default_image

2 years ago

February 14, 2022

नेपालले आयरल्यान्डसँग हार्नुको पाँच मुख्य कारण

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई क्रिकेट सिरिजमा नेपाल अन्तिम खेलमा टेस्ट टोली आयारल्यान्डसँग १६ रनले पराजित भएको छ । बलिङमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै एक समय सहज जितको संकेत दिएको नेपालले परम्परा ब्याटिङ समस्या दोहोरिएपछि इतिहास रच्नबाट चुकेको थियो । अल अमरेत क्रिकेट मैदानमा सन्दीपले लगातार तेस्रो पटक टस जित्दै पहिला फिल्डिङ […]

146 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई क्रिकेट सिरिजमा नेपाल अन्तिम खेलमा टेस्ट टोली आयारल्यान्डसँग १६ रनले पराजित भएको छ । बलिङमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै एक समय सहज जितको संकेत दिएको नेपालले परम्परा ब्याटिङ समस्या दोहोरिएपछि इतिहास रच्नबाट चुकेको थियो ।

अल अमरेत क्रिकेट मैदानमा सन्दीपले लगातार तेस्रो पटक टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिए । पहिलो ओभरको चौथो ओभरमै आयरल्यान्डका प्रमुख ब्याटर पउल स्टर्लिङ्गलाई कमल सिंह ऐरीले योर्करमा बोल्डै गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यहिँ सुरुवातलाई निरन्तरता दिँदै नेपालले आयरल्यान्डलाई २० ओभरमा १ सय २७ रनमा अल आउट गर्न सफल भयो । जुन नेपालले सोचे भन्दा धेरै उत्कृष्ट बलिङ थियो । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । अभिनाश बोहराले २, सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्यो । नेपालका दीपेन्द्र सिंह ऐरीले मात्र २८ रन बनाउन सके । कुशल भुर्तेल १५ र आसिफ शेख २३ रनमा आउट भए । उत्कृष्ट बलिङसँगै नेपालले सहजै खेल जित्ने अनुमान गरिएको थियो । तर ब्याटिङ नचल्दा पुन निराश रह्यो । हारको सबै कारण ब्याटरमा जान्छ । एक समय सहज जितका साथ इतिहास नजिक पुगेको नेपालले आयरल्यान्डसँग हार्नुको पाँच प्रमुख कारण यस प्रकार छन् ।

५.मध्यम र फिनिसर ब्याटरको खराब ब्याटिङ

मध्यक्रममा दीपेन्द्रको बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । मध्यक्रमका प्रमुख ब्याटर ज्ञानेन्द्र मल्ल ५, शरद भेषावकर १, कुशल मल्ल ९, कमलसिंह ऐरी १३ र सन्दीप लामिछाने एक रनमा आउट भए । नेपालका मध्यक्रम र तल्लोक्रमका ५ खेलाडीले २९ रन बनाएका थिए ।

दीपेन्द्र एक्लैले २८ रन बनाउँदा अन्य पाँच खेलाडीले २९ रन बनाए । एक समय नेपाल ११ ओभरमा ६१–३ को बलियो अवस्थामा थियो । नेपाललाई अन्तिम ५४ बलमा जितको लागि ६७ रन चाहिन्थ्यो । जुन टि२० मा निकै सामान्य मानिन्छ । तर १२ औं ओभरको पहिलो बलरमा रिभर स्वीप खेल्ने क्रममा प्वाइन्टमा ज्ञानेन्द्र ५ रनमा आउट भए । अर्को ओभरको दोस्रो बलमा कर्टिस क्याम्फरले शरदलाई १ रनमा एलबीडब्लू आउट गरे । बाँकी ८ बलमा पाँच रन जोड्न शरद र ज्ञानेन्द्रलाई गुमाएपछि नेपाल दबाबमा परे । हारको जिम्मेवारी मध्यक्रम र तल्लोक्रमका ब्याटरले लिनुपर्छ ।

