default_image

2 years ago

December 2, 2021

गण्डकीको जितसँगै रोमान्चक फाइनल समिकरण

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ विकेटले हराएसँगै फाइनल समिकरण रोचक बनेको छ । गण्डकीको जितले दुई टोलीको फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायमै रहेको छ । १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा अर्जुन कुमालले […]

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ विकेटले हराएसँगै फाइनल समिकरण रोचक बनेको छ । गण्डकीको जितले दुई टोलीको फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायमै रहेको छ ।

१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा अर्जुन कुमालले ७० बलमा ६ चौकासहित सर्वाधिक ३५ रनको योगदान दिए । अन्तिम विकेटका लागि किरण पौडेल र सुदीप अर्यालले २० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । किरण २४ बलमा २ चौकासहित १२ रनमा अविजित रहे । सुदीप १९ बलमा २ रनमा अविजित रहे ।


ओपनर उत्सव श्रेष्ठ पहिलो ओभरको चौथो बलमै क्याच आउट भएपनि दोस्रो विकेटका लागि कुमाल र दीपक डुम्रेले ६७ रनको साझेदारी गर्दै गण्डकीलाई सहज जिततर्फ अघि बढाएका थिए । डुम्रे स्पिनर लव कामतको २१ औं ओभरको पहिलो बलमा वैकल्पिक फिल्डर गौरव कटवालबाट क्याच गराएपछि गण्डकीले लगातार विकेट गुमाएको थियो ।


श्रवण किस्कुको बलमा अर्जुन कुमाल आउट हुँदा गण्डकी २५.२ ओभरमा ९७–३ को अवस्थामा थियो । कुमाल आउट भएपछि गण्डकीले एकपछि अर्को विकेट गुमाएको थियो । १६ रन जोड्न ६ विकेट गुमाएपछि गण्डकी बलियो अवस्थाबाट ३० ओभरमा ११२–८ को अवस्थामा पुगेको थियो । स्पिनर दीपेशले २९ औं ओभरमा तीन विकेट लिएपछि गण्डकी समस्यामा परेको थियो । ११६–९ को अवस्थाबाट गण्डकीले रोमान्चक जित हात पारेको हो ।


प्रदेश १ का स्पिनर दीपेश कंडेलले १० ओभर सहित ७ मेडन सहित १० रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । स्पिनर लव कामतले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए ।


टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश ४४.४ ओभरमा १ सय ३३ रनमा अल आउट भएको थियो । प्रदेश १ का दीपेश कंडेलले १ सय १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनको योगदान दिए । सोनु अन्सारी १३, विवेक आनन्द मेहता १४, सोनु भण्डल ११ र दीपक जोशीले १६ रन बनाए ।

गण्डकीका स्पिनर कमल परियारले ६ ओभरमा १ मेडन सहित ३८ रन खर्चेर ३ विकेट लिए । सुदीप अर्यालले ७ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । किरण पौडेल, सुवास भण्डारी, विष्णु पाण्डेले १–१ विकेट लिए ।

७ प्रदेशबीच लिगको आधारमा भएको यस प्रतियोगिता शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल मंसिर १९ मा हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । सुदूरपश्चिमले लिगको अन्तिम खेल शुक्रबार बागमतीसँग टियुमा खेल्नेछ । सुदूर अन्तिम खेलमा विजयी भएका ८ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछ । सुदूरपश्चिम पराजित भएमा बागमती फाइनल बाटो खुल्ने छ । बागमती जितले मात्र फाइनलमा पुग्न सक्दैन । फराकिलो जित आवश्यक पर्छ । सुदूरपश्चिम हारको बाबजुद पनि फाइनलमा पुग्नसक्छ । सुदूरको नेटरनरेट १.०७५ र बागमतीको ०.५१७ छ ।

गण्डकी ६ खेलमा ३ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । गण्डकीको नेटरनरेट माइनस ०.१९० छ । प्रदेश एक ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । गण्डकी र प्रदेश १ नेटरनरेटको आधारमा बाहिरिएका छन् । प्रदेश १ को नेटरनरेट माइनस ०.३०२ छ । बागमती ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । कर्णाली ६ खेलमा ४ मा हार र २ मा जित छैटौं स्थानमा रहेर बाहिरिएको छ । प्रदेश २ ले ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.