काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ। फिलिपिन्समा हुने उक्त खेलका लागि अब २२ दिन मात्र बाँकी छ।
चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा खेलाडीलाई प्रशिक्षण दिएरहेको छ।
कात्तिकको अन्तिममा मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि छनोट चरण खेल्ने मौका पाएको नेपाल समूह ‘एफ’ मा फिलिपिन्स, यमन र ताजिकिस्तानसँग रहेको छ।