3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीसँगको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।
नेपाललाई १५ रनको रोमान्चक जित दिलाउन सन्दीपले तीन महत्वपूर्ण विकेट लिएका थिए । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । पपुवा न्युगिनीका नर्मन भानुवाले २९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको आक्रामक इनिङ खेले ।
भानुवाले आक्रामक ब्याटिङ गर्दै एक समय पपुवा न्युगिनीलाई जित नजिक पुर्याएका थिए । सन्दीपले पपुवा न्युगिनीका मध्यक्रमका तीन विकेट लिएका थिए । सन्दीपले असाद भालालाई ७ रन, सेसे बाउलाई ३० रनमा एलबीडब्लू र जेसन किलालाई शून्यमा आउट गरेका थिए । सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।
सन्दीप टि२० आई करिअरमा तेस्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन् । सन्दीप दुई महिना अघि आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडा र ओमानसँग खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।
पपुवा न्युगिनीलाई ८ बलमा जितको लागि १७ रन चाहिँएको थियो । करणले १९ औं ओभरको पाँचौ बलमा नर्मनलाई एलबीडब्लू आउट गर्दै नेपालको जित पक्का गराए । करणको लगतै अर्को बलमा विकेटकिपर शिमोन आतीको लङअफमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट क्याच लिएपछि खेल नेपालको पक्षमा मोडिएको थियो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ३५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।
रोहित पौडेल ३४ र कुशल भुर्तेल २० रनमा आउट भए । पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए । पालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ । मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । पपुवा न्युगिनीसँग ओडिआईमा भने नेपाल दुबै खेलमा पराजित भएको थियो ।
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]