4 years ago
February 12, 2022
मस्कट (हाम्रो खेलकुद) – नेपाल चार देश सम्मिलित टि२० आई सिरिजमा शनिबार दिउँसो दोस्रो खेलमा युएईसँग २५ रनले पराजित हुन पुग्यो । पहिलो खेलमा घरेलु टोली ओमानलाई स्तब्ध पारेको नेपालले दोस्रो खेलमा युएईसँग नमिठो हार बेहोरेको हो ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदानमा टस जितेर नेपालले युएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित ८४ रनको अविजित इनिङ खेले । रोहन मुस्तफाले ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रन बनाए । नेपालका सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले १–१ विकेट लिए ।
जितका लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५ चौकासहित ४१ रन बनाए । आसिफ शेखले ३४ र लोकेश बमले ३३ रन बनाए । युएईसँगको खेलमा नेपालको हरेक पक्षमा कमजोरी रह्यो । त्यहिँ कमजोरीको कारण नेपालले हार बेहोर्नु परेको हो । नेपालले युएईसँग हार्नुका पाँच कारण यस प्रकार छन् ।
५. सन्दीपले अन्य स्पिनरबाट साथ नपाउनु

पछिल्लो समय सन्दीप बाहेक अन्य स्पिनरको प्रदर्शन राम्रो छैन । पहिलो खेलमा ओमानसँग सागर ढकालले ३ ओभरमा ३६ रन खर्चेका थिए । उनको स्थानमा आएका साहब आलमले युएईसँग २ ओभरमा ३५ रन खर्चिए । सुरुवाती दुई ओभरमा नेपालले ११ रन खर्चेको थियो । तर तेस्रो ओभरमा स्पिनर साहब आलमलाई मुहम्मद वासिमले लगातार दुई छक्का प्रहार गरे ।
तेस्रो बलमा उनी क्याच आउट भए । समग्रमा त्यस ओभरमा २२ रन जोडेको थियो । नेपालले १० ओभर स्पिनरलाई गराउँदा ८७ रन खर्चेर १ विकेट लिएका छन् । १० मध्य ४ ओभरमा सन्दीपले २३ रन खर्चेर १ विकेट लिएका थिए । बाँकी तीन स्पिनरले २–२ ओभर बलिङ गर्दा कुल ६३ रन खर्चिदा कुनै पनि विकेट लिन सकेनन् । सन्दीपले नवौं ओभरमा २ र ११ औं ओभरमा ४ रन मात्र खर्चिदै दबाब बनाएका थिए । तर १२ औं ओभरमा शरदले ११ रन खर्चिदै पुन हाबी हुन दिए । स्पिनरको कमजोर प्रदर्शनसँगै तीव्र गतिका बलर दबाबमा परे ।
सुरुवाती तीन ओभरमा २२ रन खर्चेका तीव्र गतिका बलर कमलले अन्तिम ओभरमा २० रन खर्चिन पुगे । तीव्र गतिका बलर एक ओभर बलिङ गरेका विवेकले २० रन खर्चिए । मध्यक्रममा स्पिनरको भूमिका रनरेटलाई रोक्दै विकेट लिएर दबाब सिर्जना गर्ने हुन्छ । तर नेपाल त्यसमा चुक्न पुग्यो ।
३. दीपेन्द्र र आरिफले आक्रामक ब्याटिङ गर्न नसक्नु

नेपाललाई ओपनर ज्ञानेन्द्र र आसिफले राम्रो सुरुवात दिलाएका थिए । १० ओभरमा नेपालले २ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । विवेक यादव र लोकेश बम जस्ता आक्रामक ब्याटर आउनै बाँकी थियो । त्यसैले नेपालले जित सहज पूरा गर्न सक्थ्यो ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा थिए । यी दुबै ब्याटरले आक्रामक क्रिकेट खेल्न सकेनन् । दीपेन्द्र ३३ बलमा ४१ र आरिफ १२ बलमा ११ रनमा आउट भए । हातमा ८ विकेट हुँदा यी दुई ब्याटरले खुलेर खेल्नुपर्ने थियो । विशेष गरि कमजोर बलमा जोखिम लिनुपर्ने थियो । किनभने युएईपनि १० ओभरमा ८३–१ को अवस्थामा थियो । अन्तिम १० ओभरमा युएईले १ सय ९ रन बटुलेको थियो । टि२० शैलीमा उक्त रन बनाउन कठिन मानिदैन ।
आसिफ शेख ९.४ ओभरमा मुस्तफाको बलमा कट एण्ड बोल्ड आउट भएका थिए । लगातार तीन डट बलको दबाबमा आउट भए । त्यसपछि नेपालले १४ ओभर सम्म बाउन्ड्रीको रुपमा एक मात्र चौका प्रहार गर्यो । यसबीचमा नेपालले २६ बलमा मात्र २७ रन बनाएको थियो । त्यसैले नेपालको रन रेट बढेर १३.८८ बनेको थियो । यो समयमा नेपालले केहि आक्रामक सट खेल्न सकेको भए सायद आवश्यक रनरेट १० को आसपास हुने हुँदा पछि नजिता नेपालको पक्षमा आउन सक्थ्यो । टि२० क्रिकेटमा जोखिम र आक्रामक शैली विना जित सामान्य लक्ष्यमा पनि कठिन पर्छ ।
३. सुरी र मुस्तफाको उत्कृष्ट साझेदारी

