3 years ago
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगको अन्तिम खेलमा मलेसियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदा कमलसिंह ऐरीलाई मैदान उतारेको छ । टोलीमा अन्य भने परिवर्तन छैन ।
नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगि सकेको छ । नेपाललाई प्रतिष्ठाको लडाईं हो । तर मलेसियाको लागि यो खेल सेमिफाइनल सरह हुनेछ । मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । तर पराजित हुँदा भने पपुवा न्युगिनी फाइनलमा पुग्ने समिकरण छ । मलेसिया पराजित हुँदा दुबै टोलीको २–२ अंक हुनेछ । यो अवस्थामा पपुवा न्युगिनी नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो । मलेसियालाई नेपालले ६ विकेटले हराएको थियो । मलेसियाले पीएनजीलाई पहिलो खेलमा ८ रनले हराउँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । मलेसिया र नेपालबीच हालसम्म ७ टि२० आई खेल भएका छन् । नेपाल ६ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । फाइनल सोमबार हुनेछ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।