default_image

4 years ago

January 13, 2022

होबार्टको जितमा सन्दीपको राम्रो प्रदर्शन

243 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ मा होबार्टको १२ औं खेलमा सिड्नी थन्डरविरुद्ध राम्रो प्रदर्शन गरेका छन् । सन्दीपको राम्रो प्रदर्शनको सहयोगमा होबार्टले सिड्नीलाई ९ रनले हराएको छ ।

१ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । सिड्नीका एलेक्स हेल्सले १७ बलमा ७ चौका र १ छक्कासहित ३८ रन बनाए । ज्यासन सांघाले १९ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए । सांघा आउट हुँदा सिड्नी ८.१ ओभरमा ९२–३ को बलियो अवस्थामा रहेपनि मध्यक्रम नचल्दा पराजित भएको हो । त्यसपछिका ब्याटर चल्न नसक्दा पराजित हुन पुगेको ।

सन्दीपले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । राइली मेरिडिथले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । जोर्डन थोम्पसनले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । होबार्टका कप्तान म्याथ्यु वेडले ५४ बलमा ८ चौका र २ छक्कासहित ८३ रनको अविजित इनिङ खेले । कालेव ज्वेलले ३२ बलमा ५ चौका र ३ छक्का सहित ५१ रन बनाए । गुरिन्दर सान्धुले सर्वाधिक २ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको प्रदर्शन

सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बलमा सन्दीपले ड्यानियल साम्सलाई एक रन दिएका थिए । दोस्रो बलमा ज्यासन सांघालाई एक रन दिए । तेस्रो र चौथो बलमा पनि सन्दीपले एक एक रन खर्चिए । पाँचौं बल डट गरेपनि अन्तिम बलमा साम्सले सन्दीपलाई चौका प्रहार गरेका थिए ।

दशौं ओभरमा सन्दीपले पाँच रन खर्चिए । पहिलो बलमा ओलिभर डेभिसलाई पहिलो बलमा एक र दोस्रो बलमा साम्सलाई डट राखे । बाँकी चार बलमा सन्दीपले एक एक रन खर्चेका थिए । जसमा पाँचौं बलमा लेगवाईको रुपमा थियो ।

१३ औं ओभरमा पनि सन्दीपले विकेट लिन सकेनन् । सन्दीपले पहिलो बलमा एक र दोस्रो बलमा डट राखेका थिए । तेस्रो बलमा ब्याक्सटर होल्टले दुई रन बटुले । चौथो र पाँचौं बलमा एक एक रन दिए । अन्तिम बलमा होल्टले डिप स्क्वायर लेगमा चौका प्रहार गरे ।

सन्दीपले १८ औं ओभरमा मात्र पाँच रन खर्चेर दुई विकेट लिएका थिए । सिड्नीलाई जितको लागि १८ बलमा ३१ रन चाहिँएको अवस्थामा सन्दीपले दुई महत्वपूर्ण विकेट लिँदै जित पक्का गराए । पहिलो बलमै होल्ट ज्वेलबाट डिप मिडविकेटमा १७ रनमा क्याच आउट भएका थिए ।
दोस्रो बल नाथन म्याकएन्ड्रयुलाई डट राख्दा तेस्रो बल चौका प्रहार गरेका थिए ।

चौथो बलम नथान मिडविकेटमा ज्वेलबाट ३० रनमा क्याच गराउँदै जित सहज बनाए । पाँचौं बल डट र अन्तिम बलमा एक रनका साथ आफ्ने स्पेल सकाए ।

जारी बिग ब्यासमा सन्दीपको प्रदर्शन

सन्दीप जारी बिग ब्यासमा १२ खेलमा १२ विकेट लिएका छन् । पाँच खेलमा विकेट विहीन छन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिँदा चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् ।

मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चिदा लगातार विकेट विहीन बनेका थिए । सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । मेलबर्न रेनेगड्सविरुद्ध सन्दीपले ३.५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिएका थिए ।

ब्रिसबेन हीटविरुद्ध ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । नवौं खेलमा सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए । दशौं खेलमा सन्दीपले ब्रिसबेन हीटसँग ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । ११ औं खेलमा सन्दीपले सिड्नी थन्डरसँग ३.२ ओभरमा २१ रन खर्चे पनि विकेट लिन सकेका थिएनन् ।

होबार्टले अव १७ जनवरीमा मेलबर्न रेनेगड्सविरुद्ध खेल्नेछ । होबार्ट १२ खेलमा ६ मा जित र ६ मा हार सहित चौथो स्थानमा छ ।

November 8, 2025

हङकङ सिक्सेस – नेपाल ३.३ ओभरमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

Success

Thank you for your time.