default_image

भलिबल

November 29, 2021

भेट्रान्स भलिबलको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि शुरु हुने ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिताको तयारी पुरा भएको आयोजक गुरुङ स्पोर्ट्स हाउस प्रालिले जनाएको छ । १४ देखि १८ मंसिरसम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने प्रतियोगितामामा १६ टोलीको सहभागिता रहेको गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले जानकारी गराए । लिग […]

November 20, 2021

अरुणालाई शेरबहादुर खड्का स्पेसल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्परसहित सम्मानित गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन […]

November 19, 2021

राष्ट्रिय टोलीमा मानबहादुर र दिलको पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने आयोजना एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक टोलीमा तीन खेलाडीले पूनरागमन गर्दा दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटबाट २० सदस्यीय टोली छनोट हुँदा मानबहादुर श्रेष्ठ, दिल बहादुर सुनार […]

November 14, 2021

कुँवरवर्तीलाई महिला भलिबल उपाधि

कपिलवस्तु (हाम्रो खेलकुद) – कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल मणिग्रामले तेस्रो उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कुँवरवर्ती स्कुलको कोर्टमा आइतबार भएको फाइनलमा कुँवरवर्तीले एभरेस्ट मावि बुटवललाई ३-० का सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो सिजन उपाधि जित्दै रनिङ शिल्ड क्लिनसवीप गरेको छ । सुरुवाती दुई संस्करणमा पनि कुँवरवर्ती नै […]

November 13, 2021

महिला भलिबल टोलीको प्रशिक्षण भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा डिसेम्बरमा आयोजना हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको विहिबार बसेको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने जानकारी गराएको हो । बन्द प्रशिक्षणमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी र त्यसमा विभागीय नेपाल पुलिस […]

November 11, 2021

एबिङले पुरुष भलिबल टोली सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद) – डच प्रशिक्षक हान एबिङले पुन: एकपटक सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको प्रशिक्षण सम्हाल्ने भएका छन् । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमिति बैठकले यसअघि नेपाललाई प्रशिक्षण दिइसकेका हान एबिङलाई नै प्रशिक्षकको रुपमा ल्याउने निर्णय गरेको हो । उनी २ मंसिरमा नेपाल आइपुग्ने संघका सचिव मनवीर छन्त्यालले जानकारी […]

November 1, 2021

भेट्रान्स भलिबल मंसिर दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मंसिर १४ देखि १८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने छ । प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले […]

October 30, 2021

धनबहादुर र वालमिका सर्वाेत्कृष्ट

स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योतिका स्पाइकर धनबहादुर भट्ट र दाजुभाई ट्रान्सपोर्ट सेवा प्रालिका वालमिका आचार्य दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । धनबहादुर पुरुषतर्फ तथा वालमिका महिलामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् । उनीहरुले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । धनबहादुरले ५ हजार रुपैयाँ र ट्रफी तथा वालमिकाले […]

October 30, 2021

वालिङ भलिबलमा नवज्योति र दाजु भाई च्याम्पियन

स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योति जनसेवा युवा क्लब कोखे र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । नव जनज्योति पुरुषतर्फ तथा दाजुभाई महिलातर्फ च्याम्पियन बनेका हुन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनलमा नवज्योतिले चक्रकला युवा क्लब लामडाडालाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

October 29, 2021

नेपालले महिला र पुरुषको सेन्ट्रल जोन भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघले शुक्रबार दिएको जानकारी अनुसार प्रतियोगिता यसै वर्ष डिसेम्बर २१ देखि २९ सम्म (पुष ६ देखि १४ सम्म) बंगलादेशमा हुने प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । संघले एसियन […]

Success

Thank you for your time.