default_image

2 years ago

November 30, 2021

अर्जुनको अर्धशतकमा सुदूरपश्चिम विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अर्जुन साउदको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकी ४९ ओभरमा २ सय ९ रनमा अल आउट भयो । गण्डकीका विकेटकिपर दीपक डुम्रेले ९९ बलमा ७ चौका सहित सर्वाधिक ५६ रन बनाए । ओपनर […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अर्जुन साउदको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकी ४९ ओभरमा २ सय ९ रनमा अल आउट भयो । गण्डकीका विकेटकिपर दीपक डुम्रेले ९९ बलमा ७ चौका सहित सर्वाधिक ५६ रन बनाए । ओपनर उत्सव श्रेष्ठले ५२ बलमा ५ चौका र २ छक्का सहित ४० रनमा क्याच आउट भए । अर्जुन कुमाल १३, विष्णु पाण्डे ११, सुजन गौतम २७ रनमा आउट भए । कमल परियारले १३ बलमा ४ चौका सहित २० र सुवास भण्डारीले २८ रनको योगदान दिए । सुदूरपश्चिमका कैलाश ऐरीले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आकाश चन्द र गजेन्द्र बोहराले २–२ विकेट लिए । नारायण जोशीको नाममा १ विकेट रह्यो ।

२ सय १० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा विकेटकिपर अर्जुन साउदले ७९ बलमा ६ चौका र २ छक्का सहित ६८ रनको विजयी इनिङ खेले । राहुल भण्डारी ४२ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । सुदूरका ओपनर गजेन्द्र बोहरा २ र नरेश भट्ट १३ रनमा आउट भए ।

कप्तान खडक बहादुर बोहरा ७७ बलमा ४ चौका सहित ४० रनमा क्याच आउट भए । लोकेश बमलाई अर्जुन कुमालले १५ रनमा बोल्ड आउट गरे । त्यसपछि अर्जुन साउदले परिपक्क ब्याटिङ गर्दै जित दिलाए । गण्डकीका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । सुदीप अर्यालले २, अर्जुन कुमालले १ विकेट लिए ।

यो हारसँगै गण्डकीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । गण्डकीले आफ्नो अन्तिम खेल विहीबार प्रदेश १ सँग खेल्नेछ । सुदूरपश्चिमले फाइनल खेल्न बाँकी दुबै खेल जित्नु पर्ने हुन्छ । सुदूरले भोली मुलपानीमा प्रदेश १ सँग खेल्नेछ । फाइनल खेल्न प्रदेश १ लाई हराउनै पर्ने हुन्छ । अन्तिम खेल सुदूरले मंसिर १७ मा बागमतीसँग खेल्नेछ ।

लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै शीर्षस्थानमा छ । प्रदेश १ ले ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोेड्दै दोस्रो स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा समान २ मा जित र हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा छ । बागमती ५ खेलमा ३ मा हार र २ मा जित सहित चौथो स्थानमा छ । प्रदेश २ पनि ४ खेलमा २ मा हार र २ मा जित सहित पाँचौं स्थानमा छ । गण्डकी ५ खेलमा ३ मा हार र २ मा जित सहित छैटौं र कर्णाली ५ खेलमा २ अंकका साथ पुछारमा छ । शीर्ष दुई टोलीले मंसिर १९ फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.