default_image

3 years ago

March 28, 2022

आइपिएलमा आज दुई नयाँ टोली भिड्दै

285 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को चौथो खेलमा आज दुई नयाँ टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ ।

लखनऊको भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल र गुजरातको अलराउन्डर हार्दिक पान्ड्याले कप्तानी गर्नेछन् । हार्दिकले आइपिएलमा पहिलो पटक कप्तानी गर्दैछन् । यसअघि पान्ड्याले मुम्बई इन्डियन्सबाट आइपिएल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर पछिल्लो समय पान्ड्या भारतीय टोलीमा पनि पर्न संघर्ष गर्दै आएका छन् । उनको कप्तानी र प्रदर्शन दुबै महत्वपूर्ण हुनेछ ।

राहुलले पन्जाब किंग्सबाट तीन संस्करण कप्तानी गरेका थिए । राहुलले तीनै संस्करणमा उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडीको राम्रो साथ पाउन नसक्दा उपाधि जिताउन सकेनन् । लखनऊमा अलराउन्डरको बाहुल्यता छ ।

लखनऊको ओपनिङ लोकेश राहुल र क्विन्टन डककले गर्ने सम्भावना छ । अष्ट्रेलिया स्टार अलराउन्डर मार्कस स्टोइनिस भने सुरुवाती खेलमा पाकिस्तानसँगको ओडिआई सिरिजको कारण उपलब्ध हुने छैनन् । उनी नहुँदा एविन लुइसले ब्याटिङ गर्ने सम्भावना छ । मनिष पाण्डे, दीपक हुडा, क्रुनाल पान्ड्या हुनेछन् ।

इंग्ल्यान्डसँगको टेस्ट सिरिज आइतबार सकिएको हुँदा जेसन होल्डर र काइल मेयर्सले पहिलो खेल गुमाउने छन् । लखनऊले विदेशी खेलाडीमा जिम्बावेका ब्लेसिङ मुर्जाबानी, एविन लेविस, दुश्मन्था चामिरा र डि ककको सम्भावना छ । आवेश खान, मुर्जाबानी र चामिरा तीव्र गतिका बलिङ हतियार हुन् । स्पिनरमा रवि विश्रोई र क्रुनाल पान्ड्या रहनेछन् । लोेकेश राहुल प्रमुख हतियार हुन् ।

गुजरातको ओपनिङ सुभमन गिल र म्याथ्यु वेडले ओपनिङ गर्नसक्छन् । रहमानउल्लाह गुरबाज, विजय शंकर, डेविड मिलर, अभिनभ मनोहर मध्यक्रमका हतियार हुन् । हार्दिक पान्ड्या र राहुल टेवाटिया फिनिसर हुन् । यी दुई अलराउन्डरको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

स्पिनर राशिद खान छन् । लोकी फर्गुसन र मोहम्मद शामी तीव्र गतिका बलिङ हतियार हुन् । हार्दिक, फर्गुसन र राशिद खान गुजरातका प्रमुख हतियार हुन् । आइतबार राती पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको थियो ।

December 13, 2024

एनपिएल – कर्णाली र लुम्बिनी खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २२औं तथा २३औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। कर्णालीले ५ खेलमा ६ अंक […]

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 12, 2024

लारा भोलि नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]

Success

Thank you for your time.