default_image

3 years ago

March 28, 2022

पपुवा न्युगिनीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ : ३० मा टियु मैदानमा हुनेछ । नेपाल दुई ओडिआई खेलमा क्लिनस्विप हारकोको बदला लिने सोचमा हुनेछ ।

पिएनजी भने ओडिआई खेलको नतिजाबाट मनोबल उच्च हुँदा त्यसलाई निरन्तरता दिने सोचमा मैदान उत्रनेछ । सन्दीप लामिछानेले घरेलु मैदानमा टि२० आईमा पहिलो पटक कप्तानी गर्नेछन् । नेपाल दुबै ओडिआई खेलमा कमजोर बलिङको कारण पराजित भएको थियो । तर टि२० आई र ओडिआईको टोली फरक छ ।

७ खेलाडीमात्र दुबै टोलीमा छन् । नेपालले ओडिआई टोलीबाट ब्यापक परिवर्तन गर्नेछ । नेपालले ओडिआई टोलीबाट ७ खेलाडी परिवर्तन गर्ने सम्भावना छ । टि२० खेलमा नेपालले आक्रामक ब्याटिङ र बलिङलाई प्राथमिकतामा राख्नेछ । ओपनिङ कुशल भुर्तेल र आसिफ शेखले गर्नेछन् । आसिफ ओडिआई टोलीमा भने थिएनन् । गतवर्ष नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिजबाट नेपाली टोलीमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेका थिए ।

दुबै ओपनरलाई रन बनाउन दबाब पनि छ । कुशलले गतवर्ष पाँच मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए । आसिफ र कुशलले लगातार दुई शतकीय साझेदारी गरेका थिए । नेपाल त्यस्तै प्रदर्शन चाहन्छ । ओपनरका यी दुई खेलाडी निश्चित छ ।

नेपालले तेस्रो नम्बरमा नेपालले लोकेश बमलाई खेलाउने सम्भावना छ । लोकेशलाई नेपालले दुई महिना अघि आइसिसी टि२० विश्वकप छनोट ए मा मौका दिएको थियो । उक्त भ्रमणमा लोकेशले औसत प्रदर्शन गरेका थिए । लोकेश आक्रामक ब्याटिङको क्षमता राख्छन् । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीको स्थान पक्काछ । पछिल्लो ओडिआई खेलमा दीपेन्द्रले शतक प्रहार गरेका थिए ।

उनीबाट नेपाल मध्यक्रममा राम्रो प्रदर्शन चाहन्छ । दीपेन्द्र पार्टटाइम स्पिनर समेत हुन् । पाँचौं नम्बरमा युवा ब्याटिङ अलराउन्डर कुशल मल्लको सम्भावना छ । कुशल बायाँ हाते खेलाडी हुन् । आक्रामक ब्याटिङको क्षमता राख्छन् । पछिल्लो समय उनको प्रदर्शन राम्रो छैन । तर उनको लय र मनोबल फर्काउने यो राम्रो अवसर हुन् ।

टोलीमा बायाँ हाते अलराउन्डरको रुपमा कुशल मात्र छन् । त्यसैले नेपालले कुशललाई खेलाउने सम्भावना छ । नेपालले आज युवा आक्रामक ब्याटर आदिल अन्सारीलाई डेब्यू दिने सम्भावना छ ।

आदिल आक्रामक ब्याटिङको क्षमता राख्छन् । मध्यगतिको बलिङ पनि गर्ने गर्दछन् । ठूला सटका लागि माहिर आदिललाई नेपालले आज मौका दिने सम्भावना छ । यो सिरिज भएको हुँदा युवा खेलाडीलाई अवसर दिने राम्रो समय पनि हो । नेपालले विवेक यादवलाई सातौं नम्बरमा खेलाउने सम्भावना छ । विवेक पनि विष्फोटक ब्याटिङ गर्दछन् ।

विवेक र आदिल खेल्दा आरिफ शेख भने बेन्चमा बस्ने सम्भावना छ । विवेक र आदिल दुबै मध्यगतिमा बलिङ गर्दछन् । आरिफको भन्दा विवेक र आदिलको ब्याटिङ शैली धेरै आक्रामक छ । टि२० खेलमा आक्रामक ब्याटर आवश्यक पर्दछ । त्यसैले आरिफ टि२० को बेन्च बस्न सक्छन् ।
तीव्र गतिका बलरमा नेपालले सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई मैदान उतार्ने सम्भावना छ ।

करण विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । ओडिआई सिरिजमा भने करण थिएनन् । सोमपाल र करणले पावर प्लेमा बलिङ गर्नेछन् । अभिनाश डेथ ओभरको लागि चिनिन्छन् । ओमान भ्रमणपछि टोलीबाट बाहिरिएका अभिनाशलाई उच्च प्रदर्शनको दबाब पनि छ ।
नेपालले प्रमुख स्पिनर एकमात्र खेलाउने सम्भावना छ ।

कप्तान सन्दीप लामिछाने स्पिनका प्रमुख हतियार हुन् । दीपेन्द्र र कुशल पार्टटाइम स्पिनर हुनेछन् । तीव्र गतिका बलरलाई आदिल र विवेकले साथ दिनेछन् । दुबै ओडिआई खेलमा नेपाल कमजोर बलिङको कारण पराजित भएको थियो । टि२० मा भने आवश्यक परे ८ खेलाडी बलिङ गर्न सक्नेछन् ।

नेपालको सम्भावित प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)

पपुवा न्युगिनीसँग बदला लिने सोचमा नेपाल

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.