3 years ago
March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई १ सय ८१ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रन बनायो ।
मलेसिया ओपनर विरनदीपसिंह ५२ बलमा २ चौका र २ छक्कासहित ५९ रनमा अविजित रहे । कप्तान अहमद फैजले ३७ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको योगदान दिए । ओपनर जुबैदी जुल्किफ् र विरनदीपले १२ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले ९५ रनको साझेदारी गरेका थिए ।
सैद अजिज २६ बलमा ५ चौका र २ छक्कासहित ४७ रन बनाए । पपुवा न्युगिनीका नर्मन भानुवाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । नोसैना पोकनाले १ विकेट लिए । त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।