default_image

2 years ago

December 2, 2021

प्रकाशको ८ विकेटसँगै कर्णालीको सुखद अन्त्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर प्रकाश जैशीको ८ विकेटसँगै कर्णाली प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको छ । पहिलो खेलमै लुम्बिनी प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले हराएको कर्णालीले लगातार चार खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश २ को पनि फाइनल खेल्ने […]

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर प्रकाश जैशीको ८ विकेटसँगै कर्णाली प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको छ । पहिलो खेलमै लुम्बिनी प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले हराएको कर्णालीले लगातार चार खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश दुई १३.४ ओभरमा ४५ रनमा अल आउट भएको थियो । प्रदेश २ का सनि शाहले १६ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १२ र सन्तोष कार्कीले ११ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रोहन विके ४, तृतराज दास ८, अमित यादव, आदिल अन्सारी, विवेक कुमार यादव, प्रदीप पासवान र आशिष झा शून्यमा आउट भए । प्रकाश जैसीले ६.४ ओभरमा ३ मेडनसहित १६ रन खर्चेर ८ विकेट लिए । अनुच चनाराको नाममा २ विकेट रह्यो । ४६ रनको विजयी लक्ष्य कर्णालीले १३.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । प्रकाश जैशीले १० बलमा तीन चौकासहित सर्वाधिक १६ रन बनाए । विपिन रावल ५, रमेश बुढा ३ रनमा आउट भए । राज शाह १७ बलमा १ चौकासहित ६ रनमा अविजित रहे । प्रदेश २ का राजेश यादवले ६.३ ओभरमा १२ रन खर्चेर ६ विकेट लिए । विवेक यादवको नाममा २ विकेट रह्यो ।

७ प्रदेशबीच लिगको आधारमा भएको यस प्रतियोगिता शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल मंसिर १९ मा हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । सुदूरपश्चिमले लिगको अन्तिम खेलमा बागमतीसँग टियुमा शुक्रबार बागमती प्रदेशसँग खेल्नेछ । सुदूर अन्तिम खेलमा विजयी भएका ८ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछ ।

प्रदेश एक ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । बागमती ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । गण्डकी ५ खेलमा २ मा जित र ३ मा हार सहित ४ अंकका साथ पाँचौं स्थानमा छ । कर्णाली ६ खेलमा ४ मा हार र २ मा जित छैटौं स्थानमा रहेर बाहिरिएको छ । प्रदेश २ ले ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.