default_image

popular

Surendra

January 28, 2018

रेफ्रीको निर्णयबारे यस्तो छ स्पष्टीकरण (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबका दुई खेलाडीहरुले रातो कार्डको सामना गर्नु पर्यो । खेलको अन्तिम समयमा रेफ्री सुदीस पाण्डेले खेललाई नियन्त्रणमा राख्न एक पछि अर्को कार्ड देखाउनु पर्यो । उक्त खेलमा १८ औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको फिफा रेफ्री […]

January 28, 2018

सन्दीपको अक्सन अाज कसरी हुन्छ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (अाईपीएल) को अक्सनमा सहभागी छन् । पहिलो दिन सुरुका १ सय १० खेलाडीमा मात्र बोली लाग्दा सन्दीपको भाग्य दोस्रो दिन थाहा हुने भएको हो । अक्सनमा सन्दीपको नाम अगाडि अाउन सहभागी कुनै टोलीले उनको नाम प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको छ […]

January 27, 2018

हङकङमा मैत्रीपूर्ण खेलमा नेपाली भलिबल टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद)–नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार  हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ  नेपलिज टिमलाई  २५-२३, २५-२०, २०-२५, २५-१७को सेटमा पराजित गरेको हो । नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार  हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बटरफ़्लाई पार्कको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ […]

January 27, 2018

पूर्व खेलाडी गौचनको पहलमा पोखरामा कोचिङ कोर्स हुने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा पोखरामा कोचिङ क्लिनिक हुने भएको छ । जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्राका क्रममा रहेका गौचन जापानको फनरुट्स फुटबल एकेडेमीमा आवद्ध छन् । टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी […]

January 27, 2018

अनन्त इटहरी गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

इटहरी (हाम्रो खेलकुद) – इटहरी शनिबार सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको छ । थ्री स्टारलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनन्तले २५ हजार सहित टेलिभिजन हात पारे […]

January 27, 2018

बरिन्धाराका अफिसियल रेफ्रीसँग असन्तुष्ट, सुदूरका प्रशिक्षकको भने रेफ्रीलाई समर्थन

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनलमा शनिबार बंगलादेशको उत्तर बरिन्धाराले सुदुरपश्चिम ११ लाई २–१ ले पराजित गर्यो । खेलको अन्तिम समय भने तनाबग्रस्त रह्यो । खेलको १८ औं मिनेटमा फिफा रेफ्री श्रवण लामा चोटका कारण बाहिरिनु परेपछि उनको स्थानमा अर्का फिफा रेफ्री सुदिश पाण्डेले खेलमा जिम्मेवारी सम्हाले । […]

Nepal volleyball

January 27, 2018

नेपाली राष्ट्रिय भलिबल टोली र हङकङ नेपालीजबीच मैत्रीपूर्ण खेल– प्रत्यक्ष प्रसारण

काठमाडौँ (हाम्रो खेलकुद) नेपालले आईतबार र सोमबार हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । लगत्तै मकाउसँग बुधवार मैत्रिपूर्ण खेल खेल्नेछ ।  नेपाली राष्ट्रिय भलिबल टोली र हङकङ नेपालीज बिचको मैत्रीपूर्ण खेल प्रत्यक्ष हेर्नुहोस् :

January 27, 2018

रुस्लान थ्री स्टारले जित्यो इटहरी गोल्डकप, पुनरामगनपछि पहिलो उपाधि

इटहरी (हाम्रो खेलकुद)– झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । बुद्ध चेम्जोङले ३७ औं मिनेटमा गरेका गोलको अग्रतालाई जोगाउँदै थ्री स्टारले मोफसलको सर्वाधिक पुरस्कार राशीको इटहरी […]

January 27, 2018

किरणको ‘डेब्यू’मा मिनरेभाको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको आइ लिग डेब्यू खेलमा उनको नयाँ क्लब मिनरेभा पञ्जाबले जित हासिल गरेको छ । निरोका एफसीलाई शनिबार १–० ले हराउँदै करिणको टोली आइलिगको शीर्ष स्थान थप मजबुत बनेको छ । दोस्रो मिनेटमा चेन्चो ग्याल्सेनले गरेको गोल खेलको निर्णायक बन्यो । घरेलु टोलीका दुई आक्रमणलाई किरणले […]

January 27, 2018

इटहरी गोल्ड कपको फाइनलमा रुस्लान थ्री स्टारको अग्रता

इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी विरुद्धको फाइनलमा बुद्ध चेम्जोङको खेलमा थ्री स्टारले अग्रता लिएको हो । इटहरी रंगशालामा बुद्धले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले […]

Success

Thank you for your time.