default_image

lokpriya

August 31, 2025

पहिलो हाफमा नेपाल र भुटान बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा आयोजक भुटान र नेपालबीचको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ। भ थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाईन्। तर पहिलो हाफको इन्जुरी समयमा कर्नरमा […]

August 31, 2025

सरकारी एनओसीलाई ओसिएको चेतावनी

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ‌ एसिया (ओसिए)ले सरकारी मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई लेटर प्याडमा आफ्नो लोगो प्रयोग नगर्न चेतावनी दिएको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले आज सरकारी मान्यता पाएको एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै भनेका छन्, ‘यो पत्रमार्फत तपाईंलाई सूचित गर्न चाहन्छौं कि नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा तपाईंले गरेको […]

August 31, 2025

सेन्ट जेभियर्सलाई ग्लोबल रिच फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- सेन्ट जेभियर्सले ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धुकु फुटसलमा शनिवार भएको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । […]

August 31, 2025

राखेपको वार्षिकोत्सव पुरस्कारमा तेक्वान्दो संघको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो संघले आपत्ति प्रकट गर्दै उक्त कार्यक्रममा गरिएको निर्णयको भर्त्सना समेत गरेको छ । राखेपले भाद्र १३ गते आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल संघ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान […]

August 31, 2025

चेल्सीले गार्नाचो अनुबन्ध गर्यो

एजेन्सी – चेल्सीले म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी विङ्गर आलेहान्द्रो गार्नाचोलाई अनुबन्ध गरेको छ। २१ वर्षीय गार्नाचोले युनाइटेडका लागि प्रिमियर लिगमा ९३ खेल खेल्दै १६ गोल गरेका थिए। एभर्टनविरुद्ध उनले गरेको बाइसिकल किक गोलले २०२४ को फिफा पुस्कास अवार्ड जितेको थियो। गार्नाचो स्ट्याम्फोर्ड ब्रिजमा शनिवार फुलहमविरुद्ध चेल्सीले २-० को जितेको खेल हेर्न पुगेका थिए। चेल्सीसँग सम्झौतापछि उनले […]

August 31, 2025

पाकिस्तानको अर्को जित

एजेन्सी – शारजाहमा जारी टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तानले शनिवार युएईलाई ३१ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको पाकिस्तानका लागि साइम अयुब र हसन नवाजले अर्धशतक प्रहार गरे। अयुबले ३८ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । नवाजले २६ बलमा ६ छक्का प्रहार गर्दै […]

August 31, 2025

बायर्नको लगातार जित

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा लगातार जित जारी राख्दै औग्सबर्गलाई ३-२ ले हराएको छ। पहिलो हाफमा बायर्नले उत्कृष्ट खेल देखायो। २८औं मिनेटमा हेरी केनको क्रसलाई सेर्ज ग्नाब्रीले हेडमार्फत गोल गरे। इन्ज्युरी समयमा  कोनराड लाइमरको पासमा लुइस डायाजले गोल गर्दै अन्तर पारे। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै माइकल ओलिसेले गोल गर्दै अग्रता ३-० बनाए। तर […]

August 30, 2025

बंगलादेशले नेदरल्याण्ड्सलाई हरायो

एजेन्सी – बंगलादेशले एशिया कपको तयारी जितसँगै सुरु गरेको छ। सिल्हेटमा शनिवार भएको पहिलो टि ट्वान्टी आईमा घरेलु टोलीले नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो। १३.३ ओभरमै १ सय ३७ रनको लक्ष्य पूरा गर्दै बंगलादेशले ३९ बल बाँकी रहँदा जित निकालेको हो। जुन पछिल्लो १० वर्षमा घरमै भएको सबैभन्दा ठूलो जित (बल बाँकी राखेर) हो। यसअघि सन् […]

August 30, 2025

म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको तेस्रो खेलमा पहिलो जित निकालेको छ। ओल्ड ट्राफर्डमा आज भएको रोमाञ्चक खेलमा युनाइटेडले बर्नलीलाई ३-२ ले पराजित गरेको छ। इन्ज्युरी टाइमको सातौँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै युनाइटेडलाई सिजनको जित दिलाए। गत हप्ता फुलहमविरुद्ध पेनाल्टी चुकाएका फर्नान्डेज यसपटक सफल भए। खेलमा युनाइटेडले दुई पटकको‌ […]

August 30, 2025

सिरिजमा नेपाल ‘ए’ को अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ‘ए’ ले टि-ट्वान्टी सिरिजमा तेस्रो खेलमा आसामलाई ९ रनले हराएको छ। यो जितमा नेपालले सिरिजमा २-१ को अग्रता बनायो। जितको लागि १ सय ९७ रनको लक्ष्य पछाएको आसाम २० ओभरमा १० विकेट गुमाउँदै १ सय ८७ रनमा समेटियो। आसामको लागि निहार डेकाले सर्वाधिक ४० रन र सुमित घाडीगसओनकरले ३६ रन बनाए। […]

Success

Thank you for your time.