default_image

3 years ago

March 30, 2022

दीपेन्द्रको नयाँ कीर्तिमान

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले नेपालबाट टि२० आईमा नयाँ कीर्तिमान बनाएका छन् ।त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध २१ रन बनाउनेक्रममा पूर्व कप्तान पारस खड्कालाई पछि छोड्दै टि२० आईमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । दीपेन्द्र १७ बलमा १ चौका र १ छक्कासहित २१ रनमा आउट भए ।

यसअघि नेपालबाट टि२० आईमा सर्वाधिक रन पूर्व कप्तान पारस खड्काले बनाएका थिए । पारसले ३३ खेलमा ७ सय ९९ रन बनाएका थिए । दीपेन्द्रले ३६ खेलमा ३ अर्धशतक ८ सय ३ रन बनाएका छन् । तेस्रो स्थानमा ज्ञानेन्द्र मल्ल छन् । मल्ल ४० खेलमा ३४ इनिङमा ७ सय ४८ रन बनाएका छन् ।

दीपेन्द्र ओडिआईमा भने नेपालबाट सर्वाधिक रन बनाउने पाँचौं ब्याटर हुन् । उनले १६ खेलमा २ सय ९१ रन बनाएका छन् । ओडिआईमा रोहित पौडेल १७ खेलमा ६ सय २३ रनका साथ शीर्षस्थानमा छन् ।

आसिफको अर्धशतकमा नेपालको जित

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.