युएईलाई जिताउन स्पिनर रोहन मुस्तफा र ओपनर चिराग सुरीले उत्कृष्ट साझेदारी गरे । पहिलो विकेट युएईले २३ रनमा गुमाएपनि दोस्रो विकेटका लागि मुस्तफा र सुरीले ९७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जुन साझेदारी युएईको जितको आधार बनेको थियो । उक्त साझेदारीले विना दबाब खेल्ने वातावरण बनेको थियो । दायाँ हाते सुरी र बायाँ हाते मुस्तफाले लगातार आक्रामक ब्याटिङका साथ नेपाली बलरलाई दबाबमा राखेका थिए ।
दायाँ हाते सुरी र बायाँ हाते मुस्तफाको जोडी जमेपछि नेपाली बलर निराश बनेका थिए । यो साझेदारी पहिला नै तोड्न सकेको भए अन्य बलरलाई खेल्न कठिन पर्न सक्थ्यो र युएई सस्तैमा समेटिन सक्थ्यो । बलिङतर्फ मुस्तफाले दुई विकेट लिए । नेपाली टोलीमा बायाँ हाते ब्याटर र बलर नुहुनु हारको एक कारण हो । एक मात्र बायाँ हाते स्पिनर साहबलाई युएईले बाउन्ड्रीको वर्षा गराएको थियो ।
२. योजना अनुसार बलिङ नचल्नु

नेपालको हारको एक प्रमुख कारण योजना अनुसार बलिङ नचल्नु हो । लेगस्पिनर सन्दीप लामिछानेले सुरुवाती ओभरमा फरक फरक बलरलाई बलिङ गराए । तर तेस्रो ओभरमै साहबलाई युएईले तीन छक्का र एक चौका प्रहार गर्यो । सन्दीपले बलिङ निरन्तर परिवर्तन गरे । तर अन्य बलरको प्रर्दशन कमजोर रह्यो । नेपालको योजना अनुसार चल्न सकेन ।
प्रमुख बलरको कमजोर प्रदर्शन पछि नेपालले पार्टटाइमका बलर विवेक यादव, शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीलाई ल्याएको थियो । यी तीनै बलरले पनि योजना अनुसार गर्न सकेनन् । नेपाली बलरमा अनुशासित लाइन एण्ड लेन्थको कमि देखिएको थियो । योजना अनुसार बलिङ नचल्नु नेपालको हारको कारण बन्यो ।
१. कमजोर फिल्डिङ

नेपालको हारको प्रमुख कारण कमजोर फिल्डिङ थियो । सधैं बलरले सफलता दिलाउँछन् भन्ने हुँदैन । बलरले कमजोर प्रदर्शन गरेको अवस्थामा उत्कृष्ट फिल्डिङबाट टोलीलाई खेलमा फर्कानु पर्ने हुन्छ । रन आउट, उत्कृष्ट फिलिडङबाट रन लिन दबाब बनाउन सक्नुपर्छ । रन आउटको केहि अवसर बनेपनि नेपालले त्यसको फाइदा उठाउन सकेन ।
कमजोर फिल्डिङ असर पर्दा विपक्षी ब्याटरको मनोबल उच्च हुने गर्दछ । दुबै खेलमा नेपालको फिल्डिङ निकै कमजोर रह्यो । जसको भरपूर्ण फाइदा उठाउँदै युएईले बलियो योगफल तयार पार्यो । चौथो ओभरमा कमलसिंह ऐरीको बलमा सुरी को क्यान साहब आलमले लङअफमा क्याच ड्रप गरेका थिए । उक्त समय ११ रनमा थिए । तीनै सुरीले प्लेयर अफ द म्याच चुनिए । नेपालको थ्रो, फिल्डिङ र फिल्डरबीच तालमेलमा समेत केहि कमी देखिन्थ्यो । त्यसको अर्को बलमा नेपालले ओभर थ्रोमा पाँच रन उपहार दियो ।
जितेन्द्र मुखियको पाँचौं ओभरको चौथो बलमा सुरीलाई १४ रनमा सहज रन आउटको अवसर बनेको थियो । नन स्ट्राइकबाट सुरीले रन लिनेक्रममा आधा भन्दा बढी क्रिज बाहिर रहेको अवस्थामा नेपालले रन आउट गर्न सकेको थिएन । दीपेन्द्र थ्रोमा चुकेका थिए । सातौं ओभरको तेस्रो बलमा मुखियाले फाइन लेगमा फिल्डिङ मिस गर्दा चौका गएको थियो । नेपालले यस्ता थुप्रै गल्ती गर्यो । जसको युएईका ब्याटरले फाइदा उठाउदा नेपालको हारको कारण बन्यो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]