default_image

popular

August 2, 2025

एसियन बक्सिङ च्याम्पियनसिप – अप्रिलको जित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली बक्सिङ कन्फडरेसन (एएसबिसी) को  आयोजनामा मित्र राष्ट्र थाइल्याण्डको जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेको छ । अप्रिलले ५० केजी तौलसमूहमा साउदी अरबका इब्राहिमलाई ५–० ले पराजित गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन् । अप्रिलले क्वाटरफाइनलमा भुटानी मुक्केवाजसंग प्रतिस्पर्धा गर्नेछन् […]

August 2, 2025

चारआलीमा इन्डो-नेपाल अन्तर विद्यालय कराते हुने

हिमाल खरेल,बिर्तामोड झापाको मेचीनगरमा आयोजना हुने हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो–नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको तयारीबारे जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री […]

August 2, 2025

भरतपुर राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री ,भरतपुर भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा भरतपुर महानगर कमिटी विजयी  भएको छ । आज भएको खेलमा भरतपुर महानगर कमिटीले इच्छाकामना गाउँ कमिटीलाई हराएको हो । कृष्णपुरको मैदानमा भएको खेलमा भरतपु १-० ले विजयी भयो । भरतपुरको जितमा बेताप लामाले एक मात्र गोल गरे । उनले खेलको सातौं मिनेटमा गरेको […]

August 2, 2025

न्युजेन एकेडेमीका खेलाडीले हिरोज तेक्वान्दो कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन तेक्वान्दो एकेडेमीका खेलाडीले अर्को साता मलेसियामा हुने सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा प्रतिस्पर्धा गर्ने भएका छन्। एकेडेमीका सम्राज्ञी क्षेत्री, रायन अर्याल, रिया अर्याल, स्वामिक महतरा र विष्णु महतरा सहित ५ सदस्यीय टोली प्रशिक्षक सुप्रेम गुरुङको नेतृत्वमा प्रतियोगितामा सहभागी हुनेछ। प्रतियोगिता साउन २२ गते सुरु हुनेछ। खेलाडी तथा अफिसियललाई आज दक्षिण एसियाली […]

August 2, 2025

सिमरामा महिला फुटबल हुने

सुनिल गाउँले, सिमरा सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा प्रतियोगिता हुने भएको हो । क्लबले शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट […]

August 2, 2025

आर्मी र लद्दाखको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लद्दाख फटबल क्लबसँग बराबरी खेलेको छ । जमशेदपुरस्थित जेआरडी स्पोर्टस कम्प्लेक्समा आज आर्मी र लद्दाख खेल १-१ को बराबरीमा सकिएको हो । समूह ‘सी’ मा रहेको आर्मीले पहिलो अंक जोडेको हो । आर्मीका लागि निराजन धामीले गोल गरे […]

August 2, 2025

आमा समूह दौडमा हरिकुमारी विजयी

पोखरा (हाम्रो खेलकुद)- नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार पोखराका आमा समूहको दौड सम्पन्न भएको छ ।  रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलो पटक आमा समूहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्र/छात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलालाई […]

August 2, 2025

कप्तान साम्बा हेटौंडामा सम्मानित

रविन्द्र वाईबा, मकवानपुर नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ हेटौंडामा सम्मानित भएकी छिन् । सञ्चारिका समूह मकवानपुरले आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा शनिवार साम्बालाई सम्मान गरेको‌ हो । साम्बालाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा), हेटौंडा उपमहानगरपालिकाका […]

August 2, 2025

दोस्रो दिन बलर हाबी

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्ड र भारतबीचको चौथो टेस्टको दोस्रो दिन बलरहरु हाबी भएका छन् । ओभलमा जारी पाँचौँ तथा अन्तिम टेस्टमा बलरहरु हाबी हुँदा दोस्रो दिन १५ विकेट खसेको हो । दोस्रो दिन शुक्रवारको सुरुवातमै भारतले पहिलो इनिङको बाँकी ४ विकेट गुमाएको थियो । त्यसपछि आफ्नो पहिलो इनिङको सुरुवात गरेको घरेलु टोली २ सय […]

August 1, 2025

प्रानको आयोजनामा खेलकुदमा लाग्ने चोटबारे कार्यशाला सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर संघ नेपालको आयोजनामा खेलकुदमा लाग्ने चोटपटकबारे डाक्टर र फिजियोथेरापिस्टहरुको सहभागितामा एक दिने कार्यशाला सम्पन्न भएको छ । देशभरका ३ दर्जन फिजियो र डाक्टर सहभागी कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको हो । ‘एसिएल पछिका खेलकुद चोटपटक : जुन दिमागलाई थाहा छैन र आँखाले देखिदैन’ भन्ने नाराका साथ आयोजित […]

Success

Thank you for your time.