4 years ago
December 8, 2021
एजेन्सी – भारतले ओपनर रोहित शर्मालाई ओडिआई टोलीको कप्तानमा नियुक्त गरेको छ । टि२० आईको कप्तानी जिम्मेवारी दिई सकेको भारतले ओडिआईमा पनि रोहितलाई नियुक्त गरेको छ ।

भारतले विराट कोहलीलाई ओडिआई कप्तानबाट हटाउँदै रोहितलाई नयाँ कप्तान नियुक्त गरेको हो । रोहित अव भारतको ओडआई र टि२० आई दुबैको कप्तान बन्नेछन् । टेस्ट टोलीको कप्तानी भने कोहलीले नै गर्नेछन् । दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई सिरिजमा भारतको नेतृत्व रोहितले गर्नेछन् । अघिल्लो महिना सम्पन्न टि२० विश्वकपसँगै कोहलीले कप्तानी छाडेका थिए । रोहितको कप्तानीमा भारतले अघिल्लो महिना घरेलु मैदानमा न्युजिल्यान्डसँगको तीन टि२० आईमा क्लिनस्विप गरेको थियो ।
कोहलीले २०१७ देखि भारतीय ओडिआई टोलीको कप्तानी गर्दै आएका थिए । कोहलीको कप्तानीमा भारत २०१९ को एकदिवसिय विश्वकपको सेमिफाइनलबाट बाहिरिएको थियो । कोहलीनै कप्तानीमा भारत २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
कोहलीले ९५ ओडिआई खेलमा कप्तानी गर्दा ६५ मा जित र २७ मा हारको सामना गरेका थिए । एक खेल बराबरी र दुई खेल नतिजा विहीन थियो । कोहलीको अनुपस्थितीमा रोहितले १० ओडिआई खेलमा कप्तानी गरि सकेका छन् । ८ खेलमा जित र २ खेलमा हार बेहोरेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोहितको कप्तानीमा मुम्बई इन्डियन्सले पाँच उपाधि जितेको छ ।

टेस्टको भने कोहलीले नै भारतको कप्तानी गर्ने छन् । अजिंक्या रहाणेलाई हटाउँदै टेस्टमा भारतले रोहितलाई उप-कप्तानको जिम्मेवारी दिएको छ । आइसिसी विश्व टेस्ट च्याम्पियन्ससिप अन्तर्गत भारतले दक्षिण अफ्रिकासँग तीन टेस्ट सिरिज खेल्नेछ । भारतले दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई खेललाई टोली घोषणा गरेको छैन ।
भारतको टेस्ट टोली : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, श्रेयस ऐर, हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), ऋद्धिमान शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, जयन्त यादव, ईशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जस्प्रित बुमराह, शार्दुल ठाकुर र मोहम्मद शिराज ।
भारतके दक्षिण अफ्रिकासँग तीन टेस्ट खेल तालिका
पहिलो टेस्ट – डिसेम्बर २६-३०, सुपर स्पोर्ट्स पार्क
दोस्रो टेस्ट – जनवरी ३-७, जोहानेसबर्ग
तेस्रो टेस्ट – जनवरी ११-१५, केप टाउन
तीन ओडिआई सिरिज
पहिलो ओडिआई, १९ जनवरी : बोल्यान्ड पार्क
दोस्रो ओडिआई, २१ जनवरी : बोल्यान्ड पार्क
तेस्रो ओडिआई, २३ जनवरी : केप टाउन
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]