3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीमाथि १५ रनको रोमान्चक जित हात पारेको छ ।१ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.२ दोस्रो ओभरमा १ सय ६८ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका नर्मन भानुवाले २९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको आक्रामक इनिङ खेले । पपुवा न्युगिनीलाई ८ बलमा जितको लागि १७ रन चाहिँएको अवस्थामा करणले १९ औं ओभरको पाँचौ बलमा नर्मनलाई एलबीडब्लू आउट गर्दै जित पक्का जस्तै बनाएका थिए । लगतै अर्को बलमा विकेटकिपर शिमोन आतीको लङअफमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट क्याच लिएपछि खेल नेपालको पक्षमा मोडिएको थियो ।
पपुवा न्युगिनीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिँएको थियो । दोस्रो बलमा एली नाओलाई रन आउट गराउँदै नेपालले जित निकालेको थियो । नेपालले अन्तिम तीन विकेट एक रन खर्चेर लिएपछि रोमान्चक जित हात पारेको हो । नेपाललाई तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर टोनी उरालाई ५ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।
अर्को ओभरमा सोमपाल कामीले लेगा सियाकालाई आरिफ शेखबाट २१ रनमा क्याच गराए । उनले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
मध्यक्रमका ब्याटर चाल्र्स अमिनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा २२ रनमा बोल्ड भए । उनले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान सन्दीपको बलमा ठूलो सट खेलेका असाद भाला लङअनमा करण केसीबाट ७ रनमा आउट हुन पुगे । सन्दीपले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए ।
बाउले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अभिनाशको बलमा राइली हेकुरे थर्ड म्यानमा सोमपाल कामीबाट ३ रनमा क्याच आउट भए । जेसन किलालाई शून्यमा एलबीडब्लू आउट गरे । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले ३५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।
कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । इनिङको पहिलो बलमै छक्का प्रहार गरेका कुशल दोस्रो बलमा रन आउटबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा चाद सोपरबाट रन आउटकै सिकार बने ।
रोहितले ब्यक्तिगत २९ रनमा स्लिपमा क्याच ड्रप हुँदा जीवनदान पाए । दास्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै इनिङ उकासे । आसिफ तीव्र गतिका बलर एली नाओको बलमा एज लागेर विकेटकिपर शिमोन आतीबाट क्याच हुँदा दोस्रो अर्धशतक बनाउन ७ रनले चुके । त्यसपछि भने लगातार विकेट गुमाएको थियो ।
१३ औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपर बाटै ३४ रनमा आउट भए । २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको पहिलो बलमा स्विच हिट सट खेलेका दीपेन्द्र असाद भालाबाट ४ रनमा क्याच भए ।
बायाँ हाते अलराउन्डर कुशल मल्ल ११ रनमा हाइली हेकुरेको बलमा बोल्ड भए । उनले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । करण ७ बलमा २ छक्कासहित १४ रनमा क्याच आउट भए । आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।
पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए । नर्मन भानुआ, चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए । नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ । मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । पपुवा न्युगिनीसँग ओडिआईमा भने नेपाल दुबै खेलमा पराजित भएको थियो ।
टि२० त्रिकोणात्मक सिरिजको खेलतालिका
चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०
चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०
चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०
चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]