युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । मार्कोस रासफोर्डले ६० औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । खेल सकिजन ५ मिनेट बाँकी रहँदा […]

July 13, 2019

नेपालले भोली कालोपट्टी बाँधेर खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँग आइतबार हुने दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा कालो पट्टी बाँधेर मैदान उत्रने भएको छ । पछिल्लो केहि दिनदेखि अविरल वर्षाको कारण देशभरमा मृत्यु हुनेको सम्झनामा(स्मृती) मा कालो पट्टी बाँधेर मैदान उत्रने कप्तान पारस खड्काले क्रिकेटिङ नेपाललाई उदृत गर्दै भने । खेल सुरुहुनु अघि एक मिनेट मौन धारणा समेत गरिनेछ […]

July 13, 2019

नेपालको कीर्तिमानी जितका ३ नायक

एजेन्सी – नेपालले मलेसियासँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ । दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको नेपालले दोस्रो तथा अन्तिम खेल आइतबार खेल खेल्ने छ । शनिवार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]

Success

Thank you for your time.