default_image

2 years ago

December 1, 2021

सहज जितसँगै सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर शेर मल्ल र नरेन्द्र साउदको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिदै शीर्ष दुईमा रहेर फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । ९१ रनको सामान्य विजयी लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ […]

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर शेर मल्ल र नरेन्द्र साउदको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिदै शीर्ष दुईमा रहेर फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।


९१ रनको सामान्य विजयी लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा अर्जुन साउद ६६ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहे । वसन्त कार्की ७० बलमा १ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे । खडक बोहरा १, नरेश भट्ट शून्य, दीपक टमटा १० र लोकेश बम ६ रनमा आउट भए । प्रदेश १ का अभिनय राजवंशीले ७ ओभरमा ३ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए । श्रवण किस्कु र अंकित सुवेदीले १–१ विकेट लिए ।


त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश एक २४ ओभरमा ९० रनमा अल आउट भएको थियो । प्रदेश १ का अंकित सुवेदीले ७१ बलमा ९ चौका सहित सर्वाधिक ६१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका शेर मल्लले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । नरेन्द्र साउदले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । कैलाश ऐरीको नाममा २ विकेट रह्यो ।


७ प्रदेशले एक अर्काबीच खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल मंसिर १९ मा हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । सुदूरपश्चिमले लिगको अन्तिम खेलमा बागमतीसँग टियुमा शुक्रबार बागमती प्रदेशसँग खेल्नेछ ।

उक्त खेलमा फराकिलो जित निकालेको खण्डमा फाइनलमा पुग्नेछ । तर जितले मात्र पुग्ने छैन । प्रदेश १ को नतिजा पर्खनु पर्छ । प्रदेश एक ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । प्रदेश १ ले अन्तिम खेल बिहीबार टियुमा गण्डकीसँग खेल्नेछ । उक्त खेलमा प्रदेश १ फराकिलो जितका साथ शीर्ष दुईमा स्थान बनाउन चाहन्छ । अन्तिम खेलमा प्रदेश १ र सुदूर पराजित भएको खण्डमा बागमती, गण्डकी र पदेश २ को झिनो सम्भावना कायम रहनेछ । नेटरनेटको आधारमा एक टोली फाइनलमा पुग्नेछ ।


बागमती, गण्डकी र प्रदेश २ समान ५ खेलमा समान नतिजाका साथ ४–४ अंक भएपनि नेटरनरेटमा क्रमश चौथो, पाँचौं र छैटौं स्थानमा छन् । कर्णाली ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहँदै बाहिरिएको छ ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.