default_image

4 years ago

January 14, 2022

रुविनाले पनि विदेशी लिग खेल्ने

313 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले पनि विदेशी लिग खेल्ने भएकी छिन् । रुविनाले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले पनि फेयर ब्रके टि२० खेल्ने जानकारी दिएको छ । यसअघिनै उपकप्तान सीता रानामगरले उक्त प्रतियोगिता खेल्ने जानकारी दिईएको थियो ।

फेयर ब्रेक इनभीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता प्राप्त टि२० खेल हो । प्रतियोगितामा ६ टोली हुनेछन् । प्रतियोगिता आगमी मे १ देखि १५ सम्म हुनेछ । ६ टोलीबीच १५ दिनसम्म कुल १९ खेल हुनेछन् ।

सम्मिलित प्रतियोगितामा भारतकी हर्मंप्रित कौर र पाकिस्तानकी सना मिर लगायत विश्वका चर्चित खेलाडी खेल्ने बुझिएको छ । सीता र रुविनाले कुन टोलीबाट खेल्ने भने पक्का भएको छैन ।

रुविना र सीता दुबैले नेपालबाट एक शतकदेखि खेल्दै आएका छन् । घरेलु क्रिकेट भने रुविनाले प्रदेश १ बाट खेल्ने गर्दछिन् । सीताले नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी छिन् । सिनियर टोलीमा रुविना कप्तान र सीता उपकप्तान हुन् ।

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

November 6, 2025

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]

Success

Thank you for your time.