default_image

2 years ago

November 30, 2021

कर्णालीमाथि बागमतीको संघर्षपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि १ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । लगातार चौथो हारसँगै कर्णाली लिगबाटै बाहिरिएको छ । ७९ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । जितको लागि तीन रन चाहिँएको अवस्थामा गौतम केसीले प्रकाश जैशीलाई छक्का प्रहार गर्दै […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि १ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । लगातार चौथो हारसँगै कर्णाली लिगबाटै बाहिरिएको छ ।

७९ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । जितको लागि तीन रन चाहिँएको अवस्थामा गौतम केसीले प्रकाश जैशीलाई छक्का प्रहार गर्दै जित पक्का गराए । गौतम ७ रनमा अविजित रहे । बागमतीका विवेक मगरले ४७ बलमा ३ चौका सहित सर्वाधिक १८ रन बनाए । उत्तम मगर ११ र कृश कार्की १२ रनमा आउट भए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विपिन शाही ८, प्रतिश जि.सी ९ र स्वपनील अधिकारी ४ रनमा आउट भए । कर्णालीका अनुज चनाराले ८ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ५ विकेट लिए । प्रकाश जैशी, युनिस सिंह र सुवास ऐरले १–१ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली २७.१ ओभरमा ७८ रनमा अल आउट भयो ।

कर्णालीका निश्चल रावलले ५० बलमा २ चौका सहित सर्वाधिक १५ रन बनाए । रुपक ढकाल १० र सन्दीप शाहीले १४ रन जोडे । अन्यले दाहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका गौतम केसीले ६.१ ओभरमा ३ मेडन सहित १० रन खर्चेर ४ विकेट लिए । विशाल यादवले ५ ओभरमा ३ मेडन सहित ११ रन दिएर ३ विकेट लिए । कृश कार्कीको नाममा २ विकेट रह्यो ।


कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मुलपानीमा प्रदेश २ सँग खेल्नेछ । बागमतीले शुक्रबार टियुमा सुदूरपश्चिमसँग खेल्नेछ ।

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

Success

Thank you for your time.