४. ब्याटिङमा गैर जिम्मेवारीपन

पछिल्लो समय नेपाली क्रिकेटमा गैरजिम्मेवारी पन ठूलो समस्या हो । स्कोरबोर्डको कुनै दबाब नहुँदा सट प्रहारमा हतार गर्न आवश्यक थिएन । पहिला सुरक्षित अवस्थामा लगेर सटको जोखिम लिनु पर्ने थियो । तर क्रिजमा टिकेर जिम्मेवारी र परिपक्कता प्रर्दशन देखाउन सक्ने कुनैपनि ब्याटर भएनन् । अनुभवी शरद र ज्ञानेन्द्रलेनै सर्वाधिक खराब प्रदर्शन गरे । सबै ठूला सटको चक्करमा खराब सटका साथ विकेट आफैं दिएका थिए । टि२० क्रिकेटमा एउटा विकेटले ठूलो प्रभाव पार्दछ । जिम्मेवारी प्रदर्शन गर्न नसक्नु नै नेपालको हारको कारण हो ।

३. ज्ञानेन्द्र र शरद एकसाथ प्लेइङ ११ मा हुनु

ज्ञानेन्द्र र शरद भेषावकर टि२० का खेलाडी मानिदैनन् । घरेलु क्रिकेटमा कमजोर प्रदर्शनका बाबजुद पनि टोलीमा युवा खेलाडीको बाहुल्यता भएपछि अनुभवको लागि टिममा समेटिएको थियो । तर नेपालले तीनै खेलमा ज्ञानेन्द्र र शरदलाई मौका दियो । यी दुवै ब्याटरको प्रदर्शन एकदिवसिय शैलीमा छ ।

नेपाल ११ ओभरमा ६१–३ को अवस्थामा ज्ञानेन्द्र र शरदले आफ्नो अनुभवको सदुपयोग गर्दै यो खेल सहजै जिताउन सक्थे । तर एक ओभरको अन्तरमा दुवै आउट भए । त्यसको कारण नेपालको जित कठिन पर्यो । पाँच विकेट गुमेपछि दीपेन्द्र र कुशल आउट हुँदा ब्याटर थिएनन् । शरद र ज्ञानेन्द्रको विकेटले दीपेन्द्र र कुशललाई पनि दबाब थपेको थियो । शरद ३ बलमा १ रन बनाउँदै आउट भए ।

शरद युएईसँग १९ र ओमानसँग ४ रनमा अविजित थिए । ज्ञानेन्द्र १२ बलमा ५ रनमा आउट भए । ज्ञानेन्द्र युएईसँग २२ र ओमानसँग १३ रनमा भए । नेपालले यी दुबै खेलाडीलाई प्लेइङ ११ मा खेलाउनु नै हारको कारण हो । किनभने नेपालले यी दुई खेलाडीलाई खेलाउन फिनिसर विवेक यादवलाई बेन्चमा राख्यो । ओमान र युएईसँग टोलीमा भएपनि ब्याटिङको अवसर पाएका थिएनन् ।

विवेक भएको भए सायद नतिजा अर्कै हुन सक्थ्यो । हारको जिम्मा कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्टले लिनुपर्छ । यो हारले खासै फरक पर्ने थिएन । त्यसैले नेपालले विवेकलाई ब्याटिङको अवसर दिनुपर्ने थियो । अर्कोतर्फ टि२० मा नेपालले शरद र ज्ञानेन्द्र दुबैमा प्लेइङ ११ खेलाउँदै टोलीलाई कतिको फाइदा हुन्छ सोच्न आवश्यक छ । १० बल खेलेर एक रन बनाउने की १ बल खेलेर १० रन बनाउने ब्याटर खेलाउने ग्लोबल छनोट अघि सोच्न आवश्यक देखिन्छ ।

