3 years ago
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगको अन्तिम खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १२ : ३० मा टियु मैदानमा सुरुहुनेछ । नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगि सकेको छ । नेपाललाई प्रतिष्ठाको लडाईं हो ।
तर मलेसियाको लागि यो खेल सेमिफाइनल सरह हुनेछ । मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । तर पराजित हुँदा भने पपुवा न्युगिनी फाइनलमा पुग्ने समिकरण छ । मलेसिया पराजित हुँदा दुबै टोलीको २–२ अंक हुनेछ । यो अवस्थामा पपुवा न्युगिनी नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो । मलेसियालाई नेपालले ६ विकेटले हराएको थियो । मलेसियाले पीएनजीलाई पहिलो खेलमा ८ रनले हराउँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । पछिल्लो खेलमा पीएनजीविरुद्ध करण केसीले ह्याट्रिक सहित पाँच विकेट लिँदै जित सहज बनाएका थिए ।
यो खेल प्रतिष्ठाको लडाई हुँदा नेपालले टोलीमा केहि परिवर्तन गर्नसक्छ । यस सिरिजमा मौका नपाएका विवेक यादव र सागर ढकाललाई आज नेपालले मौका दिनसक्छ । नेपालले आजको खेलमा आरिफ शेख र एक तीव्र गतिका बलरलाई विश्राम दिनसक्छ । तीव्र गतिका बलरमा नेपालले सोमपाल कामी, करण केसी र अभिनाश बोहरा छन् । करणले पछिल्लो खेलमा ह्याट्रिक सहित पाँच विकेट लिएको हुँदा उनलाई निरन्तरता दिने सम्भावना छ ।
सोमपाललाई फाइनल अघि विश्राम दिनसक्ने सम्भावना छ । ओपनर कुशल भुर्तेललाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक छ । सुरुवात राम्रो गरेपनि ठूलो इनिङमा बदल्न सकेका छैनन् । रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी तेस्रो र चौथो नम्बरमा हुनेछन् । पछिल्लो खेलमा सानदार डेब्यू गरेका आदिल अन्सारीमाथि धेरैको नजर हुनेछ । उनले पीएनजीविरुद्ध ११ बलमा ३ छक्कासहित कुल ३१ रन जोडेका थिए ।
मलेसियाका कप्तान अहमद फैज, सैद अजिज र विरनदीप सिंह ब्याटिङका प्रमुख हतियार हुन् । पीएनजीविरुद्ध सैद र फैज दुबैले अर्धशतक प्रहार गरेका थिए । बायाँ हाते ब्याटर सैद घातक बन्नसक्छन् । विरनदीपबाट मलेसिया नेपालविरुद्ध ठूलो अपेक्षा गर्नेछ । उनी चलेको खण्डमा विशाल योगफल बनाउन सक्छन् । स्पिनरमा पवनदीप सिंह छन् ।
पीएनजीविरुद्ध उनले ४ ओभरमा ४३ रन खर्चेका थिए । मलेसिया र नेपालबीच हालसम्म ७ टि२० आई खेल भएका छन् । नेपाल ६ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । आज काठमाडौंको मौसम २० देखि २५ डिग्री सेल्सियस तापक्रम रहनेछ । खेल हुने समयमा हल्का वर्षाको सम्भावना छ । फाइनल सोमबार हुनेछ ।
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक […]