default_image

2 years ago

February 18, 2022

नेपालको जितका पाँच नायक

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्यो । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि बलिङमा सर्वोत्कृष्ट प्रदर्शनका साथ ओमानलाई ७८ रनमै अल आउट गर्दै नेपालले विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो । ओमान क्रिकेट क्रिकेट ग्राउन्ड–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले […]

70 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्यो । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि बलिङमा सर्वोत्कृष्ट प्रदर्शनका साथ ओमानलाई ७८ रनमै अल आउट गर्दै नेपालले विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो ।

ओमान क्रिकेट क्रिकेट ग्राउन्ड–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । मध्यक्रमका ब्याटर आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिए । ओमानका खवर अलीले सर्वाधिक तीन विकेट लिए ।

जितका लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो । ओमानका नसिम खुशीले सर्वाधिक २५ रन बनाए । नेपालका कमलसिंह ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यो जितसँगै नेपालको समूह बी बाट सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । ब्याटिङले नेपालको जितको आशा टाढिएको थियो । तर बलरले जित दिलाए । नेपाललाई सानदार जित दिलाउन उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी छन् ।

५. जितेन्द्र मुखिया

नेपाललाई जिताउन तीव्र गतिका बलर जितेन्द्र मुखियाले राम्रो योगदान दिए । पहिलो ओभरमा कमलले कश्याप प्रजापतिलाई आउट गरेका थिए । दोस्रो ओभरको पाँचौं बलमा जितेन्द्रले अयान खानलाई आसिफ शेखबाट ३ रनमा क्याच गराउँदै ओमानलाई ७–२ को कमजोर अवस्थामा पुर्याए ।

यहि मोमेन्टलाई नेपालले अगाडि बढायो । पाँचौं ओभरमा मुखियाले दुई रन खर्चेर थप दबाब बढाए । त्यसले अन्य बलरलाई विकेट लिन सहज बनायो । जितेन्द्रको छैटौं ओभरको दोस्रो बलमा ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई दीपेन्द्रबाट ९ रनमा रन आउट गरेपछि नेपाल हाबी बनेको थियो । मुखियाले पहिलो पावर प्लेको ३ ओभरमा मात्र ९ रन खर्चेर १ विकेट लिए । जितेन्द्रले पावर प्लेमा नेपालले चाहेको जस्तो सुरुवात गरेपछि खेलमा हाबी बनेको हो ।

४. कमलसिंह ऐरी

सामान्य लक्ष्यमा जित हात पार्न उत्कृष्ट सुरुवात गर्नुपर्ने हुन्छ । पहिलो पावर प्लेमा तीन चार विकेट लिन सकेको खण्डमा सामान्य लक्ष्यमा पनि जित सम्भव हुनसक्छ । कमलले नेपाललाई ड्रिम सुरुवात दिलाए ।

उनले पहिलो ओभरको तेस्रो बलमै ओपनर कश्याप प्रजापतिलाई दीपेन्द्रबाट शून्यमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । पहिलो ओभरमै विकेट गुमाएपछि ओमान दबाबमा पर्यो । कमलले १७ औं ओभरको तेस्रो बलमा कलिमुल्लाह र अन्तिम बलमा बिलाल खानलाई बोल्ड आउट गर्दै नेपालको जित पक्का गराए । उनले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।

३. आरिफ शेख

नेपाली ब्याटरले क्रिजमा टिकेर ओमानी बलरको सामना गर्न सकेका थिएनन् । ब्याटिङका लागि कठिन मानिए पनि आरिफले अन्तिम सम्म लगेर गएका थिए । आरिफले ३७ बलमा २ चौकासहित ३८ रन बनाएका थिए । जुन रन जितको आधार बन्यो । आरिफले अन्य ब्याटरले जसरी हतार गरेनन् । क्रिजमा धैर्यता देखाएका थिए ।

नेपाल ६.५ ओभरमा ३३–३ को अवस्थामा उनी क्रिजमा आएका थिए । एकतर्फबाट लगातार विकेट गुमाउँदा आरिफले अको एन्डबाट आशा जगाई राखेका थिए । आरिफ इनिङको अन्तिम बलमा रन आउट हुन पुगेका थिए । आरिफनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

२. दीपेन्द्रसिंह ऐरी

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले दुई महत्वपूर्ण विकेट र एक उत्कृष्ट रन आउट गराए । ब्याटिङतर्फ उनले १८ बलमा १ चौकासहित ११ रन बनाउन सके । तर बलिङमा उनले ४ ओभरमा मात्र १५ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले मध्यक्रमका आमिर कलिम र जिशान मकसुदलाई आउट गर्दै नेपालको जित सहज बनाएका थिए । जिशानलाई २ र कलिमलाई ९ रनमा आउट गरेका थिए ।

दुई अनुभवी ब्याटर क्रिजमा टेकेको भए ओमानलाई जितको आधार तय गर्न सक्थें । छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्रले मिडअफबाट डाइरेक्ट थ्रोमा जतिन्द्ररसिंहलाई नन स्ट्राइकमा रन आउट गर्दै पेभेलिएन फर्का । जुन नेपालको जितको एक टनिङ प्वाइन्ट थियो । ओमानका प्रमुख ब्याटर जतिन्दर आउट भएपछि नेपाल पूर्ण रुपमा हाबी बनेको थियो ।

१. सन्दीप लामिछाने

नेपालको जितमा कप्तान सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरे । सन्दीले अन्तिम ६ बलमा १ चौका र १ छक्कासहित १६ रन जोड्दै नेपालको योगफल १ सयमाथि कटाएका थिए । जसको कारण ओमानका ब्याटरलाई मनोबलमा केहि दबाब पर्यो । सन्दीपले अन्तिम ओभरमा खवर अलीलाई एक चौका र एक छक्कासहित कुल १५ रन जोड्दै एउटा राम्रो मोमेन्ट ड्रेसिङ रुममा लगेर गए । क्रिकेटमा प्रदर्शनमात्र होईन मोमेन्टले पनि धेरै फरक पार्छ ।

त्यहि मोमेन्टको कारण नेपालले बलिङमा सानदार बलिङ गर्न सफल भयो । सन्दीपले ओमानबाट सर्वाधिक रन बनाएका आक्रामक ब्याटर नसिम खुशी र बायाँ हाते ब्याटर खवर अलीलाई बोल्ड गर्दै जित सहज बनाए । नसिम टिकेको खण्डमा उनले सहज जित दिलाउन सक्ने खुबी भएका खेलाडी थिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सन्दीपले १३ औं ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए । त्यसअघिका दुई ओभरमा सन्दीपले मात्र तीन रन दिएर दबाबमा राख्दा अन्य बलरलाई विकेट लिन सहज वातावरण बनाईदिए ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.