२. खराब सट छनोट

नेपाली कुनै पनि ब्याटरले आजको खेलमा राम्रो सट छनोट गर्न सकेनन् । सबै ब्याटरले आफ्नो विकेट आफैं दिँदै जितेको खेल पनि हराएका थिए । अत्याधिक डट बलको अनि खराब सट खेलेर विकेट आफैं दिएका थिए । आयरल्यान्डका बलरको उत्कृष्ट बल नभएर आफ्नै गल्तीले विकेट फालेका थिए ।

कुशल दील स्कुप खेल्दा बोल्ड भए । लोकेश बम पनि ठूलो सटको चक्कमा डिप स्क्वायर लेगमा विकेट दिन पुगे । आसिफ पनि ठूलो सटकै चक्करमा डिप मिडविकेटमा क्याच दिन पुगे । ज्ञानेन्द्र रिभरस्वीप खेल्ने धुनमा प्वाइन्ट क्याच आउट भए । दीपेन्द्र र कुशल सबै खराब सटका साथ क्याच दिएका थिए । जुन सट आजको खेलमा टोलीलाई आवश्यक थिए । डबल सिंगलमै सहज जितको वातावरण बनेको थियो ।

१. अत्याधिक डट बल

नेपाली ब्याटरले डबल सिंगलमा ध्यान दिएको भए यो खेल १५(१६ ओभरमै सहजै जित्न सकिन्थ्यो । तर बाउन्ड्रीको धुनमा सबै ब्याटरले अत्याधिक डट बल खाए । टि२० मा डट बलले दबाब बढाउँछ । रनको दबाबमा ठूला अनि खराब सटको चक्करमा विकेट गुम्ने गर्दछ । सबै ब्याटरले डट बलको दबाबमा विकेट दिए ।

आसिफ २२ बलमा २३ रन, लोकेश बम ८ बलमा ६ रन, दीपेन्द्र ३० बलमा २८ रन, ज्ञानेन्द्र १२ बलमा ५ रन, शरद ३ बलमा १ र कुशल मल्ल १६ बलमा ९ रन बनाए । अत्याधिक डट बलले आवश्यक रन बढ्दै जान्छ । त्यो दबाबमा रन बनाउन खोज्दा गलत सटका साथ आउट हुन पुगे । आसिफ र भुर्तेल बाहेक अन्य कुनैपनि ब्याटरको स्ट्राइक रेट १ सय माथि छैन । यसरी त सामान्य १ सय रन बनाउन पनि कठिन पर्न सक्छ । टि२० मा कम्तिमा १ सय २० माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्न सक्नुपर्छ ।

तर नेपाली ब्याटरले टेस्ट शैलीको स्ट्राइक रेटमा ब्याटिङ गरे । पहिलो पावर प्लेको ३६ बलमा नेपालले ४० रन जोडेको थियो । जसमा २० बल डट थियो । नेपाली ब्याटर हरेक बलमा बाउन्ड्री प्रहार गर्न खोज्दा डबल सिंगलमा ध्याननै दिएनन् । लक्ष्य सामान्य हुँदा सहज जित्न सक्ने सोचका साथ बाउन्ड्रीमा बढी केन्द्रित रहे । कुल १ सय २० बल मध्य ५७ बलमा नेपालले कुनैपनि रन जोड्न सकेन । त्यो ५७ बलमा नेपालले एक एक रन बटुल्न मात्र सकेको भए चार पाँच अगाडि सहजै जित्न सक्थ्यो ।

नेपालले खेलमा कुल ५ चौका र ५ छक्का मात्र प्रहार गरेको थियो । जुन बाउन्ड्री ११ खेलाडीले नभएर एउटै खेलाडीले टि२० क्रिकेटमा खेल्न सक्नुपर्छ । नेपालले कमजोर बलमा बाउन्ड्रीको जोखिम लिन सकेन । नेपालले बाउन्ड्रीबाट ५० र डबल सिंगलबाट ५५ रन मात्रजोडेको थियो । अत्याधिक डट बलनै यस हारको प्रमुख कारण हो ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.